खलङ्गा । राष्ट्रिय जनमोर्चाको तर्फबाट मल्लरानी गाउँपालिका वडा नम्बर ३ मा निर्वाचित वडासदस्य दामोदर नेपालीको निधनप्रति शोक व्यक्त गर्दै प्युठानको मल्लरानी गाउँपालिकाले आगामी पुस १ गते आइतबार राष्ट्रिय झन्डा आधा झुकाउनुका साथै शोकविदा दिने भएको छ ।
Advertisement
२०८० मङ्सिर २९ गते शुक्रबार पालिका अध्यक्ष कृष्णबहादुर खड्काको हस्ताक्षरमा जारी शोकवक्तव्यमा सो जानकारी दिइएको हो ।
मङ्सिर २८ गते बिहीबार बिहान ११:३० बजे जन्ती सवार गाडीले ठक्कर दिँदा निधन भएका नेपाली समाजसेवी एवम् विकासप्रेमी व्यक्तित्व भएको पालिकाद्वारा जारी वक्तव्यमा भनिएको छ ।
वक्तव्यमा स्मृतिशेष नेपालीप्रति श्रद्धाञ्जली तथा शोकाकुल परिवारप्रति धैर्यधारण गर्ने शक्ति मिलोस् भनी कामना गरिएको छ ।
