श्यामलाल पोखरेल,बुटवल ।
चीनबाट फैलिएको कोरोना भाइरसको प्रकोप अहिले १ सय ५६ देशमा फैलिएको छ । महामारीको रुपमा फैलिएपछि विश्व स्वास्थ्य संगठनले सचेत रहन आग्रह गरेको छ । चीनबाट फैलिएको नोभेल कोरोना भाइरस चमेराबाट मानिसमा सरेको भनिएपनि कुन प्राणिबाट हो भन्ने किटान हुन नसकेको चिकित्सकहरुले बताएका छन् ।
कोरोनाको प्रकोपबाट बच्नका लागि मास्कको भर नपर्न चिकित्सकहरुको सुझाव छ । कोरोना भाइरसलाई मास्कले रोक्न नसक्ने भएकाले रुघाखोकी लागेकाले मास्क प्रयोग गर्दा बढी उपयोगी हुने चिकित्सकहरुको भनाइ छ । शिक्षा क्षेत्रबाट कोरोना प्रकोपबारे सचेतना जगाउने उद्वेश्यले अभिभावक संघ रुपन्देहीको आयोजना र अभिभावक महासंघ प्रदेश ५ को सहयोगमा सोमबार बुटवलमा आयोजित कार्यक्रममा मास्कको भरनपर्न आग्रह गरेका हुन् ।
चिकित्सिकहरुका अनुसार मानिसमा चेतनाको कमीले बजारमा मास्कको अभाव भएको र कोरानाको प्रकोपबाट जोगिन सचेत हुनुनै उपयुक्त उपाए हो । अभिभावहरुका लागि आयोजित कार्यक्रममा बोल्दै बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डन डाक्टर राजेन्द्र खनालले कोरोनाको प्रकोपबाट सबैजना जोखिममा रहेकाले सावधानी अपनाउन सुझाव दिनुभयो । कोरोना भाइरस नेपालमा छिरेको पुष्टि नभएको अवस्थामा सचेत रहनुनै बुद्विमानी हो भन्नुभयो ।
८० प्रतिशतमा जोखिम नहुने र मास्क लगाउनु भन्दा बढी भन्दा बढी हाता धोएर सफा राख्नु, भीडभाडमा नजानु बिरामहिरुसंग अलग रहनु पर्ने बताउनुभयो । डाक्टर सुर्दशन थापाले कोराना नेपालमा नदेखिएकाले आतंकति हुन नहुने र बढी सावधानी अपाउन आग्रह गर्नुभयो । सन् २००२ बाटै कोरोना भाइरससंग मिल्दो जुल्दो भाइरस देखिएको जानकारी गराउँदै अहिले महामारीको रुपमा फैलिएकाले सचेत रहन आग्रह गर्नुभयो ।
बालवालिकामा कोरोनाको जोखिम नहुने, ८० प्रतिशतमा जोखिम नहुने र ३ प्रतिशतमा बढी जोखिम हुने डाक्टर सुदर्शन थापाले बताउनुभयो । कोरोना भाइरस कुन प्रणीबाट सरेको भन्ने निश्चित नभएकाले माछामासु किन्न जांदा ज्यूंदा पशुपंक्षीसंग नजिक नहुन डाक्टर सुदर्शन थापाले सुझाव दिनुभएको छ । चिकित्सकका अनुसार रुघाखोकी लाग्ने, सासफेर्न अफठ्यारो हुने, १ सय ४ डिग्री बढी ज्वरो आउने, टाउको दुख्ने, पखला लाग्ने र शरिर शिथिल हुनुनै कोरोनाको लक्ष्ण हो ।
विद्यालयहरुबाट कोरानाबारे घरघरमा सचेतना जगाउने उद्वेश्यले अभिभावक र विद्यार्थीलाई बरिष्ठ चिकित्सकहरुबाट सचेनातमूलक कार्यक्रमको आयोजना गरिएको अभिावक संघ रुपन्देही अध्यक्ष लोकनाथ ज्ञवाली र अभिभावक महासंघ प्रदेश पांचका संयोजक तथा अध्यक्ष हेम थापाले जानकारी गराउनुभयो । खुल्ला सीमानामा विशेष निगरानी बढाउन र हरेक विद्यालयमा विद्यार्थीलाई सचेत बनाउन शिक्षक, शिक्षिकाहरुलाई अभिावक संघ रुपन्देहीले आग्रह गरेको छ ।
होटल व्यावसायीले मागे घरभाडा र ब्याजमा सहुलियत
कोरोना भाईरसको संक्रमणको प्रकोपको प्रभाव बढ्दै गएको अवस्थामा व्यवसाय संकटमा पर्न थालेको रुपन्देहीका होटल व्यवसायीले गुनासो गरेका छन् । व्यवसायनै प्रभावित हुन थालेको भन्दै होटल तथा रेष्टुरेण्ट व्यवसायीले घरभाडामा ५० प्रतिशत छुट दिन माग गरेका छन् ।
होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीको सोमवार बसेको बैठकबाट निर्णय गरी कोरोना भाईरसका कारण होटल व्यवसायी धरासायी भएका र यसको न्यूनीकरण नहुदाँसम्म घर धनीहरुलाई साविकको भाडामा ५० प्रतिशत छुटको माग गरिएको अध्यक्ष समुन्द्र जीसीले जानकारी गराउनुभयो ।
त्यस्तै होटल व्यवसायीको बैठकले बैंक तथा वित्तिय सस्थाहरुवाट होटल व्यसायीले लिएको व्यवसायिक कर्जाको व्याजमा सहुलियत प्रदान गर्न पनि वैठकले माग गरेको छ । कोरोना भाईरसको संक्रमण भै विरामीलाई आईसोलेशनमा राख्नका लागि आवश्यक परे सरकारलाई होटल व्यवसायीले आफ्ना होटल खाली गरि उपलब्ध गराउनेसमेत होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीले निर्णय गरेको बैठकपछि महासचिव माधवकुमार खनालले जानकारी गराउनुभएको छ ।