नेपालगञ्ज । राष्ट्रिय जनमोर्चाले सञ्चालन गरेको विशेष संगठनात्मक अभियान बाँकेमा पनि जारी छ । बाँके जिल्लाका विभिन्न स्थानीय तहमा सदस्यता वितरण तथा प्रशिक्षण चलिरहेको राजमो बाँकेका उपाध्यक्ष जगदिश ढकालले जानकारी दिनुएको छ ।
यसै क्रममा बुधबार कोहलपुर नगरपालिका वार्ड नं. १२ मा सदस्यता वितरण गरिएको छ । राजमोका पूर्व महासचिव हरि आचार्य, अखिल नेपाल किसान महासंघका महासचिव तुलसीराम सापकोटा, राजमो बाँकेका अध्यक्ष भिमप्रसाद देवकोटाको नेतृत्वमा सदस्यता वितरण तथा जनभेटघाट गरिएको हो ।
यस्तै, बुधबार नै वेतहनी बजार र उचुवामा पनि सदस्यता वितरण तथा प्रशिक्षण सञ्चालन गरिएको छ । कार्यक्रममा अखिल नेपाल किसान महासंघका महासचिव तुलसीराम सापकोटा, राजमो बाँकेका उपाध्यक्ष जगदीश ढकाल, स्थानीय नेता सैहजात अलि नाउ, सुन्दरलाल लोनिया लगायत उपस्तिथि हुनुहुन्थ्यो ।
बाँकेका विभिन्न स्थानमा जन भेटघाट ,सदस्यता वितरण पर्चा बितरण, प्रशिक्षणका कार्यक्रम भइरहेका छन् ।