काठमाडौं । नेपालका लागि नवनियुक्त भारतीय राजदूत विनयमोहन क्वात्राले सक्रियता बढाएका छन् । बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष ओहदाको प्रमाणपत्र बुझाएपछि राजदूत क्वात्राले नेताहरुलाई भेटघाट गर्ने क्रम तिब्र पारेका छन् ।
बिहीबार पनि भेटघाटमा सक्रिय रहेका उनले शुक्रबार बिहान नेकपाका वरिष्ठ नेता तथा विदेश विभाग प्रमुख माधवकुमार नेपालसँग शिष्टाचार भेटवार्ता गरेका छन् । आज बिहानै कोटेश्वरस्थित नेता नेपालको निवासमा पुगेर उनले माधव नेपाललाई जन्म दिनको शुभकामनासमेत दिन भ्याएका छन् ।
बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष ओहदाको प्रमाणपत्र बुझाएपछि राजदूत क्वात्राले उपप्रधान तथ रक्षामन्त्री ईश्वर पोखरेल तथा परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीसँग सिंहदरवारमा शिष्टाचार भेटवार्ता गरेका थिए ।
निवर्तमान राजदूत मंजीवसिंह पुरीले आफ्नो कार्यकाल पुरा गरी स्वदेश फर्केपछि उनको ठाउँमा कार्यभार सम्हाल्न क्वात्रा फागुन १८ गते काठमाडौं आइपुगेका हुन्।
गतमाघ १६ गते भारतीय विदेश मन्त्रालयले क्वात्रालाई नेपालका लागि राजदूत नियुक्त गर्ने निर्णय गरेको हो।