• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

कोरोनाविरुद्ध संयुक्त रुपमा लड्ने सार्क राष्ट्रको प्रतिवद्धता


  •   आइतबार, चैत ०२, २०७६ मा प्रकाशित
  • काठमाडौं । दक्षिण एसियाली मुलुकहरु विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरसको संक्रमण विरुद्ध साझा रुपमा लड्न ऐक्वद्धता जनाएका छन् । कोरोना भाईरस विरुद्ध साझा रणनीति तय गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पहलमा आइतबार भएको भिडियो कन्फरेन्समा दक्षिण एसियाली मुलुकले कोरोना भाइरस संक्रमण नियन्त्रणको अभियानमा जुट्न ऐक्यवद्धता जनाएका हुन् । उनीहरुले कोरोना भाईरसको संक्रमणबाट नआत्तिन तथा नजरअन्दाज पनि नगर्न आग्रह गरेका छन् ।

    Advertisement

    कन्फरेन्समा भारतीय प्रधानमन्त्री मोदीले कारोना भाईरस विरुद्धको अभियानमा साझा रुपमा लड्नका लागि आपतकालिन कोष स्थापनाको प्रस्ताव गर्दै सो कोषमा भारतले १० मिलियन अमेरिकी डलर (करिब १ अर्ब १० करोड नेपाली रुपैयाँ) राख्ने घोषणा समेत गर्नुभयो । आपतकालिन कोषमा जम्मा भएको रकम सार्क राष्ट्रमध्ये जुन देशलाई आवश्यक पर्छ उसले प्रयोग गर्न सक्ने प्रस्ताव समेत उहाँले राख्नुभयो ।

    भिडियो कन्फरेन्समा भारतीय प्रधानमन्त्री मोदीले भन्नुभयो, ‘महामारीले कस्तो रुप लिन्छ भन्ने थाहा छैन तर आउदा दिनमा यसको संक्रमण बढ्न दिनु हुँदैन् । इमरजेन्सी फण्ड निर्माण गरौँ त्यसका लागि भारतले १० मिलियन युस डलर फण्डमा राख्छ ।’

    कोरोना भाईरस संक्रमण विरुद्ध लड्नका लागि भारतले गरेको आपतकालिन कोष स्थापना, विज्ञहरुको सहयोग र आपसी सहयोग आदान प्रदान तर निरन्तरको वार्तालापको प्रस्तावलाई अन्य सदस्य राष्ट्रले समर्थन जनाएपनि पाकिस्तानले भने समर्थन जनाएको छैन ।

    पाकिस्तानका स्वास्थ्यराज्यमन्त्री डाक्टर जफर मिर्जाले महामारीको रुपमा फैलिएको कोरोना संक्रमणसंग जुध्नका लागि र आपतकालिन सहयोग आदान प्रदानका लागि गरिने क्षेत्रिय सहयोग र सहकार्यलाई सार्क सचिवालय मार्फत नै गर्न सुझाउनुभएको छ । सार्क मुलुकको सहयोग आदान प्रदानका लागि सार्क नै गठन भएकाले सार्क सचिवालाई नै सक्रिय बनाएर सोही फोरमलाई प्रयोगमा ल्याउन सकिने धारणा उहाँले राख्नुभयो ।

    तर उहाँले महामारीको रुपमा फैलिएको कोरोना संक्रमण हुन नदिन तथा नियन्त्रणका लागि प्रोएक्टीभ एप्रोचबाट दक्षिण एसियाली राष्ट्रहरु एकजुट हुनुपर्ने बताउनुयभो । शुक्रबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सार्क सदस्य राष्ट्रहरु एकजुट भएर कोरोना विरुद्ध लड्न तयार हुनुपर्ने बताउनुभएको थियो । भारतीय प्रधानमन्त्री मोदीको सक्रियतामा आईतबार सार्कका सबै सदस्य राष्ट्रहरु छलफलमा जुटेका हुन् ।

    भारतीय प्रधानमन्त्री मोदीले आवश्यक टेष्ट किट सहित भारतले विशेषज्ञ संलग्न र्यापिड रेस्पोन्स टिम बनाएको जानकारी दिदै आवश्यक परे अन्य देशलाई सहयोग गर्न पनि तयार रहेको बताउनुभयो । कन्फरेन्सको सुरु गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाईरसको महामारीबाट नआत्तिन तथा नजरअन्दाज पनि नगर्न आग्रह गर्नुभयो । कोरोना भाईरस संक्रमणको जोखिम न्यूनीकरण गर्न प्रोएक्टिभ ढंगले कदम चाल्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

    भारतमा अहिले कोरोना संक्रमितहरु बढ्दै गएपनि सरकार एक एक गरेर संक्रमणलाई कम गर्दे लैजाने प्रतिवद्धता जनाउनुभयो । अस्पतालमा आवश्यक पर्ने जनशक्ति देखि सबै किसिमका प्रविधि र पुर्वाधारको क्षमता अभिवृद्धि गर्र्नुको साथै तेश्रो मुलुकबाट आउनेले अनिवार्य क्वारेन्टाईनमा बस्नुपर्ने व्यवस्था गरिएको ,संक्रमणको संभावित जोखिमलाई मध्यनजर गरे थप क्वारेन्टाईन र आईसोलेसन सुविाधाको व्यवस्था गरिएको बताउनुभयो ।

