वापी (भारत) । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति वापी पूर्वद्वारा सञ्चालित भडकमोरा एरिया समितिको सातौं वार्षिक भेला सम्पन्न भएको छ । भेलाले चन्द्र विकको अध्यक्षतामा १९ पुर्ण, २ वैकल्पिक सदस्य र ४ सल्लाहकार गरी २५ सदस्यीय एरिया समिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा लालबहादुर गुरुङ, सचिव श्याम विक, सहसचिव नन्दजंग गुरुङ र कोषाध्यक्षमा खुसीमान विक चयन हुनुभएको छ । त्यस्तै सदस्यहरुमा खेमराज विक, केश बहादुर विक, धनबहादुर विक, खड्क गुरुङ, जीवन रावल, रसबहादुर विक, ओमबहादुर विक, राजेन्द्र विक, अर्जुन विक, इन्द्र विक, प्रकाश विक, राजू सुनार, उत्तम गुरुङ, रामबहादुर विक तथा वैकल्पिक सदस्यमा दिलबहादुर विक र राजन विक रहनुभएको छ ।
भेलाले सुबास विक, बासु विक, खुमबहादुर विक र विकास विकलाई सल्लाहकार चयन गरेको छ । भेला चन्द्र विकको अध्यक्षता, लालबहादुर गुरुङको सञ्चालन र खुसीमान विकको स्वागत मन्तव्यबाट अगाडि बढेको थियो ।
भेलामा शुभकामना दिँदै मूलप्रवाहका केन्द्रीय सदस्य गोविन्द बहादुर थापाले आगामी ४ मार्चका दिन वापीमा एमसीसीका विरुद्ध जनप्रदर्शन गर्ने जानकारी दिनुभयो । मूल प्रवाह पश्चिम भारत क्षेत्रीय अन्तर्गत वापी पश्चिम, वापी पूर्व, दमन, सिलवासा र सरिगाम नगर समितिको संयुक्त आयोजनामा सम्पन्न हुने विरोध सभामा सम्पूर्ण नेता, कार्यकर्ता तथा शुभचिन्तकहरु समेतलाई उपस्थित हुन थापाले आव्हान गर्नभयो ।
त्यस्तै क्षेत्रीय समितिका अध्यक्ष बेद बहादुर कार्कीले कतिपय व्यक्तिहरुले आफूलाई मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको कार्यकर्ता बताएर भ्रम छर्दै हिंडेका हुनाले त्यस प्रकारका भ्रमबाट समेत सचेत हुन मूल प्रवाहका समर्थक तथा शुभचिन्तकहरु आग्रह गर्नु भयो।
भेलामा क्षेत्रीय समितिमा कोषाध्यक्ष तथा केन्द्रीय समतिका सल्लाहकार श्रीधर शर्मा र वापी पूर्व नगर अध्यक्ष भुवन सिंह धामीको आतिथ्यता रहेको थियो ।
यो पनि पढ्नुहोस्ः
‘मूल प्रवाहबाट निष्काशित केही व्यक्तिले भ्रम फैलाए’
मूल प्रवाहको वापी पश्चिम नगर समिति पुनर्गठन