स्याङ्जा । राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेश सांसद पियारी थापाले चीनमा देखिएको कोरोना भाइरस भन्दा नेपालमा भित्रिएको एमसीसी १० गुणा बढी खतरनाक रहेको बताउनुभएको छ । शुक्रबार राष्ट्रिय जनमोर्चा स्याङ्जाले गल्याङमा आयोजन गरेको विरोध सभालाई सम्बोधन गर्दै सांसद थापाले एमसीसी नेपालको राष्ट्रिय सार्वभौमिता तथा अखण्डताको विरुद्ध भएकाले यसलाई अस्वीकार गर्नुपर्ने बताउनुभयो ।
सत्तामा बस्नेहरुले देशको राष्ट्रियता माथि सौदाबाजी गरेरै भएपनि सत्ता टिकाउन खोज्ने प्रवृति देखिएकाले जनताले नै एमसीसी खारेजीका लागि दबाब दिनुपर्ने उहाँले बताउनुभयो । सडकबाटै यसलाई खारेज गर्न जनता एकजुट भएर अगाडि बढ्न पनि उहाँले आह्वान गर्नुभयो ।
देशमा अहिले ठुला–ठुला भ्रष्टाचाका काण्डहरु भैरहेको भन्दै सांसद थापाले भ्रष्टाचार गर्ने र देशको ढुकुटी रित्याउने जोकोही भएपनि निश्पक्ष छानबिन गरी कानुनी कार्बाही गर्नु पर्ने बताउनुभयो । राजमो जिल्ला सचिव प्रकाश परियारको सञ्चालनबाट अघि बढेको विरोध शभाको अध्यक्षता राजमो जिल्ला अध्यक्ष राजेन्द्र गैरेले गर्नुभएको थियो ।
चार वटा पालिकामै संगठनात्मक अभियान सञ्चालन
त्यस्तै, राजमोले फागुन महिना भर देशव्यपीरुपमा सञ्चालन गरेको संगठनात्मक अभियान स्याङ्जाको चारवटै पालिकामा ४ वटा टोली बनाएर अभियान अघि बढाएको छ । गल्याङ नगरपालिकामा राजमो जिल्ला सदस्य सुर्य थापाको नेतृत्व सहित एलबी राना र विष्णु गैरे रहनुभको छ ।
वालिङ नगरपालिमा अध्यक्ष राजेन्द्र गैरेको नेतृत्वमा खुम राना र होम बहादुर राना रहनुभएको छ । भिरकोट नगरपालिकामा प्रकाश परियारको नेतृत्वमा र पुतलिबजार नगरपालिकामा प्रकाश परियार खुम रानालगायत नेताहरुको नेतृत्वमा अभियान सञ्चालन भइरहेको छ । अभियानले सदस्यता वितरण, प्रशिक्षण, समिति गठन लगायत संगठनात्मक कार्यक्रम गरिरहेको राजमो गण्डकी प्रदेशका अध्यक्ष शंकर बरालले जानकारी दिनुभएको छ ।