दैलेख । राष्ट्रिय जनमोर्चा दैलेखले एक महिने संगठन बिस्तार अभियानको थालनी चामुण्डा बिन्द्राशैनी नगरपालिकाको मुख्यालय जम्बुकाँधबाट शुभारम्भ गरेको छ।
उक्त कार्यक्रको उद्घाटन गर्दै राजमो कर्णाली प्रदेशका अध्यक्ष भरतबहादुर शाहीले सत्ता पक्ष र प्रतिपक्षबाट यो देशको राष्ट्रियता, सार्वभौमिकता र स्वाधिनताको रक्षा हुन नसक्ने भन्दै राष्ट्रिय जनमोर्चामा आबद्ध भएर देश जोगाउने एतिहासिक कार्यमा जुट्न अपिल गर्नु भयो ।
‘स्थानीय तहबाट केन्द्रीय तहसम्म देखिएको भ्रष्ट्राचारले प्रष्ट पारि सक्यो कि सरकारको सुखि नेपाली समृद्ध नेपाल’को नारा गर्भमै तुइसक्यो’ उहाँले भन्नुभयो ।
राजमो जिल्ला अध्यक्ष अम्बर बहादुर नेपालीले कोण सभालाई सम्बोधन गर्दै देशको सुशासन समृद्धि, स्वाधिनता र स्वाभिमान जनता बनाउन बाहेक अरू कुनै स्वार्थ राष्ट्रिय जनमोर्चासँग नरहेको प्रष्ट पार्दै देशभक्त जनताहरू राष्ट्रिय जनमोर्चामा गोलबन्द हुन आह्वान गर्नु भयो । कोणसभालाइ भगिराम न्यौपानेले सञ्चालन गर्नुभएको थियो ।