• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

प्युठानको विकासका लागि दुर्गा पौडेलद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण


  •   मङ्गलबार, बैशाख १२, २०८० मा प्रकाशित
  • काठमाडौं । राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष एवम् प्रवक्ता दुर्गा पौडेलले प्युठानको विकासका लागि प्रधानमन्त्रीलाई ६ बुँदे ध्यानाकर्षण पत्र बुझाउनुभएको छ ।

    Advertisement

    पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित अर्थमन्त्री डा. प्रकाशशरण महत र पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई भेटेर विभिन्न विषयमा ध्यानाकर्षण गराउनुभएको हो ।

    ध्यानाकर्षण पत्रमा उहाँले पर्यटन र विकास सम्बन्धी माग राखनुभएको राजमो केन्द्रीय कार्यालयले जनाएको छ। ती मागबारे प्रधानमन्त्री र मन्त्रीद्वयले उचित कारबाही गर्ने वचन दिएको सचिव हिमलाल पुरीले जानकारी दिनुभयो ।

    यस्ता छन् ध्यानाकर्षणका बुँदा
    १. नेपालमा पर्यटनको विकासका धेरै सम्भावनाहरु छन् र तिनीहरुको समुचित विकास गरेपछि नै भविष्यमा नेपालको उन्नति सम्भव छ । त्यसका लागि हामीले पर्यटनका परम्परागत क्षेत्रहरुको विकासमा ध्यान दिनका साथै नयाँ क्षेत्रहरुको विकासतिर पनि ध्यान दिनुपर्ने आवश्यकता छ । त्यस सिलसिलामा मैले मुख्यतः निम्नलिखित विषयहरुप्रति तपाईको ध्यान आकर्षित गर्न चाहान्छु :

    २. लुम्बिनी र तिलौराकोट नेपालको प्राचीनबौद्ध सभ्यताका केन्द्रहरु हुन । तिनीहरुको संरचना र विकासका लागि नेपाल सरकार र बौद्ध धर्मावलम्बी राष्ट्रहरु तथा विभिन्नअन्तराष्ट्रिय एजेन्सीहरुबाट पनि धेरै प्रसंशनीयकामहरु भएका छन् । लुम्बिनी र तिलौराकोट बाहेक कपिलवस्तु, रुपन्देही, पश्चिमनवलपरासीमाकरिब सवा सय देखि डेढ सयका बीचमा प्राचीन बौद्ध सभ्यताका अवशेषहरु छन् । तिनीहरु मध्ये कतिपय ठाउँमा उत्खनन र विभिन्न प्रकारले संरक्षणका कामहरु पनि भईरहेका छन् । हाम्रो यो माग छ कि ती ३ वटा जिल्लाहरुमा विद्यमान बौद्धकालिन अवशेषहरुलाई मिलाएर एउटा ‘वृहत्तर बौद्ध पुरातात्विक शहर’ निर्माण गरिनुपर्दछ । त्यो सहरको निर्माणका लागि आवश्यक पर्ने खर्चका लागि कुनै समस्या वा कमी हुने छैन । एकपल्ट त्यो शहरको योजना बनेपछि विभिन्न अन्तराष्ट्रिय एजेन्सी वा बौद्ध धर्मावलम्बी देशहरुको सहयोगबाट समेत त्यो शहरको निर्माणका लागि आर्थिक संकलन वा प्राविधिक सहायता जुटाउने सम्भावना रहनेछ । त्यो पुरातात्विक शहरको निर्माणले नेपालको पर्यटनको विकासमा नयाँ आयाम थप्नेछ । तत्कालका लागि हामीले नेपाल सरकारसित त्यो पुरातात्विक शहरको निर्माणका लागि डी.पी.आर तयार पार्नका लागि बजेट निकासा गर्नको लागि रु २५ करोड बजेटको निकासा गर्नको लागि अनुरोध गर्दछौँ । एकपल्ट त्यो डी.पी.आर तयार पारेपछि हामीले त्यो शहरको निर्माण कार्यलाई अगाडि बढाउन सक्नेछौँ । त्यो डी.पी.आर तयार पार्नका लागि हामीले कुनै उच्च स्तरको राष्ट्रिय वा अन्तराष्ट्रिय तथा त्योे कामको लागि उच्च क्षमता भएको र प्रतिष्ठा कमाएको संस्थालाई नै जिम्मा दिनु उचित हुनेछ । त्यसबारे आवश्यक निर्णय गर्नको लागि हामीले नेपाल सरकारसित नै अनुरोध गर्दछौँ ।

