दैलेख । दैलेख जिल्लामा विशेष संगठनात्मक अभियान उत्साहका साथ अघि बढिरहेको राजमो दैलेखले जनाएको छ । अभियानका क्रममा सदस्यता वितरण, प्रशिक्षणसँगै अन्य पार्टी परित्याग गरी राजमोमा प्रवेश गर्ने क्रम पनि तिब्र रुपमा चलेको छ ।
सोही क्रममा भगवतीमाइ गाउँपालिका वाड नं ५ मा थुवा देउथान, बामनगाउँ र सनिगाउँ लगायतका स्थानमा सयौं जनाले राजमोको सदस्यता लिएको राजमो कर्णाली प्रदेशका अध्यक्ष भरत शाहीले जानकारी दिनुभयो। कार्यक्रममा नेताहरुले एमसीसी सम्झौताले नेपालमा पार्ने प्रभाव, कालापानी लिपुलेख लिम्पियाधुरालगायतमा भारतमाथिको कब्जा, तथा भ्रष्टाचारलगायतका विषयमा जनतालाई स्पष्ट पारेका थिए ।
राजमो कर्णाली प्रदेशका अध्यक्ष भरत बहादुर शाहीको नेतृत्वमा जिल्ला सल्लाकार समितिका अध्यक्ष पुर्ण शाही, राजमो जिल्ला सदस्य कृष्ण केसी, भगवतीमाइ गाउँपालिकाका अध्यक्ष नरबहादुर सिंह, राजमोका स्थानीय नेताहरु प्रेम प्रशाद शर्मा, रामप्रशाद शर्मा लगायतको टोलीले गाउँमा अभियान तिब्र पारेको छ ।
यस अघि सो टोलीले भगवतीमाइ गाउँपालिका वडा नं ६ को सनिगाउँमा पनि दर्जनौं व्यक्तिलाई राजमोको सदस्यता दिएर पार्टी प्रवेश गराउनुका साथै जनघेटघाट तथा घरदैलो भियान सञ्चालन गरेको छ । कार्यक्रममा राजमोका स्थानीय नेता नरबहादुर सिंहकोसमेत उपस्थिति थियो ।
यो पनिः
नेकपा नेतासहित दैलेखका दुई गाउँ पुरै राजमोमा प्रवेश
नेविसंघ कोषाध्यक्षको नेतृत्वमा दर्जनौं विद्यार्थी अखिल (छैठौं) प्रवेश
दैलेखी जनतामा राजमो प्रवेशको लहर