काठमाडौँ । सरकारले २०८१ जेठ १ गते नीति तथा कार्यत्रम प्रस्तुत गरेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सङ्घीय संसद्मा प्रस्तुत ५५ पृष्ठको नीति तथा कार्यक्रममा विभिन्न २१७ ओटा बुँदा छन् ।
नीति तथा कार्यक्रममा मुख्य बुँदा यस प्रकार छन् :
० हाल कुल विद्युत् क्षमता २,९४० मेगावाट भएकोमा आगामी आव ४,५०० पुर्याइने ।
० गरिबीको रेखामुनि रहेकालाई निःशुल्क स्वास्थ्य बिमा, विद्युतीय चुलो र ट्युबवेल ।
० कृषिमा लगानी दशक सुरु गरने ।
० प्रत्येक प्रदेशमा १,००० गाईंभैँसीपालन पूर्वाधार तयार पारिने ।
० हिमाली जिल्लाहरूमा हिमाल समृद्धि कार्यक्रम ।
० थप १५,५०० हेक्टर भूमिमा सिँचाइ गरिने ।
० चुरे र भित्री मधेसमा कम्तीमा १० ओटा जलासय निर्माण ।
० बाँदर, बँदेल, दुम्सी, हरिण, मृगलगायको क्षति न्यूनीकरण योजना ।
० समृद्ध कर्णाली उद्यमशीलता कार्यक्रम ।
० सन् २०४५ सम्म खुद शून्य कार्बन उत्सर्जन लक्ष्य निर्धारण ।
० गोरखामा एग्रो इन्डस्ट्रियल पार्क, सुदुरपश्चिम प्रदेशमा मेगा फुडपार्क ।
० परिवर्तनका लागि कला र साहित्य कार्यक्रम ।
० काठमाडौँ–तराई फास्ट ट्राक २०८३ सालसम्म पूरा गरिने ।
० दाङमा कृष्णसेन सञ्चारग्राम स्थापना गरिने ।
० प्रधानमनत्री छोरी आत्मनिर्भर कार्यक्रम ।
० आगामी २०८२ सालभिक्र सडक मानवमुत्त बनाइने ।
० एक पालिका, एक स्मार्ट विद्यालय ।
० विपन्नलक्षित छात्रवृत्ति कक्षा १२ सम्म विस्तार ।
० साथीबाट सिक्ने साथीलाई सिकाउने कार्यक्रम ।
० अङ्ग्रेजी, गणित र विज्ञान शिक्षकको अभावपूर्ति गर्न विश्वविद्यालयका शिक्षकलाई इन्टर्नसिप सेवा ।
० वीर, ट्रमा, कान्तिलगायत ठुला अस्पतालमा दुई सिफ्टमा ओपिडी सेवा ।
० एउटै स्वास्थ्य परीक्षण पटक पटक गर्नुनपर्ने व्यवस्था ।
० वैदेशिक रोजगारीको अभिमुखीकरण तालिम क्रमशः निःशुल्क ।
० वैदेशिक रोजगारीमा जानेका लागि निःशुल्क बैङ्किङ खाता ।
० विभिन्न क्षेत्रमा १,००० विद्यार्थीलाई फेलोसिप ।
० दलित समुदायका लागि सातै प्रदेशमा शिल्पी उद्यमशीलता कार्यक्रम ।
० सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संरक्षण र संवर्द्धन ।





