रोल्पा । राष्ट्रिय जनमोर्चाले सञ्चालन गरेको एक महिने संगठनात्मक अभियान रोल्पा जिल्लामा पनि उत्साहका साथ अगाडि बढिरहेको छ । संगठनात्मक अभियानसँगै समसामयीक राजनीतिकका बारेमा समेत जनतालाई जागरुक गराउने कार्य गरिएको राजमो रोल्पाले जनाएको छ ।
अभियानका क्रममा रोल्पा जिल्लाको थावाङ गाउँपालिका २ मा वडा भेला सम्पन्न भएको छ । भेलाले राजमोको वडा समिति समेत गठन गरेको छ । समितिको अध्यक्षमा भुपेन्द्र घर्ती, उपाध्यक्ष जितकुमारी बुढा, सचिव रविन्द्र घर्ती र कोषाध्यक्षमा आशा बुढा चयन हुनुभएको छ ।
सदस्यहरुमा इमान बुढा, ढाते बुढा, मनकुमारी घर्ती रहनुभएको छ भने सल्लाहाकारमा रेग्मान बुढा, विर्खबहादुर बुढा रहनुभएको छ । रेग्मान बुढाको अध्यक्षता, धनप्रसाद बुढाको सञ्चालन तथा आशा बुढाको स्वागत मन्तव्यमा कार्यक्रम सम्पन्न भएको थियो ।
त्यस्तै, परिवर्तन गाउँपालिका ६ मा पनि राजमोको वडा समिति गठन भएको छ । समितिको अध्यक्षमा दिप प्रसाद गिरी, उपाध्यक्ष ललिता गिरी, सचिव प्रकाश गिरी, सहसचिव विरेन्द्र प्रकाश गिरी र कोषाध्यक्षमा सर्मिला गिरी रहनुभएको छ भने सदस्यहरुमा राम कुमार गिरी र तुल्ल प्रसाद गिरी रहनुभएको छ ।
भेलामा राजमोका जिल्ला सदस्य केवी थापा र सल्लाहाकार हतस्मणी पुनको विशेष उपस्थिती रहेको थियो । दिप प्रसाद गिरीको अध्यक्षता तथा तुल्ल प्रसाद गिरकिो सञ्चालनमा भेला सम्पन्न भएको थियो ।