• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

गुर्जुभञ्याङदेखि ‘नरुनू आमा’ सम्म


  •   बुधबार, माघ १७, २०८० मा प्रकाशित
  • दीप गोले तामाङ ##

    Advertisement

    यात्रा हो, साहित्यिक पदयात्रा–४ नुवाकोटको ककनीदेखि गुर्जुभञ्याङसम्मको । त्यो बिल्कुलै प्रगतिशील साहित्यिक पदयात्रा कार्यक्रम थियो । सो कार्यक्रमभन्दा पहिले म त्यस्तो प्रकृतिको कार्यक्रममा उपस्थित भएको थिइनँ । सो चौथो पदयात्रा तथा साहित्यिक कार्यक्रममा सहभागी हुन पाउँदा हृदयदेखि नै खुसी लागिरहेको थियो । अखिल नेपाल प्रगतिशील लेखक सङ्घ (अन्पा) लाई विशेष धन्यवाद ।

    काठमाडौँ, त्यसैमा पनि पुस महिनाको जाडो । कुरा हो, २०८० पुस २७ गतेको । बिहानै उठेर आश्रम सङ्गीत पाठशाला सीतापाइलामा पुग्यौँ । बिहान ९ बजेतिर मसहित हेमराज आश्रम, कविता चौधरी, शाहिल थापा र सुहेमराज पुन गरी पाँच जना साथी भेला भयौँ ।

    सीतापाइला चोकदेिख माछापोखरीसम्म नगरबसमा यात्रा गर्दै नुवाकोट ककनी जाने काठमाडौँ बाइपाससम्म पुग्यौँ ।

    बसमा पुगेपछि १२–१३ वर्षअघि विद्यार्थी सङ्गठनमा काम गर्दै गर्दा परिचित मित्र घनश्याम न्यौपानेलगायत धेरै वर्गीय कमरेडलाई देखियो । उहाँहरूले हामीलगायत केही साथीलाई झन्डै एक घण्टादेखी पर्खिरहनु भएको रहेछ । केही समयपछि हामी चढेको गाडी अगाडि बढ्यो । साँघुरो तथा कच्ची बाटो हँुदै, उफार्दै उफार्दै ककनी पुगेको पत्तै भएन ।

    जब हामी गाडीबाट ओर्लियौँ र ककनीको भ्युटावरबाट वरिपरिका सुन्दर दृश्यलाई नाङ्गो आँखाले नियाँल्दा नपुगेर मोबाइलमा पनि केही दृश्य कैद गरियो । केही समयपछि सबै जना भ्युटावरको परिसरमा भेला भई परिचयात्मक कार्यक्रम सुरु भयो । सहभागी २६ जना साथीबिचको परिचयात्मक कार्यक्रम सकिएपछि अन्पाका केन्द्रीय सदस्य ऋतु केसीको ‘आमा’ शीर्षकको कविता सुनियो ।

    सो पदयात्राको नियमअनुसार सबै साथीले आआफ्ना घरबाट बनाएर लगेका खाजा तथा खाना निकाल्यौँ । सबैले बाँडिचुँडी खाने काम भयो । त्यसपछि हाम्रो यात्रा अगाडि बढ्यो ।

    सो साहित्यिक पदयात्रामा बालकलाकार शान्वी जोशी, सुहेमराज पुनदेखि ५७ वर्षका मदन पाण्डेसम्मको सहभागिता रहेको थियो ।

    पदयात्रा अन्पाका अध्यक्ष समीर सिंहको नेतृत्व अगाडि बढिरहेको थियो ।

    सुन्दर ककनीको त्यो पाखापखेरा, बारीका पाटामा स्टोरीका खेती प्रशस्त देखिन्थे । त्यसपछि विस्तारै केही उकालोतिर यात्रा गर्दै शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज ककनी रेन्जपोस्टको प्रवेशद्वारमा पुगियो । प्रवेश टिकट लिएर निकुञ्ज प्रशासनको निर्देशनअनुसार हाम्रो यात्रा अगाडि बढ्यो । ती हरियाली सुन्दर पाखापाखेरा हेर्दै, चराचुरुङ्गीका मिठो आवाज सुन्दै, सहयात्री मदन पाण्डेको बाँसुरीको धुनको साथमा रक्तिमका महासचिव हेमराज आश्रमले निकालेको पातको मिठो धुनमा नाच्दै, रमाइलो गर्दै करिब ३ घण्टाको यात्रापछि हामी सूर्यचौरमा पुगियो । सूर्यचौरको सुन्दरतामा यात्रीहरू रमाउँदै फोटा खिच्दै तथा हाँस्दै रमाइरहेका थिए । एकै छिनपछि सबै जना गोलबन्द गरी बस्यौँ ।

