• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

रारा साहित्यिक यात्राको अनुभूति : स्वर्गतुल्य भूमिको कष्टसाध्य जीवन


  •   बुधबार, जेठ ०३, २०८० मा प्रकाशित
  • गिरिप्रसाद बुढा ##
    रारा साहित्यिक यात्रामा निस्कनुभन्दा पहिला म पार्टिकामका लागि घरबाट निस्किएको थिएँ । यसपटक घरबाट निस्किँदै गर्दा मलाई बेस्सरी तनाव भयो । कुनचाहिँ चोरले घरको कोठाबाटै मेरो सानो ह्यान्डब्याग चोरिदिएछ । ब्यागमा मेरा धेरै कागजपत्र थिए । मेरो मतदाता परिचय पत्र, बैङ्कको चेक र एटिएम कार्ड, मामाको नागरिकतालगायत कैयौं महत्वपूर्ण कागजपत्र त्यही ब्यागमा राखेको थिएँ । त्यति मात्रै होइन, बाटाखर्च र पार्टी सङ्गठनमा जम्मा गर्ने भनी २० हजार नगद रुपैयाँ पनि त्यही ब्यागमा राखेको थिएँ ।

    Advertisement

    यस्तो महत्वपूर्ण कागजपत्र र रुपैयासहितको ब्याग हराएको दिन खाना पनि खान मन लागेन र राती निकै बेर निद्रा पनि लागेन ।
    “पैसा, कागजपत्र भएको ब्यागलाई अलि स्याहार गर्नुपर्छ नि । ढङ्ग नभएपछि यस्तै हुन्छ” घरमा सबैले मलाई नै गाली गरे ।

    “सुत्ने कोठाबाटै यसरी झोला चोरी हुन्छ भन्ने मलाई के थाहा त ? पहिल्यै सबै कुरा थाहा हुने भए किन यस्तो हुन्थ्यो ?” परिवारको अगाडि म बर्बराएँ ।

    “आ… मान्छेहरूले कत्रा कत्रा समस्या र दु:ख झेलिरहेका हुन्छन् । यति कुरा हराउँदैमा के चिन्ता लिनु ! चिन्ता गरेर अब मेरो त्योे ब्याग फिर्ता आउनेवाला पनि छैन अनि मेरो यो चिन्ता त्यो चोरलाई महसुस हुने पनि होइन । बेकारमा के चिन्ता गर्नु ?” म आफ्नो मनलाई आफैले सम्झाउने प्रयास गरेँ ।

    यसरी मैले त्यो हराएको ब्यागलाई बिर्सने प्रयास गरेँ तर दुई दिनसम्म त मैले त्यो ब्याग बिर्सनै सकिनँ । झल्याँस्स झल्याँस्स ब्यागको याद आइरह्यो । यसरी ब्याग हराएको तेस्रो दिन जसोतसो बुटवलसम्मको बाटखर्च जुटाएर म पार्टिकामका लागि घरबाट निस्किएँ ।
    पार्टिकाम सकिनेबित्तिकै मलाई रारा साहित्यिक यात्रामा सामेल हुनुपर्ने थियो तर मसँग रारायात्राका लागि चाहिने पैसा थिएन । म रित्तो थिएँ ।

    “तपाईंसँग खर्च नभएको कुरा मैले अध्यक्षसँग राखेको छु । तपाई रारा जानुस् । मलाई विशेष काम परेकाले जान नभ्याउने भएँ । तपाईंचाहिँ जानुपर्छ” कामरेड समीर सिंहले यत्ति भनेपछि म रारा जान तयार भएँ ।

    पार्टिकाम सकिएपछि म २०८० वैशाख १५ गते बिहान सुर्खेत पुगेँ । त्यसपछि प्रगतिशील लेखक सङ्घ नेपालको केन्द्रीय समितिले आयोजना गरेको रारा साहित्यिक यात्रामा सामेल भएँ ।

    सुर्खेत जिल्लाबाट विविध साहित्यिक गतिविधि गर्दै र विभिन्न ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थलको अवलोकन गर्दै ९० जनाको सङ्ख्यामा रहेको हाम्रो टोली अगाडि बढ्यो । दैलेख, कालिकोट, सिंजा, राराताल, जुम्ला, खलङ्गा हुँदै हाम्रो यो साहित्यिक यात्रा भव्य रूपमा सम्पन्न भएको थियो । यात्रामा कैयौं असजिला थिए । समस्या थिए तर पनि रारा चुम्ने उद्देश्यका सामु ती जम्मै असजिला र समस्या गौण थिए । मसँग त झन् बाटो खर्चसम्म पनि थिएन तर पनि साथीभाइका सरसहयोगबाट काम चलाउँदै म पनि रारा चुम्न सफल भएँ ।

