• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

जनताको चेतनामा परिवर्तन नभएसम्म जीवनस्तर सुधार हुँदैनः सांसद शाही


  •   बिहिबार, फागुन १५, २०७६ मा प्रकाशित
  • भिमसेन वन ,बागलुङ । राष्ट्रिय जनमोर्चा बागलुङले १० टोली निर्माण गरेर फागुन महिना भरि सञ्चालन गरेको बिशेष संगठनात्मक अभियानको कार्यक्रम निसीखोला, हुग्दिशिर, बिनामारे, नारायणस्थान, तंग्राम, हटिया, दर्लिङ र पुर्कोटमा सम्पन्न गरेको छ । जस अन्तरगत टोली न. ९ ले निसीखोला गाउँपालिका वडा नं. ३ झिवाखोलामा पालिका स्तरीय प्रशिक्षण भेला सम्पन्न गरेको छ ।

    Advertisement

    कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेश सांसद तथा राष्ट्रिय जनमोर्चा बागलुङका सचिवालय सदस्य खिम बिक्रम शाहीले जतिसुकै व्यवस्था परिवर्तन भएपनि हामीले चेतना स्तरमा परिवर्तन गर्न सकिएन भने जनताको जीवन स्तरमा परिवर्तन सम्भव छैन भन्दै प्रशिक्षणको महत्त्व र आवश्यकता बारे प्रकाश पार्नु भएको थियो ।

    कार्यक्रममा अखिल नेपाल बुद्धिजीवी संघका केन्द्रीय सदस्य दुर्गानाथ खरेल लगायतले प्रशिक्षण तथा मन्तव्य राख्नु भएको थियो । कार्यक्रम निसीखोला गाउँ समितिका उपाध्यक्ष थमन घर्तीको अध्यक्षता, पालिका सचिव मिलन हमालको सम्पन्न भएको थियो । कार्यक्रममा वडा स्तरीय कार्यक्रम तय गर्नुका साथै ८० वर्षिय बृद्ध जंग बहादुर सुनारलाई प्रमुख अतिथि शाहीले सदस्यता प्रदान गर्नु भएको थियो ।

    टोली न.१ ले बरेङ गाउँपालिका वडा नं.२ हुग्दिशिरमा प्रशिक्षण भेला तथा सदस्यता बितरण सम्पन्न गरेको छ । कार्यक्रममा राष्ट्रिय जनमोर्चा बागलुङका उपाध्यक्ष धर्म बहादुर कुँवर, राष्ट्रिय जनमोर्चा बागलुङका सचिवालय सदस्य तथा बरेङ गाउँपालिकाका अध्यक्ष कृष्ण पौडेल, अखिल नेपाल शिक्षक संघका केन्द्रीय सचिव कृष्ण आचार्य, राष्ट्रिय जनमोर्चा बरेङ गाउँ समितिका अध्यक्ष हिरा बहादुर थापा, सदस्य शेर बहादुर पुन लगागयतको सहभागी रहेको थियो ।

    टोली नं. २ ले जैमिनी नगरपालिका वडा नं.५ बिनामारेमा ३ टोली बनाएर घरदैलो गर्दै पर्चा तथा सदस्यता बितरण गरेको छ । कार्यक्रममा अखिल नेपाल जनजाति सम्मेलनका पुर्व सल्लाहकार नर बहादुर पुन, राष्ट्रिय जनमोर्चा बागलुङका कोषाध्यक्ष दिल बहादुर दर्जी, राष्ट्रिय जनमोर्चा जैमिनीका अध्यक्ष डिल बहादुर श्रीस, राष्ट्रिय जनमोर्चा बागलुङका सदस्य ठाकुर शर्मा, गोपाल शर्मा, अखिल नेपाल जनजाति सम्मेलन बागलुङका अध्यक्ष लाल बहादुर पुन, राष्ट्रिय जनमोर्चा जैमिनीका सदस्य होम बहादुर पुन, बालकृष्ण शर्मा लगायतका टोलीले अभियान अगाडि बढाएको छ ।