    त्यस अनौपचारिक कार्यक्रमको सञ्चालन अन्पाका अध्यक्ष समीर सिंहले गर्नुभयो । सो कार्यक्रममा आआफ्ना साहित्यिक तथा साङ्गीतिक प्रस्तुति राख्नुपर्ने हुन्थ्यो । सोहीअनुसार छ वर्षीय नानी शान्वी जोशीको कविता वाचनबाट प्रस्तुति अगाडि बढ्यो । त्यसपछि गीतकार दुर्गालाल श्रेष्ठद्वारा रचित “फूलको आँखामा फूलै संसार” बोलको गीत गाएर ८ वर्षीय बालकलाकार सुहेमराज पुनले सबैलाई मन्त्रमुग्ध पार्नुभयो ।

    यसैबिचमा सबैले आफ्ना रचना प्रस्तुत गर्दै जाँदा रक्तिमका महासचिव हेमराज आश्रमले नयाँ गीत गीतार स्ववादनसहित “हामी रक्षक हौँ” बोलको गीत प्रस्तुत गर्नुभयो भने अन्पाका महासचिव भीष्म जोशीले पर्यावरण शीर्षकको कविता वाचन गर्नुभयो । राजमोका नेता घनश्याम न्यौपानेले मोहनविक्रम सिंहद्वारा लिखित उपन्यास “जलजला” को बारेमा प्रकाश पार्नुभयो । त्यसबाहेक पूजा बेलबासे, नेत्र राना, शाहिल थापा, मालता बेलबासे, कविता चौधरी, सुप्रभात कार्की आदिले पनि आआफ्ना रचना प्रस्तुत गर्नुभयो । अन्तिममा अध्यक्ष समीर सिंहले चुनौतीसँग निराश होइन, बोलको गीत प्रस्तुतिसँगै कार्यक्रमको अन्त्य गर्नुभयो ।

    कार्यक्रमको समापनपछि बाँकी रहेका खानेकुरा खाएर हाम्रो यात्रा काठमाडौँतिर सोझियो । सूर्यचौरदेखि करिब ३० मिनेटसम्मको पैदलयात्रापछि हामी काठमाडौँ जाने राजमार्गमा आइपुग्यौँ र गाडी चढ्यौँ । करिब १ घण्टाको कोचाकोचपूर्ण बसको यात्रापछि टोखा हुँदै सामाखुसी पुगियो । सबै साथीहरूको अनुहारमा केही थकान र खुसी व्यक्त गर्दै छुट्टियौँ । सो साहित्यिक यात्राको अन्य शृङ्खला पनि निरन्तर अगाडि बढोस् । हार्दिक शुभकामना ।

    अर्को दिन बिहान म पुन: आश्रम सङ्गीत पाठशालामा पुगेँ ।

    उता, गायनकक्षमा तानपुराको झन्कारको सुमधुर आवाज, वाद्यकक्षबाट विभिन्न वाद्ययन्त्रका नादले वातावरण साङ्गीतिक बनिरहेको थियो । आश्रम सङ्गीत पाठशाला सीतापाइलामा ससाना नानीबाबु तथा युवापुस्ताका जोसिला गायकगायिकासँगै सङ्गीतमा नयाँ सपना देख्ने कैयौँ साधकसँग मेरो देखाभेट भयो ।

