टेकराज भुसाल, बुटवल । रुपन्देहीको सैनामैनामा ७१ वर्षीय एक वृद्धले राष्ट्रिय जनमोर्चालाई खोज्दै आएर सदस्यता लिएका छन् । राजमोले सञ्चालन गरेको संगठनात्मक अभियान अन्तर्गत सैनामैनाका ७१ वर्षीय पुर्ण बहादुर क्षेत्रीले सदस्यता लिएका हुन् ।
बुधबार राष्ट्रिय जनमोर्चा रुपन्देहीले सैनामैनामा संगठनात्मक अभियान अन्तर्गत भेलाको आयोजना गरि सदस्यता बितरण तथा नविकरण गरेको छ ।
भेलाले ४१ सदस्यीय संगठन परिचालन समिति गठन समेत गरेको छ । भेलामा राष्ट्रिय जनमोर्चा रुपन्देहीका सचिब टान बहादुर केसी, ५ न. प्रदेश कोषाध्यक्ष गणेश गौतम, कम्युनिस्ट संग्रहालय नेपालका अध्यक्ष चेतनाथ आचार्य लगायतले मन्त्वय राख्नु भएको थियो ।
अभियान रुपन्देहीका बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका, सिद्धार्थ नगरपालिका र कञ्चन गाउपालीकामा एकै साथ विभिन्न टोली बनाई सञ्चालन भइरहेको राष्ट्रिय जनमोर्चा रुपन्देहीले जानकारी दिएको छ ।
राजमो सैनामैना नगरपालिकाले १ नम्बर वडा देखि ११ नम्बर वडा सम्म ४१ जना सदस्य रहेको ६ वटा टोली परिचालन गरी जनभेटघाट तथा सदस्यता वितरण अभियानलाई तिब्रता दिएको छ ।
टोली नम्बर १ मा लाल बहादुर क्षेत्रीको संयोजकतामा ७ सदस्यीय, टोली नं २ मा नर बहादुर थापाको संयोजकतामा ५ सदस्यीय, टेली नं ३ मा दलबहादुर मल्लको संयोजकतामा ५ सदस्यीय, टोली ४ मा जयस्वर रेग्मीको संयोजकतामा ६ सदस्यीय, टोली नं ५मा हरि राहिडिको संयोजकतामा १० सदस्यीय र टोली नं ६मा लक्ष्मी योगीको संयोजकतामा ८ सदस्यीय टोली निर्माण गरि संगठनात्मक अभियानलाई अघि बढाइएको छ।
यो पनि पढ्नुहोस्ः
ज्येष्ठ नागरिकलाई सम्मान, १७६ जनालाई सदस्यता दिँदै अभियान सुरु
सांगठनिक अभियान सञ्चालन गर्न रुपन्देहीमा तीन टोली गठन