    रारा साहित्यिक यात्राले मलाई कर्नाली बुझ्न धेरै मदत गरेको अनुभूति भयो । समग्र देशलाई नै सम्पन्न बनाउन सक्ने सम्भावनाको खानी रहेछ कर्नाली । अथाह प्राकृतिक स्रोतसाधनले भरिपूर्ण यो कर्नाली भाषा, साहित्य र कलाको पनि उत्तिकै उर्वरभूमि रहेछ । यस्तो सम्पन्न स्वर्गतुल्य भूमि भएर पनि यहाँको जनजीवनले भने कष्टमा गुज्रिनुपरेको रहेछ । सिरानीमा सुन राखेर नुनको खोजीमा अल्मोडातिर जानु कर्नालीको अवस्था हो भन्दा रहेछन् त्यहाँका मान्छेहरूले । साँच्चै नै सुनको थाली बोकेर भिक माग्नुपर्ने बाध्यता रहेछ कर्नालीको । आखिर कर्नालीका जनतामा अझै पनि यो विवशता कायम रहनुको मूल कारण के हो ? हामी सबैले निधार खुम्चाएर सोच्नैपर्दछ ।

    ‘कर्णाली’, होइन, ‘कर्नाली’ भन्नुपर्छ भन्ने दाबी रहेछ कर्णालीवासी जनताको । यो कुरा मैले यसैपटक रारा साहित्यिक यात्राको क्रममा थाहा पाएँ । त्यसैले अबको मितिदेखि म कर्णालीलाई कर्नाली लेख्न सुरु गरेको छु ।

    हाम्रो देशमा कर्नालीको नाम नसुन्ने मानिस कमै होलान् । यो नाम आज देशमा मात्रै होइन, विश्वमा नै प्रसिद्ध हुँदै गइरहेको छ । गीतमा, कवितामा, कथा र उपन्यासमा यत्रतत्र सर्वत्र कर्नाली नाम स्रष्टाको प्राथमिकतामा पर्दै आएको छ । यसरी आजसम्म कर्नालीको नाममा ठुला ठुला पुस्तक तथा ग्रन्थ पनि निस्किसकेका छन् ।

    राजनीतिमा हेर्‍यौँ भने हरेक पल कर्नालीको नाम अग्रस्थानमा आइरहेको हुन्छ । राजनीतिक दलका दस्तावेजमा, दलका नेता तथा कार्यकर्ताका भाषणमा कर्नालीको नाम कहिँ कतै छुटेको हुँदैन । कर्नाली कर्नाली भन्दै घाटीको नशा फुल्लाउँदै बेस्सरी चिच्चाउने सांसद र मन्त्रीको खासै कमी छैन नेपालमा । कर्नालीकै नामबाट डलरको खेती गर्ने एनजिओ/आइएनजिओका निम्ति त कर्नाली उर्वरभूमि नै हो भन्दा फरक नपर्ला ।

    नेपाल सरकारले आफ्नो बजेट भाषणमा कर्नाली नाम उच्चारण नगरेको अभिलेख सायद छैन होला । यसरी हेर्दा टिला र हिमानदीबाट बग्न सुरु गरेको कर्णाली नदीमा आजसम्म कति पैसाको खोला बगिसक्यो होला ? अनुमान गर्न गार्‍हो छ तैपनि त्यहाँ बगेको पैसाले अझै कर्नालीको मर्म खासै भेटाउन सकेको रहेनछ ।

    रारा साहित्यिक यात्राको सन्दर्भमा मैले के अनुभूति गरेँ भने कर्नालीलाई प्रमुख आँखाले हेर्ने हामी हरेक स्रष्टाले अनि यसैगरी कर्नालीको नाममा चिच्याउने राजनीतिक दलका हरेक नेता–कार्यकर्ताले अर्थात् कर्नालीमा पैसाको खोला बगाइरहेका विकासप्रेमीहरू हामी सबैले यदि साच्चिकै कर्नालीको खास पीडा र मर्म भेटाउने हो भने हामी सबैले ठुलै कष्टदु:ख झेल्न तयार हुनैपर्दछ । हामी सबैले कर्नालीका हरेक भूगोल छिचोल्नुपर्दछ र हामी स्वयम्ले पनि कर्नालीको जीवन भोगेर अगाडि बढ्ने हिम्मत गर्नुपर्दछ । हामी स्वयम्ले कर्नालीको जीवन नभोगेसम्म कर्नालीको वास्तविक मर्मले हाम्रो मुटु छुन्छ जस्तो मलाई लाग्दैन । कर्नालीको जीवन भनेको के हो अर्थात् कर्नाली भनेको के हो ?