    ३. प्यूठानको अहिलेका झिमरुक र गौमुखी गाउँपालिकाहरु दुबैलाई मिलाएर एउटा पर्यटकीय क्षेत्र बनाउनको लागि हामीले धेरै पहिलेदेखि नै कोसिस गर्दै आएका छौँ । त्यसको लागि सरकारका विभिन्न तहमा हामीले धेरै पहिलेदेखि माग पनि गर्दै आएका छौँ । पहिले म प्यूठानबाट प्रतिनिधि सभाको सदस्य भएको बेलामा मेरो पुर्वाधार विकास कोषबाट रु. ५० लाख तथा झिमरुक र गौमुखी गाउँपालिकाहरुबाट २५÷२५ लाख सहयोग गरी जम्मा रु. १ करोडको बजेट बनाएर त्यो क्षेत्रमा पर्यटनको विकासका लागि डी.पी.आर तयार पार्ने योजना बनाएका थियौँ । त्यो कार्य सुरु पनि भएको थियो । त्यो बेला डी.पी.आरको लागि तयार पारिएको त्यो बजेट एकदम अपर्याप्त थियो । तैपनि हामीले प्रारम्भिक कार्य सुरु गर्ने सोचेका थियौँ । तर त्यही बेला कोरोनाको महामारी सुरु भएकोले त्यो सबै बजेट कोरोनामा लगाउने ठेगान भयो र त्यो कार्य अधुरो भयो । अहिले हामीले सरकारसित त्यो क्षेत्रमा पर्यटनको विकासका लागि डी.पी.आर बनाउन कमसेकम रु. ३ करोडको बजेटको निकासाको लागि अनुरोध गर्दछौँ ।

    ४. त्यो बेलाको झिमरुक गाउँपालिकाले प्यूठान ओखरकोटको झिमरुकको तिरमा रहेको ढाँड भन्ने स्थानमा रक गार्डेनको निर्माणको लागि डी.पी.आर तयार पार्ने निर्णय गरेको थियो र गाउँपालिकाले निकाशा गरेको रु. २० लाखको बजेटमा त्यो डी.पी.आर पनि तयार भइसकेको छ । झिमरुक गाउँपालिका र केन्द्रीय सरकारका कतिपय मन्त्रालयहरुले प्रदान गरेको सहायताका आधारमा त्यहाँ केही निर्माण कार्य पनि सुरु भइसकेको छ । तर त्यसको धेरै काम बाँकी नै छ । त्यो रक गार्डेनलाई नेपाल सरकारको पर्यटन मन्त्रालयले नेपालका सय गन्तव्य स्थानहरुको सूचीमा पनि राखेको थियो । त्यो रक गार्डेनलाई पुरा गर्नको लागि बनेको डी.पी.आर अनुसार रु. २२ करोड जति लाग्ने अनुमान गरिएको छ र त्यो रकममध्ये अत्यन्त कम मात्र त्यहाँ खर्च गरिएको छ । त्यसरी हामीले त्यो रक गार्डेन पूरा गर्नको लागि क्रमागत रुपमा खर्च गर्ने गरी रु. २० करोड बजेट निकाशा गर्नको लागि अनुरोध गर्दछौँ ।

    ५. भारतको सिमामा पर्ने कोइलाबास देखि बाग्दुला, मच्छी, भिमगिठे हुँदै जाने त्रिदेशीयमार्गको कामलामो समय देखि बन्दभएको छ । खास गरेर भारतीय ठेकेदार कालो सूचीमा परेको हुनाले नै ढिलो हुनगएको हो । कतिपय प्राविधिक कारणले त्यो सडकको निर्माणको कार्य अगाडि बढ्न सकेको छैन । त्यो सडक निर्माणको कार्यलाई सिघ्र अगाडि बढाउनको लागि पहलकदमी गर्नका लागि अनुरोध गर्दछौँ ।

    ६. प्यूठानको झिमरुकको ओखरकोटमा पहिलेको झिमरुक गाउँपालिकाको तर्फबाट खेल मैदान बनाउने कार्य सुरु भएको थियो र त्यसका लागि अहिलेसम्म करिब रु. १ करोड ५० लाख जति खर्च पनि भइसकेको छ । त्यो कार्य अझै अधुरो छ । त्यो कार्य पूरा गर्नको लागि कमसेकम रु. २ करोड बजेट निकासा गर्नको लागि अनुरोध गर्दछौँ ।

    मङ्गलबार, बैशाख १२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.