सिलगडी । राष्ट्रिय जनमोर्चाका पुराना कार्यकर्ता देवनाथ योगी पुन: राजमोमा नै फर्किनुभएको छ ।
लामो समय अघिसम्म राजमोका विभिन्न जिम्मेवारीमा रहनुभएका योगी केही समयअगाडि फुटपरस्तहरूको भ्रममा परेर नेकपा (माओवादी केन्द्र) मा प्रवेश गर्नुभएको थियो ।
आफूूले लामो समय काम गरेको पार्टीबाट अलग हुनु आफ्नो कमजोरी भएकोमा आत्मालोचना गर्दै र आगामी दिनमा आफ्नो क्षमताले भ्याएसम्म इमानदारीपूर्वक पार्टीले दिएको जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्दै उहाँ राजमोमै फर्किनुभएको हो ।
२०८० साउन २७ गते शनिबार दिपायलमा सम्पन्न एक कार्यक्रममा माझ उहाँले सो घोषणा गर्नुभएको थियो ।
उहाँलाई राजमो डोटीका अध्यक्ष डबल बोगटीले स्वागत गर्नुभएको थियो ।
सो अवसरमा मन्तव्य राख्दै जिल्ला अध्यक्ष बोगटी आगामी भदौ ३० र ३१ गते हुन गइरहेको राजमो डोटीको जिल्ला सम्मेलनबारे प्रकाश पार्नुभएको थियो ।