    श्रीलंकाका राष्ट्रपति गोताबाय राजापाक्षले श्रीलंकामा कोरोना संक्रमण नरहेको र सम्पुर्ण नाकाहरु बन्द गरेर आवश्यक सर्तकता अपनाईएको बताउनुभयो । इटली र दक्षिण कोरियामा ठूलो संख्यामा आफ्ना नागरिक रहेको भन्दै उहाँले स्वदेश फिर्ता भएका सबैलाई १४ दिन अनिवार्य क्वारेन्टाईनमा बस्ने व्यवस्था मिलाईएको बताउनुभयो । स्कुल बन्द गरिएको र विश्वविद्यालयका अन्तरक्रियाहरु पनि वर्तमान अवस्थामा रोकिएको तथा इटलीबाट आएका २ जनालाई संक्रमण देखिएको भएपनि संक्रमणका कारण अहिले सम्म मानविय क्षति भने नभएको बताउनुभयो ।

    राष्ट्रिय रुपमा नै गठित छुटैँ कार्यदलले संक्रमणबारे दैनिक अनुगमन गरिरहेको पनि उहाँले उल्लेख गर्नुभयो । संक्रमणको बारेमा जानकारी दिन सबै प्रकारका संचार माध्यमलाई प्रयोग गरिएको, सेनिटाईजर,मास्क, सावन लगायत सरसफाईका सामानहरुको आपुर्ति सहज पारिएको पनि उहाँले उल्लेख गर्नुभयो । चीनको संक्रमण प्रभावित क्षेत्रबाट फर्किएका आफ्ना ३४ विद्यार्थी स्वदेश फर्किए लगत्तै क्वारेन्टाईनमा बसेको पनि उहाँले उल्लेख गर्नुभयो । सार्वजनिक स्थानहरुमा जम्मा भएर गरिने सम्पुर्ण कार्यक्रम स्थगित गरिएको,अनराईभल भिषा दिन रोकिएको, ट्राभल एडभाईजरी जारी गरिएको जानकारी दिनुभयो ।

    बंगलादेशकी राष्ट्रपति शेख हसिनाले सबै अन्तराष्ट्रिय विमानस्थलहरुमा कोरोना संक्रमण परीक्षणको व्यवस्था मिलाईएको र सर्वसाधरणलाई आवश्यक हाईजेनिक खाना खान सचेत गरिएको बताउनुभयो । उहाँले स्वास्थ्यकर्मी, स्कुलका विद्यार्थी लगायतलाई आवश्यक पर्ने मेडिकल सामाग्री उपलब्ध गराईएको तथा स्वास्थ्य मन्त्रालय, स्वास्थ्य संग सम्बन्धी निकाय र विश्व स्वास्थ्य संगठनका अधिकारीबीच भिडियो कन्फरेन्स पनि भईरहेको बताउनुभयो ।

    कोरोना संक्रमण विरुद्ध लड्नका लागि चालेको कदमका लागि उहाँले भारतीय प्रधानमन्त्रीलाई धन्यवाद पनि दिनुभयो । बंगलादेशमा सुरुमा ३ जनामा संक्रमण देखिए पनि उपचार पछि घर फर्किएका छन् । राष्ट्रपति हसिनाले भारतीय प्रधानमन्त्रीले लिएको सक्रियतालाई धन्यवाद दिदै कोष र प्राविधिक कार्यदलमा बंगलादेश सहभागी हुने प्रतिवद्धता जनाउनु भयो । उहाँले वार्तालापलाई निरन्तरता दिन पनि आग्रह गर्नुभयो ।

    नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक कोरोना संक्रमणको उच्च जोखिमा रहेकाले मुलुक भित्रन नदिन आवश्यक पहल गरेको र पुर्व सर्तकताका लागि सम्पुर्ण शक्ति लगाएको बताउनुभयो । उहाँले कुटनीतिक सम्बन्ध भन्दा बाहेकका भिषा दिन स्थगित गरिएको श्रम स्वीकृति अनुमति दिने काम स्थगित गरिएको जानकारी दिनुभयो । विदेशबाट आउनेको अनिवार्य परीक्षणको साथै १४ दिन अनिवार्य क्वारेन्टाईनमा बस्ने व्यवस्था गरिएको बताउनुयो । प्रधानमन्त्री ओलीले महामारीलाई रोक्नका लागि सार्क मुलुकहरुबीच संयुक्त प्रयास हुनु जरुसी रहेको भन्दै आपतकारीकालिन सहयोग कोष स्थापनाको प्रस्तावलाई स्वागत गर्दे सो कार्यमा नेपाल पनि सहभागी हुने प्रतिवद्धता जनाउनुभयो ।

    भुटानका प्रधानमन्त्री डाक्टर लोतेया त्शेरिङले सबै महामारी सबैका लागि चुनौति भएको र संक्रमणको जोखिमले कुनै पनि भुगोल वा सिमा नरहने भएकाले सबैले संक्रमण विरुद्धको तयारीमा सचेत हुनुपर्र्ने बताउनुभयो । अफगानिस्तानका प्रधानमन्त्री अस्रफ घानी ले आउदा ६ महिना भरि नै कोरोना भाईरसको संक्रमण प्रति गम्भीर हुनुपर्ने भन्दै भारतले गरेको आपतकालिन कोष र प्राविधिक टाक्स फोर्स गठनको स्वागत गर्नुभयो ।

    मालद्विप्सका राष्ट्रपति इब्राहिम मोहमद सोलिहले कोष गठनको प्रस्तावको समर्थन गर्दे आफ्नो देशले प्रविधि र सामाग्री लगायतमा सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । सार्कका राष्ट्र तथा सरकार प्रमुखहरुबीचको भिडियो कन्फरेन्स १ घण्टा ३५ मिनेट चलेको थियो ।

    आइतबार, चैत ०२, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.