काठमाडौं । नेकपा (मसाल) ले तीनजना पार्टी सदस्यलाई गुमाउनु परेकोप्रति दुःख व्यक्त गरेको छ ।
बाँके जिल्ला कोहलपुर कौशिल्यानगर निवासी कामरेड ऋषिराम लामिछाने, कास्की जिल्ला पोखरा महानगरपालिका–१९ निवासी का. गोविन्द पौडेल र बारा जिल्ला जितपुर सिमरा उपमहानगरपालिका–२० निवासी का. हरि आचार्यको निधनप्रति मसालले श्रद्धाञ्जली अर्पण गरेको छ ।
महामन्त्री मोहनविक्रम सिंहले मंगलबार (१जेठमा) एक शोक विज्ञप्ति प्रकाशित गरी उहाँहरुको निधनले पार्टीलाई अपूरणीय क्षति पुगेको बताउनुभएको छ ।
यस्तो छ श्रद्धाञ्जली वक्तव्य
बाँके जिल्ला कोहलपुर कौशिल्यानगर निवासी कामरेड ऋषिराम लामिछाने (का. कोमल) को २०८१ वैशाख २९ गते ८१ वर्षको उमेरमा मृत्यु भएको छ । हामीले उहाँको मृत्युप्रति गहिरो दुःख व्यक्त गर्दै सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछौँ ।
का. लामिछाने हाम्रो पार्टीको सदस्य हुनुहुन्थ्यो । उहाँले प्रतिवद्ध भएर अनुशासनपूर्वक पार्टीको जिम्मेवारी पूरा गर्नुभएको थियो । उहाँको मृत्युबाट पार्टीले इमान्दार, कर्तव्यनिष्ठ र जुझारु सदस्यलाई गुमाउनुको साथै हाम्रो पार्टीको आन्दोलनलाई गम्भीर क्षति भएको छ ।
अन्तमा हामीले उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौँ ।
कास्की जिल्ला पोखरा महानगरपालिका–१९ निवासी का. गोविन्द पौडेल (का. क्षेत्रपाल) को मृत्यु २०८१ बैशाख २१ गते ८१ वर्षको उमेरमा मृत्यु भएको छ । उहाँको मृत्युप्रति गहिरो दुःख व्यक्त सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछौँ ।
का. पौडेल हाम्रो पार्टीको सदस्य हुनुहुन्थ्यो । उहाँले प्रतिवद्ध भएर अनुशासनपूर्वक पार्टीको जिम्मेवारी पूरा गर्नु भएको थियो । उहाँको मृत्युबाट पार्टीले इमान्दार, कर्तव्यनिष्ठ र जुझारु सदस्यलाई गुमाउनुको साथै हाम्रो पार्टीको आन्दोलनलाई गम्भीर क्षति भएको छ ।
अन्तमा हामीले उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौँ ।
बारा जिल्ला जितपुर सिमरा उपमहानगरपालिका–२० निवासी का. हरि आचार्य (का. बीरबहादुर)को २०८१ बैशाख ३१ गते ७५ वर्षको उमेरमा चितवन भरतपुर क्यान्सर अस्पतालमा उपचाररत रहेको अवस्थामा मृत्यु भएको छ । उहाँको मृत्युप्रति गहिरो दुःख व्यक्त सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछौँ ।
का. आचार्य हाम्रो पार्टीको सदस्य हुनुहुन्थ्यो । उहाँले प्रतिवद्ध भएर अनुशासनपूर्वक पार्टीको जिम्मेवारी पूरा गर्नु भएको थियो । उहाँको मृत्युबाट इमान्दार, कर्तव्यनिस्ठ, जुझारु र असल छवि भएको पार्टी सदस्यलाई गुमाउनुको साथै हाम्रो पार्टी आन्दोलनलाई गम्भीर क्षति भएको छ ।
अन्तमा हामीले उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौँ ।
२०८१ जेठ ०१ गते ।
मोहनविक्रम सिंह
महामन्त्री