    टोली नं. ३ ले बागलुङ नगरपालिका वडा नं. १४ नारायणस्थानको अर्माहमा प्रशिक्षण भेला तथा सदस्यता बितरण गरेको छ । कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय जनमोर्चा बागलुङका सचिव भिमलाल पोखरेल, जिल्ला सदस्य योगेन्द्रराज पौडेल, अखिल नेपाल किसान संघका जिल्ला सदस्य ढुण्डीराज पौडेल, अखिल छैठौं पुर्व केन्द्रीय सदस्य दिवश पौडेल लगायतले मन्तव्य राख्नु भएको थियो। भोली १६ गते बलेवा स्तरीय प्रशिक्षण नारायण स्थानमा सम्पन्न हुने कार्यक्रम रहेको छ ।

    टोली नं. ४ ले काठेखोला गाउँपालिका वडा नं. ४ तंग्रामको धारा माबिको सभाहलमा प्रशिक्षण भेला सम्पन्न गरेको छ । कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुङगाना, राष्ट्रिय जनमोर्चा बागलुङका अध्यक्ष अमर थापा, अखिल नेपाल बुद्धिजीवी संघका केन्द्रीय सदस्य कमला थापा, राष्ट्रिय जनमोर्चा बागलुङका सचिवालय सदस्य तथा काठेखोला गाउँ समितिका अध्यक्ष लक्ष्मण पुन, अखिल नेपाल जनजाति सम्मेलन बागलुङका उपाध्यक्ष ओम बहादुर पुन, राष्ट्रिय जनमोर्चा काठेखोला गाउँ समितिका सचिव तथा काठेखोला गाउँ कार्यपालिका सदस्य टीका संगम बिक लगायतले मन्तव्य राख्नु भएको थियो । कार्यक्रम वडा समितिका अध्यक्ष बिष्णु कडेलको अध्यक्षता, कृष्ण बि।क।को सञ्चालन र उपाध्यक्ष थिर बहादुर रानाको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो ।

    टोली नं.५ ले गलकोट नगरपालिका वडा नं ३ को हटियामा पर्चा तथा सदस्यता बितरण गरेको छ । राष्ट्रिय जनमोर्चा बागलुङका सल्लाहकार टंक केसी जिल्ला सदस्य पदम श्रेष्ठ, अखिल नेपाल किसान संघ बागलुङका सदस्य गुमानसिं खत्री लगायतका टोलीले सदस्यता बितरण अभियान सञ्चालन गर्नु भएको थियो।

    टोली नं.७ ले बडिगाड गाउँपालिका वडा नं. ९ दर्लिङमा प्रशिक्षण भेला तथा सदस्यता बितरण गरेको छ ।अखिल नेपाल युवक संघका केन्द्रीय कोषाध्यक्ष भिमसेन वन, नेकपा (मसाल)बागलुङका प्रबक्ता मेक बहादुर पाईजा लगायतका टोलीले सदस्यता बितरण अभियान सञ्चालन गर्नु भएको थियो ।

    साथै टोली नं.८ ले ढोरपाटन नगरपालिका वडा नं. ३ पुर्कोटको बिसमोर टोलमा टोल प्रशिक्षण भेला तथा सदस्यता बितरण सम्पन्न गरेको छ । कार्यक्रममा राष्ट्रिय जनमोर्चा बागलुङका सल्लाहकार गौरीश्वर पाण्डे, राष्ट्रिय जनमोर्चा बागलुङका सदस्य दिपक थापा लगायतले मन्तव्य राख्नु भएको थियो । ।भेलाले रेशम कुँवरको अध्यक्षतामा ९ सदस्यीय पुर्कोट बिसमोर टोल समिति चयन गरेको छ । जसको सचिव नर बहादुर कुँवर, सहसचिव कोषाध्यक्ष गोपाल कुँवर, सदस्यहरुमा रेशम सापकोटा, शेर बहादुर पौडेल, हेमलाल गैरे, होम बहादुर कुँवर, तम बहादुर कुँवर र बल बहादुर पुन रहनु भएको छ । पर्चा तथा सदस्यता बितरण कार्यक्रम ईजर टोलमा पनि सम्पन्न भएको छ ।

    बिहिबार, फागुन १५, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.