• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

जेठ १ देखि १५ गतेसम्मअमेरिकी साम्राज्यवाद विरुद्ध मेची–महाकाली अभियान


  •   शनिबार, बैशाख १६, २०८० मा प्रकाशित
  • काठमाडौँ । अमेरिकी साम्राज्यवादको विरुद्धमा मेची–महाकाली अभियान सञ्चालन हुने भएको छ । २०८० वैशाख १२ देखि १५ गतेसम्म सम्पन्न नेकपा (मसाल) पी.बी. को बैठकले सो निर्णय गरेको हो ।

    Advertisement

    महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०८० वैशाख १६ गते जारी प्रेसविज्ञप्तिमा सो जानकारी दिइएको छ । मेची–महाकाली अभियान दुई टोली बनाएर जेठ १ गतेदेखि जेठ १५ गतेसम्म सञ्चालन हुने छ । त्यसमध्ये एक टोली महेन्द्रनगरबाट उद्घाटन भएर बुटवलमा समापन हुने छ भने अर्को टोली बागलुङबाट उद्घाटन भएर काठमाडौँमा समापन हुने छ ।

    प्रेसविज्ञप्तिमा मुख्यतः यही वैशाख १८ गतेदेखि २०८१ वैशाख १८ गतेसम्मका लागि सञ्चालन हुने तीन अभियानको बारेमा जानकारी दिइएको छ । मसालले लेनिनको शताब्दी स्मृतिदिवस, नेकपाको हीरक जयन्ती र पार्टीको नवौँ महाधिवेशन सँगसँगै सञ्चालन गर्दै छ ।

    विज्ञप्तिमा वैशाख १३ र १४ गते राष्ट्रिय प्रशिक्षणात्मक भेला पनि सम्पन्न भएको जानकारी दिइएको छ । प्रेसविज्ञप्तिमा पी.बी. को बैठकले ऐतिहासिक तीन अभियानसम्बन्धी प्रस्ताव र तात्कालिक राजनीतिक प्रस्ताव पारित गरेको उल्लेख छ । ती दुवै प्रस्तावहरू राष्ट्रिय प्रशिक्षण भेलाबाट सुझाव सङ्कलन गरेर थप परिमार्जन गरिएको पनि उल्लेख छ ।

    यस्तो छ, प्रेसविज्ञप्तिको पूर्ण पाठ :
    “१. यही वैशाख १२–१५ सम्म नेकपा (मसाल) पी.बी. को बैठक सम्पन्न भयो । त्यो बैठकले दुईओटा प्रस्तावहरू पारित गरेको छ ः प्रथम– ऐतिहासिक तीन अभियानसम्बन्धी प्रस्ताव, द्वितीय– तात्कालिक राजनीतिक प्रस्ताव ।

    २. प्रथम प्रस्तावअनुसार यही सालको मेदिवसदेखि अर्को सालको मेदिवससम्म ‘ऐतिहासिक तीन अभियान सफल पारौँ, कम्युनिस्ट आन्दोलनमा क्रान्तिकारी रूपान्तरण गरौँ’ भन्ने मूल नारासहित ती अभियान सञ्चालन गरिने छ । ती तीनओटै अभियानको सम्मिलित रूपले यही वैशाख १८ गते सबै जिल्लामा उद्घाटन गरिने छ । विभिन्न जिल्लाको उद्घाटन कार्यक्रमका लागि प्रमुख वक्ताहरू पनि ठेगान भइसकेका छन् । तीन अभियानको समापन २०८१ सालको वैशाख १८ गते मेदिवसका दिन गरिने छ ।

    ३. लेनिनको सन् १९२४ फेबु्रअरी २१ मा मृत्यु भएको थियो भने यही सालको माघ ७ गते उहाँको शताब्दी स्मृतिदिवस पर्दछ । लेनिनको जन्मजयन्तीको दिनमा नै अप्रिल २२, १९४९ मा हाम्रो पार्टीको स्थापना भएको थियो । यही साल वैशाखको ९ गते पार्टीको स्थापना भएको ७५ वर्ष वा हीरक जयन्ती पर्दथ्यो । नेकपा (मसाल) को आठौँ महाधिवेशन २०७६ सालको जेठमा भएको थियो । अब त्यो महाधिवेशन भएको ५ वर्ष लाग्दै छ । उक्त तीनओटै अभियानहरूलाई सामेल गरेर हाम्रो पार्टीले वर्षभरि नै ऐतिहासिक तीन अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । ती तीन अभियानमध्ये लेनिनको स्मृतिदिवसलाई आइसिओआरले पनि अन्तर्राष्ट्रिय स्तरमा मनाउने ठेगान गरेको छ ।

