• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

शुद्धीकरण सम्बन्धमा प्रगतिशीलले गरायो महासङ्घको ध्यानाकर्षण


  •   आइतबार, बैशाख ३०, २०८१ मा प्रकाशित
  • काठमाडौँ । प्रगतिशील पत्रकार सङ्घले सदस्यता शुद्धीकरणको सम्बन्धमा नेपाल पत्रकार महासङ्घको ध्यानाकर्षण गराएको छ ।

    Advertisement

    महासचिव प्रकाश थापामगर, केन्द्रीय सदस्यहरू रोशन दानी र वैरागी जेठा सम्मिलित प्रतिनिधिमण्डलले २०८१ वैशाख ३० गते आइतबार महासङ्घको केन्द्रीय कार्यालय सञ्चारग्राममा पुगी ध्यानाकर्षण गराएको हो ।

    महासङ्घका अध्यक्ष विपुल पोख्रेल, महासचिव रोशन पुरी, केन्द्रीय सचिव गोविन्द चौलागाईलगायत केन्द्रीय समितिका पदाधिकारीसमक्ष प्रगतिशीलले ध्यानाकर्षणपत्र पनि बुझाएको थियो ।

    ध्यानाकर्षणपत्रमा महासङ्घको सदस्यता शुद्धीकरण अभियानप्रति प्रगतिशीलको नीतिगत समर्थन रहेको बताइएको छ । त्यसका साथै कपिलवस्तु, बागलुङ, अर्घाखाँची, बाँके, दाङ, प्युठानलगायतका विभिन्न जिल्लामा प्रगतिशीलका क्रियाशील पत्रकारलाई महासङ्घको सदस्यबाट हटाउन सिफारिस गरिएकोमा सोबारे ध्यानाकर्षण गराइएको छ ।

    त्यस्तै, कतिपय जिल्लामा महासङ्घको नेतृत्वले फरक सङ्गठनमा आबद्ध सदस्यको सदस्य सङ्ख्या कम गर्ने वा न्यूनीकरण गर्ने दूषित मनसाय राखेको पनि आरोप लगाइएको छ ।

    ध्यानाकर्षणपत्रमा प्रगतिशीलले क्रियाशील पत्रकारका महासङ्घको सदस्यता कायम राखिनुपर्ने, नयाँ क्रियाशील पत्रकारलाई सदस्यता प्रदान गरिनुपर्ने र गैरपत्रकारको सदस्यता खारेज गरिनुपर्ने माग राखेको छ ।

    शुद्धीकरण अभियानपछि पनि महासङ्घको साझा र छाता चरित्र राख्न माग गरिएको सो ध्यानाकर्षणपत्रमा प्रगतिशील पत्रकार सङ्घ सहमति र सहकार्यका लागि सदैव तत्पर रहेको स्मरण गराइएको छ ।

    सो अवसरमा प्रतिनिधिमण्डलसँग कुराकानी गर्दै महासङ्घका अध्यक्ष पोखरेलले कुनै पनि सङ्गठनलाई अन्याय हुन नदिइने प्रतिबद्धता व्यक्त गर्दै यस खालका समस्याहरू घनीभूत सम्पर्कमा रहेर समाधान गरिने दाबी गर्नुभयो ।

    पत्रकार महासङ्घको निर्वाचन २०८१ जेठ २६ गते हुँदै छ । त्यसअघि महासङ्घको सत्ताइसौँ महाधिवेशनमा शुद्धीकरणसहितको सदस्यता नामावली जारी गर्न पूर्व अध्यक्षहरू धर्मेन्द्र झा, डा. महेन्द्र विष्ट र गोविन्द आचार्यसहितको कार्यदल गठन गरिसकिएको छ ।

    महासङ्घको विधानअनुसार चुनावभन्दा १५ दिनअघि केन्द्रीय समितिको, सात दिनअघि प्रदेश समितिकिो र तीन दिनअघि जिल्ला समितिका लागि उम्मेदवारको मनोनयन भइसक्नुपर्दछ । सोअनुसार जेठ ११ गते केन्द्रीय समितिका उम्मेदवारको मनोनयन दर्ता भइसक्नुपर्दछ ।

    आइतबार, बैशाख ३०, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.