दाङ । राष्ट्रिय जनमोर्चाले कथित ‘राष्ट्रिय जागरण अभियान’ मा बसेको भन्दै शसीधर भण्डारीलाई कारबाही गरेको छ । बिहीबार राजमो जिल्ला अध्यक्ष गणेश आचार्यले विज्ञप्ति प्रकासित गरी भण्डारीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी अनिश्चितकालका लागि निश्कासित गरिएको बताउनुभएको छ ।
विज्ञप्तिमा राष्ट्रिय जागरण अभियान पार्टीसँग कुनै सरोकार नरहेको र पार्टीका कुनै नेता कार्यकर्ता समेत त्यसमा सामेल नरहेको स्पष्ट पारिएको छ ।
यस्तो छ प्रेस विज्ञप्तिः ‘बिगतमा राष्ट्रिय जनमोर्चा र त्यसको नजिकका जनबर्गिय संगठनहरुमा बसेका ब्यक्तिहरुले कथित राष्ट्रिय जागरण अभियानको नाममा गतिविधि अगाडी बढाएको र त्यसलाई पार्टीकै अभियान भन्ने भ्रम भएकोले उक्त भ्रममा नरहन र हाम्रो जिल्लाका सशिधर भण्डारी उक्त अभियानको केन्द्रमा बसि पार्टी नीति बिपरित गतिबिधी गरेकोले उहाँ लाई राष्ट्रिय जनमोर्चाको साधारण सदस्यबाट निस्कासन गरिएको जानकारी गराउन चाहान्छौ।’