    रारा साहित्यिक यात्रा गर्दै गर्दा यससम्बन्धी मैले के बुझँे भने कर्नाली भन्नु र गरिबी भन्नु एउटै हो । कर्नाली भन्नु र विकटता भन्नु एउटै हो । कर्नाली भन्नु र रोग, भोक र अशिक्षा भन्नु एउटै हो । कर्नाली भन्नु र वर्गीय उत्पीडन भन्नु एउटै हो । कर्नाली भन्नु र जीवनका लागि सङ्घर्ष भन्नु एउटै हो । कर्नालीको यही परिभाषालाई पछ्याउँदै मैले कर्नालीको जीवन भोग्ने हिम्मत हामीमा हुनुपर्छ भन्न पुगेको हुँ ।
    आज कर्नालीमा बस्नेहरू सबैले कर्नालीको जीवन भोगिरहेका छन् भन्ने होइन रहेछ । कर्नालीको भूगोलभित्रै बसेर पनि कर्नालीको जीवन नभोग्नेहरू अर्थात कर्नालीमै बस्ने तर कर्नालीलाई नै लुछ्ने, चुस्ने, किर्ना र जुम्रा यता पनि प्रशस्तै पाइदा रहेछन् । हुनेखानेहरू कर्नालीको माटो छोडेर सहरतिर विलासको जिन्दगी बिताउँदै गर्दा गरिबदुखीहरू राम्रो शिक्षा र स्वास्थ्यको सुविधा नपाएर गाउँकै झुपडीमा छट्पटिनुपर्ने वर्गविभेदको खाडल कर्नालीमा झन् झन् गहिरो हुँदै गएको रहेछ । कर्नालीमा गहिरिँदै गएको यही वर्गविभेदको खाडल पुर्न सकियो भने मात्रै कर्नालीको समृद्धिले मूर्त रूप लिने छ ।

    कर्नालीका जनता विशेष गरी त्यहाँका गरिब किसान जनता, जसले वास्तविक कर्नाली भोगिरहेका छन्, ती जनताका जीवनमा पिरमर्का र समस्याको अथाह चाङ छ । ती पिरमर्का र समस्या केवल कर्नालीको मात्रै छुट्टै समस्या कदापि होइन । यो सिङ्गै देशको समस्या हो । हामीले देख्न सक्छौँ : कैयौँ गरिबदु:खी जनता, जो कर्नालीमा बस्दैनन् अर्थात् उनीहरू कर्नालीका होइनन् तर पनि ती सबैले कर्नालीकै जीवन भोगिरहेका छन् ।

    यसरी कर्नालीको जीवन भोग्नेहरू मुलुकका सतहत्तरै जिल्लामा छरिएर रहेका छन् । आज देशका कुनाकन्दरामा जहाँ जाऊँ, जता हेरौँ, सबैतिर कर्नाली भोग्नेहरूको जनसङ्ख्या बढ्दै गइरहेको छ । मुटठिभर शोषक, दलाल पुँजीपति वर्ग र ठग, भ्रष्टाचारीबाहेक बहुसङ्ख्यक गरिब, किसान र मजदुरका छोराछोरी जम्मैले कर्नालीकै जीवन भोगिरहेका छन् । यसरी कर्नाली भोगिरहेका सम्पूर्ण नेपाली जनता कर्नाली भोगाइबाट मुक्त नभएसम्म यो देशले काँचुली फेर्न सक्ने छैन । कर्नाली भोगाइबाट मुक्त हुने भन्नुको अर्थ हो : गरिबीबाट मुक्त हुनु, कठिन जनजीवनबाट मुक्त हुनु, अभाव र दु:खबाट मुक्त हुनु, रूढिवाद र कुसंस्कारबाट मुक्त हुनु, मुट्ठिभर शोषक, सामन्त, दलाल पुँजीपति, ठग, भ्रष्टाचारी आदिका माकुरी जालबाट मुक्त हुनु ।

    यी जम्मै कुराबाट मुक्त हुनका लागि कर्नाली भोगिरहेका सम्पूर्ण जनतामा वर्गीय चेतना जागृत हुन आवश्यक छ । वर्गीय चेतना जागृत भएर मात्र पुग्दैन, शक्ति पनि चाहिन्छ । त्यो शक्ति भनेको कर्नाली भोग्ने देशैभरका जनताको एकता हो । यही एकता निर्माण गरेर वर्गसङ्घर्षमा अगाडि बढ्नुबाहेक कर्नाली भोगिरहेका जनतासँग अर्काे कुनै विकल्प देखिँदैन । त्यसैले स्वर्गतुल्य कर्नालीको कष्टसाध्य जीवन बदल्न हामी सबै सचेत भएर उठौँ ।

    बुधबार, जेठ ०३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति
    मुन्धुम पैदलमार्ग र प्रिय सुदीप
    जुन गाउँले मलाई धेरै दियो
    जीवन र मृत्यु
    बाल स्रष्टाहरूको सिर्जनात्मक उत्सव सम्पन्न, सिर्जना डबलीको वेबसाइट विमोचन
    ‘१२ मे’ नाटक भदौ २१ गते मञ्चन हुने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.