• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

ठुल्दाजीले मलाई ‘गद्दार’ र ‘कातर’ भनेर गाली गर्नुहुन्थ्यो

"संक्षिप्त संस्मरण शृंखला–३१ "

  •   बिहिबार, असोज १८, २०८० मा प्रकाशित
  • मोहनविक्रम सिंह ##

    Advertisement

    दाजी लेटरविक्रमले मलाई ‘गद्दार’ र ‘कातर’ भनेर धेरै नै गाली गर्नुहुन्थ्यो । ठाहिलो भाइ महेन्द्रले ठुल्दाइले उसमाथि अन्याय गरेको भनेपछि त्यसबारे मैले दाजीलाई सोध्दा उहाँ (दाजी) र मेराबिचमा धेरै झगडा भएको थियो । त्यही झगडाका कारणले ओखरकोटको उहाँको अंशमा परेको घरजग्गा मलाई नदिएर अर्कै मान्छेलाई बेचेको कुरा मैले पहिले नै उल्लेख गरिसकेको छु । त्यसको एउटा राम्रो परिणाम यो भयो कि ओखरकोटको दाजीको घरजग्गा किन्ने भनेको भ्गागुतेको खेत बेचेर आएको पैसाबाट नै टीकापुरको दुई बिगाहा जग्गा किनिएको थियो ।

    शान्तासँग सम्बन्धविच्छेद हुँदा मैले त्यहाँको त्यो दुई बिगाहा जग्गा उनलाई नै दिएको थिएँ । सम्बन्धविच्छेद गर्दा मैले उनलाई लेखेको पत्र र टीकापुरको दुई बिगाह जग्गा उनलाई नै दिएको कुरासमेतको पत्र त्यो बेलाको “हाँक” साप्ताहिकमा प्रकाशित भएको थियो । त्यो जग्गामा छोरा समीर र छोरी पूर्वाको अंश सामेल थिएन । पछि मैले उनीहरूलाई प्युठान ओखरकोट मच्छीको जग्गाबाट अंश दिएको थिएँ ।

    मच्छीको जग्गाको छोराछोरीसित अंशवण्डा भएपछि दुर्गा प्युठानको मालअड्डामा अंशवण्डाको पास गर्न जाँदा त्यहाँको हाकिमले उनलाई भनेका थिए : ‘तपाईंले कैलालीको जग्गामा पनि अंशदाबी गर्न सक्नुहुन्छ ।’ त्यसको जवाफमा उनले भनेकी थिइन् : ‘त्यहाँको जग्गा मेरो पतिले शान्दा दिदीलाई दिइसक्नुभएको हो । त्यसकारण त्यो जग्गामा मैले कुनै दाबी गर्दिनँ ।’

    त्यसको केही वर्षपछि काठमाडौँको एउटा पत्रिकाले कैलालीको दुई बिगाहामध्ये एक बिगाहा जमिन शान्ताले दुर्गालाई दिएको भनेर समाचार छापेको थियो । बताइरहनुपर्ने आवश्यकता थिएन कि त्यो समाचार पूरै कपोलकल्पित र झुटा थियो र त्यो पत्रिका विरुद्ध मानहानीको मुद्दा चलाउने कुरा पनि उठ्यो । त्यसबारे अधिवक्ता पदम रोकासँग हामीले सल्लाह पनि गरेका थियौँ । अन्तमा त्यसबारे कुनै कारबाही नचलाउने ठेगान भयो र त्यसबारे हामीले कुनै मुद्दा चलाएनौँ ।

    जस्तो कि मैले माथि नै लेखेँ, ठाहिलो भाइ महेन्द्रको विषयमा दाजीसँग झगडा परेपछि उहाँले वर्षौैंसम्म मलाई लगातार गाली गरिरहनुभयो । जहाँ पनि कुनै मान्छेसँग भेट हुन्थ्यो, उहाँले मेरा विरुद्ध धाराप्रवाह गाली गर्न थाल्नुहुन्थ्यो । त्यसरी गाली गर्दा उहाँले प्रयोग गर्ने सबैभन्दा ठुलो गाली थियो : ‘गद्दार’ र ‘कातर’ । त्यस प्रकारको गाली गर्नुका पछाडि उहाँको आफ्नै तर्क वा व्याख्या हुन्थ्यो ।

    उहाँले भन्नुहुन्थ्यो : मैले आफ्ना भाइहरूसित गद्दारी गरेको थिएँ । उहाँको तर्क थियो : पञ्चायती व्यवस्था आएपछि पहिले पार्टीमा काम गरेका विभिन्न राजनीतिक पार्टीका धेरै नेता वा कार्यकर्ता पञ्चायती व्यवस्थालाई स्वीकार गरेर ठुला ठुला पदमा गएका थिए । कैयौँ जना प्रधानमन्त्री, मन्त्री वा अञ्चलाधीश पनि बनेका थिए । उहाँले भन्ने गर्नुहुन्थ्यो : म पनि पञ्चायती व्यवस्थामा लागेको भए कुनै न कुनै पद पाउन सक्दथेँ । त्यसो भएको भए मैले धेरै सम्पत्ति कमाउन सक्दथेँ र भाइहरूलाई पढाउन वा कुनै नोकरी लगाइदिन पनि सक्दथेँ । त्यसरी भाइहरूको जीवन राम्रो हुन्थ्यो ।

