काठमाडौं । टोखामा भएको अन्तर विद्यालय रग्बी प्रतियोगितामा बूढानीलकण्ठ–१० बालुवाखानीस्थित फेरिल्याण्ड इन्टरनेसनल स्कुल प्रथम भएको छ।
Advertisement
प्रतियोगितामा अमर इंगलिस स्कुल दित्तीय भएको छ भने शिशुमिलन स्कुलले तृतीय स्थान हासिल गरेको छ।
यस्तै, छात्रातर्फ अमरदीप स्कुल प्रथम बनेको छ भने फेरिल्याण्ड स्कुलले दित्तीय स्थान हासिल गरेको छ। प्रतियोगितामा शिशु मिलन स्कुलले तृतीय स्थान प्राप्त गरेको छ ।
सो प्रतियोगितामा फेरिल्याण्डका उत्सव गुरुङले सर्वाधिक ट्राइ गरेका थिए ।