दमौली । अखिल नेपाल युवक संघले ‘समृद्धिको बाधक भ्रष्टाचार अन्त्य गरौं, राष्ट्रघाती नागरिकता विधेक खारेज गरौं’ भन्ने नाराका साथ तनहुँमा खबरदारी सभा गरेको छ । युवक संघले हालै सम्पन्न गरेको मेची महाकाली अभियानलाई निरन्तरता दिँदै तनहुँमा भ्रष्टाचार र नागरिकता संशोधन विधेयक विरुद्ध खबरदारी गरिएको हो ।
बिहीबार दमौलीको असनचोकमा भएको सभामा युवक संघका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश अध्यक्ष विक्रम थापाले समृद्विको बाधक भ्रष्टाचार रहेको भन्दै सरकार नै भ्रष्टाचारमा डुबेको आरोप लगाउनुभयो । उहाँले ललिता निवास बालुवाटारको घटनाले सरकार एक पछि अर्को रुपमा भ्रष्टाचारमा फसेको स्पष्ट भएको बताउनुभयो ।
सभामा राष्ट्रिय जनमोर्चा तनहुँका सचिव कुमार श्रेष्ठ, नेकपा (मसाल)का जिल्ला प्रवक्ता भरत केसी, युवक संघका जिल्ला अध्यक्ष नरबहादुर विकले पनि सम्बोधन गर्नुभएको थियो ।