    उहाँको दृष्टिकोणअनुसार उहाँको व्याख्या गलत थिएन । पञ्चायती व्यवस्थामा सामेल नभएको हुनाले म लामो समयसम्म जेलमा बस्नुपर्‍यो । जेलबाट छुटेपछि पनि भूमिगत हुनुपर्‍यो । लुक्दै र भाग्दै हिँड्नुपर्‍यो । त्यसले गर्दा छओटा भाइहरूमध्ये कसैको पनि पढाइ हुन सकेन । त्यसका लागि अहिले पनि मलाई पिर लाग्दछ ।

    म जेलमा पर्दा भाइहरू ससाना थिए । बुबाको मृत्युपछि उनीहरूको संरक्षक कोही भएन । मभन्दा माथिको दाजी घरमा हुनुहुन्थ्यो तर सानै उमेरदेखि उहाँको घरपरिवारसँग कुनै खास सम्बन्ध थिएन भने पनि हुन्छ ।

    सानो हुँदा बुबाले हामी दुवै भाइलाई पढाउनका लागि धेरै पिट्ने गर्नुहुन्थ्यो । उहाँले हामीलाई पढाउन भक्तिनाथ योगीलाई घरमा नै राख्नुभएको थियो । उहाँ पनि धेरै कडा हुनुहुन्थ्यो र हामीलाई हप्काउने वा पिट्ने गर्नुहुन्थ्यो । त्यसैले उहाँ भागेर धेरैजसो मावलतिर गइरहनुहुन्थ्यो । ठुलो भएपछि भागेर भारततिर जानुभयो ।

    करिब आठ वर्षपछि भारतबाट फर्केर आएपछि पनि उहाँको बुबाआमा र भाइहरू समेतसित कुनै खास सम्बन्ध भएन तर मैले सबै आमा र भाइहरूलाई सानैदेखि नै धेरै माया र ख्याल पनि गर्थें । त्यसैले दाजुले भने जस्तो म पञ्चायतमा लागेको भए वा बुबाको मृत्युको बेलामा घरमा भएको भए भाइहरूको पढाइको राम्रो ख्याल गर्दथेँ र उनीहरू बिग्रने थिएनन् । यो कम दु:खको कुरा होइन कि मेरा छओटा भाइमध्ये एउटाले पनि राम्ररी पढाइ गर्न सकेनन् किनभने सानो र हुर्कने बेलामा उनीहरूको कुनै संरक्षक भएनन् । म राजनीतिक पार्टीमा लागेर जेलमा वा भूमिगत भएको हुनाले उनीहरूको कुनै संरक्षक भएनन् तर म पञ्चायतमा सामेल भएको भए भाइहरू त्यसरी बिग्रन पाउने थिएनन् । त्यही अर्थमा म पञ्चायतमा सामेल नभएको हुनाले दाजीले मलाई ‘गद्दार’ भन्ने गर्नुहुन्थ्यो । उहाँको दृष्टिकोणअनुसार ममाथि उहाँले लगाउनुभएको आरोप पनि सायद सही नै थियो ।

    मलाई ‘कातर’ भन्नुको पछाडि पनि उहाँको आफ्नै व्याख्या थियो । मैले सानैदेखि स्वास्थ्यको ख्याल गर्दथेँ । स्वास्थ्यको ख्याल गर्ने भन्नुको अर्थ खानपिन, कसरत आदिमा धेरै ख्याल गर्थें । मैले कहिल्यै पनि रक्सी, चुरोट, बिडी, सुर्ती आदि खाने गरिनँ । रक्सी ता दाजीले पनि खाने गर्नुहुँदैनथ्यो ।

    रक्सीको विषयमा पिताजी धेरै कडा हुनुहुन्थ्यो । कुनै दाजुभाइले रक्सी खाएको थाहा पाउनुभयो भने उहाँले उसको जनै चुँडाली दिनहुन्थ्यो । त्यसको असर दाजीमा पनि पर्‍यो र उहाँले पनि कहिल्यै रक्सी खानुभएन ।

    रक्सीको कुरा नगरे पनि अरू खानपिन, स्वास्थ्य, कसरत आदिबारे मैले जसरी धेरै ख्याल गर्दथेँ । ती सबै देखेर उहाँले भन्ने गर्नुहुन्थ्यो : ‘यो मर्न डराउँछ । यो कातर छ । त्यसैले यस्ता धेरै कुराहरू (खानपिन, स्वास्थ्य, कसरत आदिको) ख्याल गर्ने गर्दछ ।’

