काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आयोजना गर्ने कुनै पनि प्रतियोगितामा भाग नलिने शहिद स्मारक ए डिभिजन लिगका ३२ क्लबले घोषणा गरेका छन् ।
Advertisement
स्मारक लिग अन्तर्गत ए, बी र सी डिभिजन लिग प्रतियोगिताको तयारी खर्च बिगत लामो समयदेखि एन्फाले भुक्तानी नगरेको उनीहरुको आरोप छ ।
यस सम्बन्धमा एन्फा महासचिव लगायत पदाधिकारीहरुसँग पटक पटक छलफल तथा बिभिन्न समयमा क्लबहरूले बक्यौता भुक्तानी सम्बन्धमा पत्राचार समेत गरिसक्दा पनि रकम भुक्तानी गर्न प्रतिबद्धता नजनाएको भन्दै एन्फाबाट सन्चालन हुने कुनै पनि प्रतियोगिताहरूमा सहभागी नहुने क्लबलहरुले बताएका छन् ।
साथै नेपालका ए, बी र सी डिभिजनका ३२ क्लबले आगामी भदौ २४ गते हुने भनिएको एन्फाको विशेष साधारण सभा एन्फा बिधान को धारा ३६ बमोजिम सम्पूर्ण सदस्यहरूको भौतिक उपस्थितिमा गराउन समेत माग गरेका छन्।