बारा ।बारा जिल्लामा राष्ट्रिय जनमोर्चाको एक महिनेसंगठनात्मक अभियानको उद्घाटन जितपुर–सिमरा उप महानगरपालिबाट भएको छ । उप महानगरपालिका वडा नं १४ को जनकल्याण मञ्चको हलमा राजमो केन्द्रीय सचिव तथा प्रदेश नम्बर २ का इन्चार्ज हिमलाल पुरीले सदस्यता पत्र वितरण गरेर अभियानको उद्घाटन गर्नुभएको छ । उद्घाटन मन्तव्यमा पुरीले राष्ट्रियता,गणतन्त्र रधर्म निरपेक्षताको रक्षा गर्न तथा संघीयताको खारेज गर्नु अहिलेको राष्ट्रिय आवश्यकता भएको बताउनु भयो ।
उहाँले भन्नुभयो ‘भ्रष्टाचार, मंहगी,करवृद्वि र राष्ट्रिय हितको सौदावाजी गरेर देशमा उत्पीडनको स्थिती छ । यो स्थितीको अन्त गर्न संघर्ष गर्न आवश्यक छ । त्यसको लागि राष्ट्रिय जनमोर्चाको संगठन विस्तार सशक्त बनाउनु पर्छ ।’त्यक्रममा उहाँले राष्ट्रिय जनमोर्चा सहि,स्वच्छ र इमान्दार पार्टी भएको बताउँदै यसले मात्र जनताको सेवा,हित र अस्तित्वका लागि काम गर्ने बताउनु भयो ।
कार्यक्रमको अध्यक्षता राजमो बाराका अध्यक्ष तथा केन्द्रीय सदस्य कर्ण थापा,स्वागत मन्तब्य राजमो बाराका सचिव जिवन भट्टराई र सञ्चालन उपाध्यक्ष बालकृष्ण आर्चायले गर्नु भएको थियो । बारा जिल्लामा पालिका तथा गाँउर, टोलस्तरसम्म संगठनात्मक योजना बनेको र अभियानलाई कार्यान्वयन गर्न विभिन्न टोली समेत बनेका छन् ।
उदु्घाटन कार्याक्रममा राष्ट्रिय जनमोर्चामा लामो समयसम्म काम गरेर र योगदान पुर्याएका बृद्व व्यक्तिहरु लिल बहादुर थापा,पवित्रादेवी पौडेल र गौरी थापालाई दोसल्ला ओढाएर प्रमुख अतिथी हिमलाल पुरीले सम्मान गर्नु भएको थियो ।
सोही समारोहमा अन्य पार्टी परित्याग गरी राष्ट्रिय जनमोर्चामा प्रवेश गर्ने देव बहादुर लामा र देवी प्रसाद सापकोटालाई अविर र खादा ओढाएर स्वागत सहित प्रमुख अतिथीले सदस्यता दिनुभएको थियो ।
त्यस्तै, राजमो २ नम्बर प्रदेश समितिका कोषाध्यक्ष शेरबहादुर कार्की,नेकपा (मसाल) बाराका प्रवक्ता रमेश भट्टराई,राजमो बाराका नेता धर्मानन्द सुवेदी,अखिल नेपाल महिला संघका हेमा केसी,तराई मधेश जनवादी मोर्चाका केन्द्रीय सदस्य तथा उपाध्यक्ष दिपक चोधरी,रक्तिम साँस्कृतिक अभियानका भोला चौधरी,राजमो नगर समितिका सदस्य बुिद्व पौडेलले समेत सम्बोधन गर्नुभएको थियो ।