• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, कार्तिक १४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

नाइजेरियामा ४८ लडाकु मारिएको सेनाको दाबी

कोप–३१ मा दलीय सहभागिता गराउने सरकारको तयारी

अविरल वर्षाले दुई घर र गोठमा क्षति

कुलेखानी जलाशय भरिँदै, सतर्कता अपनाउन आग्रह

पृथ्वी राजमार्गसहित मुलुकका १२ बढी सडक अवरुद्ध

बडीमालिकाको भारी हिमपातमा दुई पर्यटक सम्पर्कविहीन

चिनियाँ लुसुन सांस्कतिक टोली सम्मानित

लुम्बिनी लायन्स र चितवन राइनोजबिचको खेल स्थगित

कर्णालीका हिमाली जिल्लामा हिमपात हुँदा जनजीवन प्रभावित

लोकप्रिय समाचार

  • १. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • २. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ३. चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ६. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ७. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ८. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • ९. हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग

  • १०. गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

सिपेक सफल एवम् परिवर्तनकारी परियोजना बनेको दाबी


  •   बुधबार, साउन ०३, २०८० मा प्रकाशित
  • इस्लामाबाद । चीन–पाकिस्तान आर्थिक करिडोर (सिपेक) पाकिस्तानका लागि सबैभन्दा सफल र परिवर्तनकारी परियोजना साबित भएको दाबी गरिएको छ ।

    Advertisement

    एक जना उच्च पाकिस्तानी अधिकारीले त्यसबाट क्षेत्रीय सम्पर्क विस्तारका साथै आर्थिक समृद्धिको नयाँ युगको सुरुवात भएको बताउनुभयो ।

    इस्लामावाद नीति अनुसन्धान संस्थानद्वारा “चीन–पाकिस्तान आर्थिक करिडोर : क्षेत्रीय सम्पर्क सञ्जालका लागि प्रवेशद्वार” विषयमा आयोजित कार्यशालामा पाकिस्तानका योजना विकासमन्त्री अहसान इकबालले सिपेकका कारण देशमा परिवर्तनकारी प्रभाव परेको बताउनुभयो । उहाँले परियोजना सुरु भएको तीन वर्षमा पाकिस्तानमा सर्वाधिक प्रत्यक्ष विदेशी लगानी चीनबाट प्राप्त भएको बताउनुभयो ।

    अर्बौं डलरको परियोजना कार्यान्वयन गरेर चीन पाकिस्तानको प्रमुख आर्थिक साझेदार बनेको मन्त्री इकबालले बताउनुभयो । सिपेकलाई पाकिस्तानका निम्ति कायापलट गर्ने परियोजनाका रूपमा व्याख्या गर्दै उहाँले परियोजनाबाट ऊर्जा अभाव हटाउन तथा सडक र रेल पूर्वाधार स्थापनामा मदत पुगेको बताउनुभयो ।

    विशेष गरी दक्षिणपश्चिम ग्वादर जिल्लामा सामाजिक–आर्थिक विकासलाई बढावा दिन विशेष आर्थिक क्षेत्र (सेज) र सामाजिक कल्याण परियोजनाहरू पनि कार्यान्वयन भएका जानकारी दिँदै मन्त्री इकबालले यापार वृद्धि गर्न सेजको भूमिका महत्त्वपूर्ण हुने बताउनुभयो । चीनले सिपेक परियोजनाअन्तर्गत आर्थिक क्षेत्रको सफल कार्यान्वयनमा मदत गर्न तथा प्राविधिक ज्ञान एवम् विशेषज्ञता प्रदान गर्दै पाकिस्तानको निर्यात बढाउन सघाएको उहाँले उल्लेख गर्नुभयो ।

    ‘पाकिस्तानले आफ्नो निर्यात बढाउन र सेजको सफल कार्यान्वयनमा चिनियाँ सहयोग चाहेको छ’ योजना विकासमन्त्रीले भन्नुभयो ।

    उहाँले सिपेकको दोस्रो चरणमा दुवै देशका व्यापार–व्यवसायबिचको सहयोगमा जोड दिँदै सरकारले सहजकर्ताको भूमिका निर्वाह गर्ने स्पष्ट गर्नुभयो । उहाँले सिपेकअन्तर्गत अब औद्योगिक सहयोगतर्फ अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

    पाकिस्तानको दिगो आर्थिक वृद्धिका लागि निर्यातमूलक वस्तु र निर्यातमुखी नीति अपरिहार्य भएको बताउँदै त्यस निम्ति मौजुदा उत्पादन पर्याप्त नहुने भएकाले विभिन्न वस्तुको अतिरिक्त उत्पादन बढाउनुपर्नेमा जोड दिनुभयो । (रासस/सिन्ह्वा)

    बुधबार, साउन ०३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नाइजेरियामा ४८ लडाकु मारिएको सेनाको दाबी
    इथियोपियामा ड्रोन आक्रमण हुँदा बालबालिकासहित १४ जनाको मृत्यु
    हर्मुज घाँटीमा बारुदी सुरुङ विस्फोट
    हिंसा बढेपछि कोलम्बियामा सेना परिचालन
    शिक्षा र महँगी विरुद्ध इटलीमा विद्यार्थी प्रदर्शन
    उत्तर कोरियाद्वारा एआईयुक्त ड्रोन र रकेट प्रदर्शन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • २.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ३.
      चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ६.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    भर्खरै

    • १.
      नाइजेरियामा ४८ लडाकु मारिएको सेनाको दाबी

    • २.
      कोप–३१ मा दलीय सहभागिता गराउने सरकारको तयारी

    • ३.
      अविरल वर्षाले दुई घर र गोठमा क्षति

    • ४.
      कुलेखानी जलाशय भरिँदै, सतर्कता अपनाउन आग्रह

    • ५.
      पृथ्वी राजमार्गसहित मुलुकका १२ बढी सडक अवरुद्ध

    • ६.
      बडीमालिकाको भारी हिमपातमा दुई पर्यटक सम्पर्कविहीन

    • ७.
      चिनियाँ लुसुन सांस्कतिक टोली सम्मानित

    • ८.
      लुम्बिनी लायन्स र चितवन राइनोजबिचको खेल स्थगित

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.