    उहाँले मलाई जति गाली गरे पनि मैले त्यसको कहिल्यै कुनै जवाफ दिँदैनथेँ । सायद त्यो मेरो सानैदेखि लागेको बानी थियो । त्यो बानी अहिले पनि कायम छ । अहिले पनि विभिन्न पार्टी, व्यक्ति वा सामाजिक सञ्जालमा जति गाली गरे पनि वा चरित्रहत्या गरे पनि मैले त्यसको कुनै जवाफ दिने गर्दिनँ । सैद्धान्तिक वा राजनीतिक प्रकारले आवश्यकताअनुसार जवाफ दिन्छु तर व्यक्तिगत रूपमा मैले कहिल्यै कसैलाई गाली गर्ने गरेको छैनँ । करिब सात दसकदेखिका मेरा पुस्तक, लेख वा वक्तव्यहरू पढ्ने हो भने पनि त्यो कुरा प्रष्ट हुने छ । दक्षिणपन्थी, उग्र “वामपन्थी”, “मध्यपन्थी”, ‘गद्दार’, ‘सिआइडी’, ‘दुस्मनको एजेन्ट’ आदि राजनीतिक शब्द हुन् । कैयौँ अन्तर्राष्ट्रिय माक्र्सवादी साहित्यमा पनि ती शब्दको उल्लेख गरेको पाइन्छ । ती व्यक्तिगत गालीगलौजका शब्द होइनन् ।

    मेरो अर्को बानी के छ भने कसैले मप्रति जतिसुकै शत्रुभाव अपनाए पनि वा ममाथि जति हमला गरे पनि उनीहरूप्रति मेरो मनमा कुनै नराम्रो भावना वा शत्रुभाव पैदा हुन्न । कसैको मनमा अरूप्रति शत्रुभाव वा नराम्रो भाव पैदा भयो भने त्यसले विरोधीलाई भन्दा आफूलाई नै बढी नोक्सान पुर्‍याउँछ । आवश्यकताअनुसार सैद्धान्तिक वा राजनीतिक रूपले पनि सम्झौताहीन प्रकारले लड्नुपर्दछ र म त्यसरी लड्ने पनि गरेको छु तर त्यसरी लड्दा पनि मेरो मनमा ऊप्रति मैत्रिभाव नै रहेको हुन्छ र त्यस प्रकारको सोचाइले मलाई शारीरिक वा मानसिक रूपले स्वस्थ रहन मदत गरेको हुन्छ । त्यही प्रकारले दाजीले मलाई जति गाली गरे पनि मेरा मनमा कहिल्यै पनि उहाँमाथि रिस उठेन वा मैले उहाँलाई कहिल्यै पनि गाली गरिनँ ।

    त्यही कुरा पिताजीसितको मेरो सम्बन्धबारे पनि सत्य थियो । उहाँ र मेराबिचमा धेरै सङ्घर्ष पनि भयो तैपनि उहाँप्रति मेरो मनमा सधैँ आदर र आत्मीयताको भाव रहिरह्यो । का. लामाको मृत्युपछि मैले लेखेको एउटा लेखमा मैले पिताजी र का. लामाप्रतिको मेरो त्यही प्रकारको भावना उल्लेख गरेको छु : सङ्घर्षका साथै उच्च प्रकारको आत्मीयता, आदर र गहिरो मैत्रिपूर्ण भावना ।

    दाजीको मलाई गाली गर्ने क्रम करिब डेढ दसकपछि रोकियो । अब उहाँ बसाइँ सरेर बर्दिया जानुभएको थियो ।

    एक पल्ट भाउजू सिकिस्त बिरामी हुनुभएछ । उहाँले भन्नुभएछ : ‘म अब धेरै बाँच्दिनँ । एक पल्ट जसरी भए पनि देवरको मुख हेर्न पाए हुन्थ्यो ।’

    त्यो बेला मेरो नाममा वारेन्ट थियो । म भारतमा थिएँ । भाउजूको त्यो कुरा थाहा पाएपछि म तुरुन्त नै उहाँलाई भेट्न बर्दिया गएँ । मलाई देखेर उहाँ धेरै खुसी हुनुभयो र धेरै रुनु पनि भयो । त्यसको केही समयपछि उहाँको मृत्यु पनि भयो ।

    म भाउजूलाई भेट्न बर्दिया गएपछि दाजीको मप्रतिको व्यवहार पूरै बदलियो । उहाँको मसित आत्मीय सम्बन्ध कायम भयो । अब उहाँ कोहलपुरमा छोराहरूसित बस्नुहुन्थ्यो र म प्रायश: उहाँलाई भेट्न गइरहन्थेँ । केही समयपछि उहाँको पनि मृत्यु भयो ।

    बिहिबार, असोज १८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण
    कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    जेनजीले दिएको अविस्मरणीय घाउ : रेट्रोफिट हुन नसक्ने भएपछि सङ्ग्रहालय बनाइँदै

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • २.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ३.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ४.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ५.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ६.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ७.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ८.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.