    सोही दिन हालै सार्वजनिक भएको मेरो नयाँ गीत ‘नरुनू आमा’ को कम्पोज तथा एरेन्ज हुँदै थियो । एक हप्ताभित्र अडियो र भिडियो सबै सकेर पुस ६ गते शनिवार विमोचन गर्नुपर्ने चुनौती थियो । यी सम्पूर्ण कार्य सम्पन्न गर्ने मुख्य जिम्मेवारी रक्तिमका गायक तथा सङ्गीतकार हेमराज आश्रमको काँधमा थियो । उहाँ साह्रै व्यस्त हुनुहुन्थ्यो । यतातिर मेरा सारा काम समयमै सक्नुपर्ने, अर्कोतिर पाठशालाका कक्षा पनि सञ्चालन गर्नुपर्ने । सोही समय उहाँको स्वास्थ्यमा चिसोको कारण समस्या आइरहेको थियो । स्वास्थ्यसमस्याको बिचमा पनि उहाँले सबै जिम्मेवारी पूरा गर्न सक्रियतापूर्वक लागिरहनुभयो । बिरामी शरीर भए पनि शुक्रबार हेमराजजीले गीतमा स्वराङ्कन गर्नुभयो । सबै चुनौतीको बाबजुद पनि गीत तोकिएकै समयमा विमोचन हुने तय भयो ।

    चरम आर्थिक अभाव, छोटो समय, अस्वस्थकर स्वास्थ्यको बिचमा पनि सानो खर्चले भिडियो निर्माण गर्ने निर्णय गरियो । हेमराजजीले साथीबाट सानो क्यामेरा मगाउनुभयो । उहाँ आफैले भिडियो खिच्नुपर्ने भयो किनभने हामीसँग आर्थिक समस्या थियो । शुक्रबारको दिन २ बजेतिर गीतको रेकर्ड सकेर उहाँ र म सानो पुरानो मोटरसाइकलमा राष्ट्रिय जनमोर्चाको केन्द्रीय कार्यालय कपनतिर लाग्यौँ । कविता चौधरी र सरोज रानाजी पनि आइपुग्नुभयो । कार्यालयमा भएका विभिन्न व्यक्तित्वको सहयोग लिएर केही दृश्यको छायाङ्कन गर्ने काम गर्‍यौँ । त्यसपछि सीतापाइला पाठशालामा आश्रमजी सङ्गीतको कक्षा पुग्नुपर्ने भयो । त्यसपछि पुन: हामी अनामनगरस्थित मुर्चुङ्गा स्टुडियो पुग्यौँ । त्यहाँ अडियो गीतको मिक्सिङ भइरहेको थियो ।

    केही दृश्य पनि छायाङ्कन गरी हामी अडियोको काम सकेर सीतापाइला निवासमा आइपुग्यौँ । त्यति बेला रातको ११ बजिसकेको थियो ।

    सबै छरछिमेक तथा घरका परिवारका सदस्य सुतिसकेका थिए । हामीले फेरि क्यामेरा ओपन गर्‍यौँ र रात्रिको सिन खिच्न सुरु गर्‍यौँ ।

    करिब रातको १ बजेतिर हामी पनि सुत्यौँ ।

    माघ ६ गते अर्थात् गीत विमोचनको दिन । बिहानै ५ बजे उठेर केही दृश्यका लागि निस्कियौँ । सीतापाइला चोकमा केही दृश्यको छायाङ्कन गरिसकेपछि माथितिर लाग्यौँ । भीमढुङ्गाको लागि निस्केको हाम्रो मोटरसाइकल सीतापाइलाको थापाचोक पुगेपछि एक्कासि अर्को बाटोतिर मोडियो । यसबारेमा आश्रमजीले पछि भन्नुभयो– ‘एक्कासि मेरो मनमा सेतो गुम्बातिर जाने विचार आयो । अचानक सो निर्णय गरियो र बाइक यतातिर मोडियो ।’ वास्तवमा सो निर्णय सही रहेछ ।

    सो ठाउँतिर गएपछि हामीले एकदमै खोजे जस्तो ठाउँ र पात्र पनि पायौँ । समय पनि बचत भयो । यसरी हामी सेतो गुम्बादेखि फर्कियौँ र सीतापाइला आयौँ । त्यतिबेला ११ बजिसकेको थियो । अब बल्ल भिडियो सम्पादनको काम सुरु हुने भयो ।

    समयको दबाब एकदमै पेचिलो थियो । दिउँसो २ बजे अर्थात् तीन घण्टापछि त विमोचन नै हुनुपर्ने थियो । धेरै अतिथिले फोन गरेर स्थानको बारेमा सोधिरहनुभएको थियो । मन अत्तालिइरहेको थियो । हेमराजजी कम्प्युटर कक्षमा प्रवेश गर्नुभयो । उहाँको मोबाइल मलाई दिंँदै भन्नुभयो– ‘फोन आए उठाउनू र यो मेरो कोठाको ढोकाबाहिरबाट लगाइदिनू, मलाई एक्लै छोड्दिनू ।’ उहाँ एक हिसाबले तीन घण्टाका लागि हराउनुपर्ने भयो ।

