काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको छातीमा स्थायी पेसमेकर राखिएको छ ।
Advertisement
उहाँलाई ७२ घण्टाको नियमित निगरानीका क्रममा मुटुको चाल बेलाबखतमा कम हुने देखिएपछि विशेषज्ञको राय परामर्शमा पेस मेकर राखिएको हो ।
त्रिभुवन विश्वविद्यालय चिकिसाशास्त्र अध्ययन संस्थान मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा आज २०८० असार ५ गते मङ्गलबार राष्ट्रपति पौडेलको शरीरमा सफलतापूर्वक पेसमेकर राखिएको अस्पतालका कार्यकारी निर्देशक प्राडा रत्नमणि गजुरेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
राष्ट्रपति पौडेल यही असार २ गतेदेखि अस्पतालमा उपचाररत हुनुहुन्छ । हाल उहाँको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।
