• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

‘मूल प्रवाहबाट निष्काशित केही व्यक्तिले भ्रम फैलाए’


  •   बुधबार, फागुन १४, २०७६ मा प्रकाशित
  • नयाँ दिल्ली (भारत) । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले संगठनबाट निश्काशित केही व्यक्तिहरुले भ्रम फैलाउने प्रयास गरेको जनाएको छ । संगठनको वापी पश्चिम नगर समितिका केही पदाधिकारीले संगठनविरुद्ध गतिविधि गरेपछि उनीहरुलाई संगठनबाट निष्काशित गरिएको जनाउँदै मूल प्रवाहले केही व्यक्ति विचलित हुँदैमा संगठनलाई कुनै असर नपर्ने स्पष्ट पारेको छ ।

    Advertisement

    कार्यबहाक अध्यक्ष ठाकुर खनालले जारी गर्नुभएको वक्तव्यमा संगठनको वापी पश्चिम नगर समितिका कार्यकर्ता कृष्ण कुँवर, मान बहादुर रावल, निखिल रावल, हरिसिंह काउछा र विनीता काउछाले संगठन विरोधी गतिविधी गरेका कारण उनीहरुलाई निष्काशन गरिएको जनाइएको छ ।

    यस्तो छ, विज्ञप्ती
    ‘मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको विभिन्न समाजिक सञ्जाल तथा ई–समाचारहरु मार्फत फैलाइएका खबरहरुप्रति गम्भीर ध्यानाकर्षण भएको छ ।

    संगठनको वापी पश्चिम नगर समितिका कार्यकर्ता कृष्ण कुँवर, मान बहादुर रावल, निखिल रावल, हरिसिंह काउछा र विनीता काउछाले संगठनको उदेश्य, नियम तथा विधानका विरुद्धमा काम गरेको हुनाले त्यस प्रकारको गतिविधिबाट सुध्रिएर नआउँदासम्म वहाँहरुलाई मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको सम्पूर्ण स्तरबाट पश्चिम भारत क्षेत्रीय समितिले निष्काशन गरेको थियो । ति व्यक्तिहरु हाम्रो संगठनबाट आफ्नो अभीष्ट महत्वाकांक्षा पूरा नहुँदा पलायन भएका छन् । विभिन्न व्यक्तिहरुले मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको सिंगो पश्चिम वापी नगर समिति प्रवासी नेपाली संघ भारतमा प्रवेश गरेको भन्ने भ्रामक समाचारहरु सम्प्रेषण गरेका छन्, केही व्यक्तिहरुले संगठन छोड्दैमा सिंगो संगठन गएको हुँदैन ।

    विश्वव्यापी रुपमा निम्न पूँजीवादी चिन्तन कै कारण पद प्रतिस्ठा, सहुलियतको लागि काम गर्ने प्रवृत्ति बढेर गएको छ । देशभित्र कै वाम अन्दोलनलाई हेर्दा पनि विगतमा निस्वार्थ भावले देश र जनताका लागि काम गरेका कैयौं व्यक्तिहरु व्यक्तिगत सम्पत्ती, पद प्रतिष्ठा कै लागि विगतमा उनीहरुले आफैले स्थापित गरेका मूल्यमान्यताहरुलाई कुल्चदै अनेकौं प्रलोभनका शिकार बनी कैयौं काण्डमा खलनाएका बनेका छन् । त्यसको असर समाजका अन्य तप्काहरुलाई पनि पर्नु स्वभाविक हो । त्यही क्रममा हाम्रो संगठनसँग सम्बन्धित कतिपय साथीहरुबाट संगठनमा पदको महत्वाकांक्षा राख्दै समय समयमा वार्गेनिङसम्म गर्ने प्रयत्न भएका थिए । हाम्रो संगठनको पद्धति अनुसार जिम्मेवारीलाई पद प्रतिष्ठा भन्दा पनि कर्तव्यको रुपमा स्वीकार्ने गरिन्छ । संगठन भित्र भएका कतिपय समस्या तथा मतभेदहरुलाई आन्तरिक छलफल र बैठकद्वारा समाधान गर्ने पद्धतीलाई निषेध गर्दै गुटगत प्रकारले षडयन्त्र पूर्वक जनतालाई गुमराह गर्ने प्रयत्न गरिएको थियो । साथीहरु नेतृत्व मै जान नपाएको महत्वाकांक्षा वहाँहरुको राजीनामामा प्रष्टछ ।

    देशको क्रान्तिकारी आन्दोलनलाई दिशा विहिन बनाउन पूँजीवादी शक्तिहरु पहिले देखि नै लागिपरेका छन् । जसको परिणाम देशको वामपन्थी आन्दोलन दक्षिणपन्थी दिशामा भासिन पुग्यो । अहिले आएर दक्षिणपन्थीहरु पनि घुमाई फिराइ पूँजीवादको सेवा गरिरहेका छन् र क्रान्तिकारी आन्दोलन तथा संगठनहरुलाई कम्जोर पार्न प्रयत्नशिल छन् । त्यसको निम्ती जुनसुकै प्रकारको विनियोजन गर्न पनि पछि पर्दैनन् । वापी नगर समितिका कतिपय साथीहरुको राजीनामा र प्रवासी नेपाली संघ भारतको आयोजित कार्यक्रम कुनै संयोग होइन भन्ने कुरा कार्यक्रमको प्रकृतिले प्रष्ट पार्दछ ।

    त्यस प्रकारका घटनाबाट संगठनका सिद्धान्तनिष्ठ कार्यकर्ताहरु कतै विचलित हुँदैनन्, आफ्नो लक्ष्य र उदेश्यप्रति निरन्तर अग्रसर रहन्छन् । हाम्रो संगठनका कार्यकर्ताहरु निस्वार्थ भावले भारतस्थित नेपालीहरुको हकहित एवं देशको राष्ट्रियता, जनतन्त्र, जनजिवीकाको लागि निरन्तर कार्यरत छन् ।

    सम्पूर्ण मिडियाहरु विषयको गहिराइ र यथार्थको ज्ञान विना समाचार प्रसारण गरि आफ्नो गरिमालाई धुमिल हुनबाट बच्नु पर्ने आवश्यकता हुन्छ ।’

    यो पनि पढ्नुहोस्ः मूल प्रवाहको वापी पश्चिम नगर समिति पुनर्गठन

    बुधबार, फागुन १४, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • २.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ३.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ४.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ५.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ६.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ७.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ८.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.