काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक’ प्रमाणीकरण गरेका छन् ।
Advertisement
२०८० चैत ३० गते शुक्रबार राष्ट्रपतिले सो विधेयक प्रमाणीकरण गरेका हुन् ।
राष्ट्रपति पौडेलले सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएको उक्त विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरेका राष्ट्रपतिको कार्यालयले जनाएको छ ।