    ४. तात्कालिक राजनीतिक प्रस्तावअन्तर्गत खास गरेर वैशाख १० गते चितवन, तनहुँ र बारामा भएका उपचुनावको समीक्षा गरिएको छ । ती चुनावका सन्दर्भमा नेपालमा अमेरिकी साम्राज्यवादको खतरा कसरी गम्भीर बनेको छ ? त्यसबारे मुख्य रूपले चर्चा गरिएको छ । त्यो खतराको गम्भीरतामाथि विचार गर्दै यही सालको जेठ १ गतेदेखि १५ गतेसम्म “अमेरिकी साम्राज्यवादका विरुद्ध मेची–महाकाली अभियान” को आयोजना गर्ने निर्णय गरेको छ । त्यो अभियानका सिलसिलामा एउटा टोलीको जेठ १ गते महेन्द्रनगरमा उद्घाटन भएर जेठ १५ गते बुटवलमा समापन हुने छ भने अर्को टोलीको जेठ १ गते बाग्लुङमा उद्घाटन भएर जेठ १५ गते नै काठमाडौँमा समापन हुने छ ।

    ५. पी.बी. को उक्त बैठकको बेलामा २०८० वैशाख १३ र १४ गते राष्ट्रिय प्रशिक्षण भेला पनि सम्पन्न भएको थियो । त्यो भेलामा ऐतिहासिक तीन अभियान र तात्कालिक राजनीतिक प्रस्ताव पनि प्रस्तुत गरिएका थिए । भेलामा ती दुई प्रस्तावमा प्रतिनिधिले दिएका सुझावअनुसार ती प्रस्तावलाई परिमार्जन पनि गरिएको थियो । त्यो भेलामा ऐतिहासिक तीन अभियान र अमेरिकी साम्राज्यवादका विरुद्ध मेची–महाकाली अभियानसमेतको कार्यान्वयनबारे पनि विस्तृत रूपले छलफल गरिएको थियो ।

    ६. ऐतिहासिक तीन अभियानसम्बन्धी र तात्कालिक राजनीतिसम्बन्धी दुबै प्रस्तावका पूर्ण पाठ बेग्लाबेग्लै जारी गरिने छन् । उक्त अभियानमध्ये पहिला दुईटा अर्थात् ऐतिहासिक तीन अभियान र पार्टीको हीरक जयन्तीअन्तर्गत देशव्यापी रूपमा कैयौँ सभा, जुलुस, अन्तक्र्रिया, विचारगोष्ठी, सङ्गठनात्मक विस्तार र सुदृढीकरण, विभिन्न प्रकाशन, सांस्कृतिक कार्यक्रम, प्रशिक्षण आदि कार्यक्रमको आयोजना गरिने छन् । नवौँ महाधिवेशनको सिलसिलामा सदस्यताको अद्यावधीकरण, दस्तावेजको प्रकाशन, फोरमको सञ्चालन, जिल्ला सम्मेलन, प्रतिनिधिको चुनाव, महाधिवेशनमा दस्तावेजमाथि छलफल र अन्तमा केन्द्रीय समिति र नेतृत्वको चुनाव आदि कार्य सम्पन्न गरिने छन् । उक्त तीनओटै कार्यक्रमको मुख्य उद्देश्य नेपालको अहिलेको कम्युनिस्ट आन्दोलनको विद्यमान अवस्थामा क्रान्तिकारी रूपान्तरण गर्नु नै हुने छ । बताइरहनुपर्ने आवश्यकता छैन कि उक्त कार्यक्रममध्ये महाधिवेशनसम्बन्धी कार्यक्रम पहिले सधैँ झैँ गोप्य रूपले नै सञ्चालन गरिने छन् र महाधिवेशन सम्पन्न भएपछि नै त्यससम्बन्धी समाचार सार्वजनिक गरिने छ ।

    ७. माथिका सबै कार्यक्रमको सञ्चालनका लागि हामीलाई ठुलो मात्रामा आर्थिक आवश्यकता पर्ने छ । त्यसका लागि हाम्रो पार्टीले आर्थिक अभियान सञ्चालन गर्ने पनि निर्णय गरेको छ । त्यो आर्थिक अभियानमा बढीभन्दा बढी सहयोग जुटाउन हामीले पार्टी, वैधानिक मोर्चा, जनवर्गीय सङ्गठनका सबै सदस्य, समर्थक, शुभेच्छुक र आम जनतासमेत सित सहयोगका लागि अपिल गर्दछौँ ।

    ८. अन्तमा, कतिपय व्यावहारिक कारणले हामीले २०८० सालमा पर्ने पार्टीको हीरक जयन्तीलाई भव्य रूपले मनाउन सकेनौँ तैपनि पार्टीको हीरक जयन्तीलाई हामीले वर्षभरि नै मनाउने छौँ र २०८१ को वैशाख १० गतेको समापन कार्यक्रमलाई हामीले भव्य रूपले मनाउने जानकारी गराउँछौँ र त्यसका लागि अहिलेदेखि नै तयारी गरेर गर्दै जाने छौँ ।”

    शनिबार, बैशाख १६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.