• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ८. वृद्धाश्रममा आगलागी हुँदा १६ जनाको मृत्यु

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

भारतीयलाई नेपाली नागरिकता लिएर राष्ट्रपति–प्रधानमन्त्री बन्ने बाटो खुल्यो : केसी (भिडियो सहित)


  •   बुधबार, जेठ १७, २०८० मा प्रकाशित
  • काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपालको नागरिकता लिएर अब भारतीयले यहाँको शासन चलाउने बाटो खुलेको बताउनुभएको छ ।

    Advertisement

    नेपालमा ४७ लाख बढी अंगीकृत नागरिक रहेको भन्दै केसीले उनीहरुका सन्तानले वंशजको नागरिकता लिएर देश चलाउन खोजेको उहाँको आरोप थियो ।

    ‘अब नेपालमा अंगीकृतबाट जन्मेका लाखौं लाख भारतीयहरु नेपालको वंशजको नागरिक भए । यहाँ भारतको लागि समस्या के थियो ? बन्द व्यापार केही छेक्किएको थिएन, उद्योग धन्दा केही छेक्किएको थिएन ।

    एउटै मात्र भारतमा समस्या के परेको थियो भने हाम्रो ७२ को संविधानमा प्रधानमन्त्री हुनको लागि राष्ट्रपति हुनको लागि सेनाको प्रधान सेनापति हुनको लागि सर्वोच्चको प्रधान न्यायधिस हुनको लागि वंशजको नागरिक मात्र हुन पाउँछ भनेर संविधानमा छ’ केसीले भन्नुभयो,‘त्ययसकारण भारतले वंशजको नेपाली नागरिक बनाएर नेपालको प्रधानमन्त्री, राष्ट्रपति, प्रधान सेनापति, प्रधानन्यायाधीश, सभामुख, मुख्यमन्त्री बनाउने योजना पुरा भयो ।’

    भारतद्वारा नेपालको लुम्बिनी र कपिलवस्तुलाई समेत आफ्नो नक्सामा सामेल गरेर संसद भवनमा राख्ने कार्यको विरोधमा राष्ट्रिय जनमोर्चा काठमाडौंले बुधबार शान्तिवाटिकामा विरोध सभाको आयोजना गरेको हो ।

    सो कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष केसीले भारतले आफ्ना नागरिकलाई नेपालको नागरिकता दिन पहिल्यैदेखि डिजाइन गरिरहेको र त्यो आज सफल भएको बताउनुभयो ।

    ‘नेपालको तीन तिरै खुला सिमाना छन् । भारतीयहरु नेपालमा आउँछन् र आइरहेका छन् । र उनीहरु यहाँ आएपछि उनीहरुका छोरा छोरी जन्मिनछन् । ४७ लाख अंगीकृत नागरिक छन् । उनीहरुलाई वंशजको नागरिकता दिनुपर्छ भनेर भारतले यो डिजाइन पहिले नै गरेको थियो’ केसीले भन्नुभयो ।

    उहाँले संसदमा भएका राजनीतिक पार्टीहरु जहिले पनि लाखौं नेपालीले नागरिकता पाएनन् भनेर बोलिरहने गरेको स्मरण गर्नुभयो । भारतबाट विभिन्न रोजगार गर्न नेपाल आएकाहरु, बिबाह गरेर आएकाहरु अंगीकृत नागरिक भएको भन्दै उहाँले तिनिहरुबाट जन्मेकालाई वंशजको नागरिकता दिनुपर्छ भनेर लामो समयदेखि एउटा संघर्ष भैरहेको बताउनुभयो ।

    ‘पहिलेको दुवै सदनले अंगीकृत नागरिकता दिनुपर्छ भनेर पास गरिसकेका थिए । त्यसको पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले रोक्नु भएको थियो, रोकिएको थियो’ केसीले भन्नुभयो, ‘यसपालि रामचन्द्र पौडेलले आजै बिहान प्रचण्ड दिल्ली जानुअघि ४७ लाख अंगीकृतबाट जन्मेका भारतीय नागरिकलाई नेपालको वंशजको नागरिकता दिनु पर्छ भनेर त्यो प्रमाणीकरण गरे ।’

    अध्यक्ष केसीले भारतले नेपालका धेरै भुभाग कब्जा गरेको छ भन्दै अहिले फेरि नयाँ बनेको संसदको भित्तामा नेपालको कपिलवस्तु र लुम्बिनीलाई राखेको बताउनुभयो । यसबारे धेरैले थाहा पाए पनि यो विषयमा कोही नबोलेको उहाँले बताउनुभयो ।

    कार्यक्रमलाई नेकपा (मसाल) का प्रवक्ता राम प्रकश पुरी र अखिल नेपाल कानुन व्यवसायी संघ (अन्ला) का महासचिव लक्षणदेव पान्डेले सम्बोधन गनुृभएको थियो ।

    भारत दक्षिण एशियामा शान्ति नहोस् भन्ने चाहन्छ : पुरी

    कार्यक्रमको सञ्चालन नेकपा (मसाल) का काठमाडौं जिल्ला प्रवक्ता जगतप्रसाद रेग्मीले गर्नुभएको थियो । कार्यक्रममा विभिन्न जनवर्गीय संगठनका नेता तथा कार्यकताहरुको उपस्थिति रहेको थियो ।

    डोटीमा विरोध सभा


    त्यसैगरी राजमो डोटी जिल्ला समितिले पनि भारतीय हेपाहा प्रवृत्तिको विरोधमा सभा सम्पन्न गरेको छ ।

    राजमो जिल्ला सचिव मानबहादुर खड्काको सञ्चालनबाट अघि बढेको कार्यक्रमलाई जिल्ला अध्यक्ष डबल बोगटी र उपाध्यक्ष महेश अवस्थीले सम्बोधन गर्नुभएको थियो ।

     

    बुधबार, जेठ १७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान
    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन
    ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा
    उत्तरी सागरमा कार्बन भण्डारण सुरु
    मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.