काठमाडौं । कोरोना संक्रमणको आशंकामा भारतको पटनामा उपचाररत एक व्यवसायीलाई कोरोना नभएको पुष्टि भएको छ । कोरोना भाइरस संक्रमण आशंकामा पटनास्थित अस्पताल भर्ना गरिएका व्यवसायी शिवकुमार रुगंटामा संक्रमण नदेखिएको पुष्टि भएको छ ।
Advertisement
पटना मेडिकल कलेज अस्पतालले आइतबार उनको परिवारलाई दिएको नमुना परीक्षणको नतिजामा कोरोना नतिजा नेगेटिभ देखिएको हो।
यसअघि पटना अस्पतालका चिकित्सकले परिवारलाई पहिलो परीक्षणमा कोरोना पोजेटिभ देखिएको बताए पनि ल्याबको नतिजामा नेगेटिभ आएको छ । यसअघि बिरामीको पारिवारिक स्रोत र उच्च सरकारी स्रोतले उनलाई कोभिड–१९ भएको बताएका थिए । सोही अनुसार विभिन्न सञ्चारमाध्यमले कोरोना भएको पुष्टि भन्ने समाचारसमेत सम्प्रेषण गरेका थिए ।
(समाचारमा भएको त्रुटीप्रति हामी क्षमाप्रार्थी छौं ।)