    दिउँसो १ बजेपछि विमोचनमा सहभागी हुने अतिथिको आगमनसँगै फोनका घण्टी पनि बज्न थाले । २:३० बजेतिर मलाई आश्रमजीले बोलाउनुभयो र हामीबिचमा केही संवाद भए । भिडियो पूर्ण रूपमा बन्न नसक्ने, विमोचनमा देखाउनसम्मलाइ तयार हुने भयो । बाँकी समय लिएर बेलुका गरौँला भन्ने कुरा आयो र सोही अनुसार गरियो ।

    करिब ३ बजे हाम्रो विमोचन कार्यक्रम सुरु भयो । विमोचन कार्यक्रम रक्तिम सांस्कृतिक अभियान केन्द्रीय समितिको आयोजनामा हुन लागेकाले उपलब्ध केन्द्रका म र आश्रमजी मात्रै थियौँ ।

    मेरो अध्यक्षता र आश्रमजीको सञ्चालनमा कार्यक्रम अगाडि बढ्यो । प्रमुख अतिथिमा राष्ट्रिय जनमोर्चाको तर्फबाट राष्ट्रियसभाका सांसद राजेश विश्वकर्मा हुनुहुन्थ्यो । अन्य अतिथिमा भैरव रेग्मी, मीना पुन, समीर सिंह, चिरन पुन, झविन्द्र बेलबासे, पियारी थापा, केबी घले, महेश रिजाल, मदन पाण्डेलगायत हुनुहुन्थ्यो । सहिदप्रति एक मिनेट मौनधारणपछि कार्यक्रम अगाडि बढ्यो । प्रमुख अतिथिले गीत बजाएर गीतको विमोचन गर्नुभयो । गीतमाथि समीर सिंहजीले समीक्षात्मक टिप्पणी राख्नुभयो । अन्य अतिथिले शुभकामना मन्तव्य राख्नुभयो । अन्त्यमा चियापानसहित विमोचन कार्यक्रम सम्पन्न भयो ।

    सबै अतिथि तथा सहभागीलाई विदा गरेपछि हामी पुन: भिडियो निर्माणमा केन्द्रित भयौँ । राती ९ बजेतिर भिडियो पोस्ट गरी म, कविता चौधरी र आश्रमजी भिडियो हेर्दै निवासतिर जाँदै थियौँ । एक्कासि भिडियोमा केही समस्या भएको कुरा आश्रमजीले गर्नुभयो ।

    भिडियोको अन्तिमा बग्ने नामहरू काटिएको रहेछ । तत्काल दौडिएर हामी पुन: पाठशालामा पुग्यौँ र सच्चाएर पुन: पोस्ट गर्दा रातको १० बजेको थियो । यसरी ‘नरुनू आमा’ सार्वजनिक भयो ।

    काठमाडौँको अविस्मरणीय एक हप्ताको बसाइ र दुई अविस्मरणीय क्षण मेरो जीवनमा अमिट रूपमा बस्ने छन् । नुवाकोट ककनीको त्यो रमाइलो यादगार पदयात्रा र ‘नरुनू आमा’ निर्माणको त्यो युद्ध स्तरका कार्य आफैमा ऐतिहासिक बनेका छन् । सो दौरान हाम्रो कार्यमा सहयोग गर्नु हुने आश्रम सङ्गीत पाठशालाका विद्यार्थी भाइबहिनी, मलाई हप्तौँसम्म बास दिनु हुने पियारी थापा म्याडम, विविध विषयमा सहयोग गर्नुहुने मित्रद्वय कविता चौधरी र सरोज राना, श्री आधारभूत विद्यालय मङगलपुरका अमरसिंह तामाङलगायत सम्पूर्णप्रति म ऋणी छ ।

    बुधबार, माघ १७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल
    प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार
    प्रतिनिधिसभाको बैठक बस्दै
    प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित
    स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते
    करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

    • २.
      प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

    • ३.
      प्रतिनिधिसभाको बैठक बस्दै

    • ४.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • ५.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ६.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ७.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • ८.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.