काठमाडौं । स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोमाथि गोली प्रहार भएको छ ।
Advertisement
राजधानी ब्रातिस्लाभाभन्दा १५० किलोमिटर टाढा ह्यान्लोभामा एक सरकारी बैठकका क्रममा बुधबार उनीमाथि गोली प्रहार भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
उनलाई घाइते अवस्थामा अस्पताल भर्ना गरिएको छ । ५९ वर्षीय फिकोको पेटमा गोली लागेको जनाइएको छ ।
उनलाई लक्षित गरी चार गोली चलाइएको थियो ।
गोली चलाउने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको जनाइएको छ ।