• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

पत्रकार महासङ्घमा आस्थाको आधारमा शुद्धीकरण गरिए प्रगतिशीलले सङ्घर्ष गर्ने


  •   बिहिबार, जेठ ०३, २०८१ मा प्रकाशित
  • काठमाडौँ । प्रगतिशील पत्रकार सङ्घले नेपाल पत्रकार महासङ्घको सदस्यता शुद्धीकरण अभियानमा आस्थाको आधारमा भेदभाव गरिए सङ्घर्ष गर्ने बताएको छ ।

    Advertisement

    भर्खरै सम्पन्न प्रगतिशीलको केन्द्रीय समिति बैठकबाट महासङ्घको नामावलीमा यस्तो भेदभाव गरिए सङ्घर्ष गर्ने निर्णय भएको जानकारी दिइएको हो ।

    अध्यक्ष श्यामलाल पोखरेलको हस्ताक्षरमा २०८१ जेठ २ गते बिहीबार सार्वजनिक गरिएको प्रेसविज्ञप्तिमा सो जानकारी दिइएको छ ।

    विज्ञप्तिमा क्रियाशील पत्रकारको सदस्यता कायम गर्नुपर्ने, नयाँ पत्रकारलाई महासङ्घको सदस्यता प्रदान गर्नुपर्ने र गैरपत्रकारको सदस्यता खारेज गर्नुपर्नेमा जोड दिइएको छ ।

    महासङ्घ चुनावको सन्दर्भमा वामपन्थी र प्रजातान्त्रिक पत्रकार सङ्गठनसित सहकार्य गर्न सकिने निर्णय भएको बताइएको ऊक्त

    वक्तव्यमा वार्ता, सहमति, समन्वय र सहकार्यका लागि अध्यक्ष पोखरेलको नेतृत्वमा पाँच सदस्यीय समिति बनाइएको उल्लेख छ ।

    यस्तो छ प्रेसविज्ञप्तिको पूर्ण पाठ :

    “प्रगतिशील पत्रकार सङ्घ, नेपालको २०८१ जेठ २ गते बुधबार भर्चुअल माध्यमबाट बसेको केन्द्रीय समितिको बैठकले नेपाल पत्रकार महासङ्घको शुद्धीकरण अभियान र चुनावसित सम्बन्धित निम्न निर्णय गरेको जानकारी गराउँछौँ ।

    १. हाम्रो सङ्गठन नेपाल पत्रकार महासङ्घमा सदस्यता शुद्धीकरणको आवश्यकतालाई स्वीकार गर्दछ । त्यसैले हामी महासङ्घको शुद्धीकरण अभियानफ्रति नीतिगत समर्थन व्यक्त गर्दछौँ तर शुद्धीकरणको त्रममा कपिलवस्तु, बागलुङ, अर्घाखाँची, बाँके, दाङ, प्युठान, सुर्खेतसहित देशका विभिन्न जिल्लामा हाम्रो सङ्गठनका क्रियाशील पत्रकारहरूलाई पनि हटाउन फ्रस्ताव गरिएको छ । यदि महासङ्घको सदस्यता शुद्धीकरणको क्रममा हाम्रो सङ्गठनमा आबद्ध त्रियाशील पत्रकारहरूप्रति आस्थाको आधारमा भेदभावपूर्ण व्यवहार अपनाउँदै सदस्यता खारेज गरिएमा यस्तो नामावली हाम्रो सङ्गठनले स्वीकार गर्ने छैन । केन्द्रीय समितिको बैठकले त्यसको विरोध गर्दै तत्कालै सङ्घर्षका कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ ।

    २. पत्रकार महासङ्घको सदस्यता शुद्धीकरणको मूल मर्मलाई पक्रेर कसैप्रति आग्रह वा दूराषय नराखी निष्पक्ष प्रकारले क्रियाशील पत्रकारको सदस्यता कायम गर्न, नयाँ पत्रकारलाई सदस्यता प्रदान गर्न र गैरपत्रकारको सदस्यता खारेज गर्न हाम्रो सङ्घठन माग गर्दछ । त्यसका साथै बैठकले कैयौँ जिल्लामा महासङ्घको सदस्यता स्थानान्तरण कार्य सम्पन्न नभएकोमा महासङ्घको ध्यानाकर्षण गराउन चाहान्छ । सदस्यता स्थानान्तरणको विषयलाई तत्कालै सम्बोधन गर्न माग गर्दछ ।

    ३. बैठकले महासङ्घको चुनावमा वामपन्थी र प्रजातान्त्रिक दुवै प्रकृतिका पत्रकार सङ्गठनहरूसित तालमेल गर्न सकिने निर्णय गरेको छ तर राजावादी वा जातिवादी पत्रकार सङ्गठनसित भने हाम्रो सङ्गठनले महासङ्घको चुनावमा तालमेल गर्ने छैन । यस सन्दर्भमा महासङ्घलाई सम्पूर्ण श्रमजीवी पत्रकारको अपनत्व हुने गरी साझा सङ्गठन बनाउन पत्रकार सङ्गठन हरूसित सहमति र सहकार्यका लागि हाम्रो सङ्गठन सधैँ तत्पर रहेको पनि जानकारी गराउँछौँ ।

    ४. महासङ्घ चुनावको सन्दर्भमा अन्य पत्रकार सङ्गठनसित वार्ता, सहमति, सहकार्य र समन्वय प्रक्रियामा प्रवेश गर्न बैठकले केन्द्रीय स्तरको समिति बनाएको छ । वार्ता समितिमा अध्यक्ष श्यामलाल पोखरेल, उपाध्यक्ष विनोद पौडेल, महासचिव प्रकाश थापामगर, केन्द्रीय सदस्यहरू रमेश पौडेल र रोशन दानी रहनुभएको छ । आवश्यकताअनुसार प्रदेश र जिल्ला स्तरमा पनि वार्ता समिति बनाउने निर्णय भएको छ ।”

    बिहिबार, जेठ ०३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • २.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ३.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ४.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ५.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ६.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ७.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ८.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.