बारा । बाराको जितपुर सिमरा उप महानगरपालिका वडा नं ११ मुसहर टोलको सिंगो मुसहर बस्ती राजमोमा प्रवेश गरेको छ । राष्ट्रिय जनमोर्चाले सञ्चालन गरेको संगठनात्मक अधियानका क्रममा सिंगो बस्तीले राजमोको सदस्यता लिएको केन्द्रीय सचिव हिमलाल पुरीले जानकारी दिनुभयो ।
बारामा संगठन निर्माण अभियान उत्साहका साथ अघि बढिरहेको छ । सचिव पुरीका अनुसार जिल्ला भर ९ वटा टोली निर्माण गरेर राजमोको सदस्यता वितरण, घरदैलो, जनभेटघाट तथा प्रशिक्षण सञ्चालन भइरहेको छ । त्यसक्रममा विभिन्न पार्टी परित्याग गरी राजमोमा प्रवेश गर्नेहरुको संख्या पनि बारामा उल्लेख्य छ ।

सचिव पुरीको नेतृत्वमा राजमोका जिल्ला उपाध्यक्ष बालकृष्ण आचार्य, सचिव जीवन भट्टराई, नेताहरु कुलप्रसाद आचार्य, जयनाराण खाँ थारु, शेरबहादुर कार्की, हरि सापकोटा, महिला नेत्रीहरु सुमित्रा सापकोटा, सरस्वती कार्की, नेकपा (मसाल)का जिल्ला प्रवक्ता रमेश भट्टराईको नेतृत्वमा सबै पालिकामा अभियान सञ्चालन भइरहेको छ ।