बर्दिया । राष्ट्रिय जनमोर्चा बर्दियाले फागुन महिनाभर सञ्चालन गर्ने संगठनात्मक अभियानको रुट सार्वजनिक गरेको छ । हालै सम्पन्न जिल्ला भेलाले एक महिने संगठनात्मक अभियानलाई सफलतापूर्वक सम्पन्न गर्न विभिन्न निर्णय समेत गरेको छ ।
फागुन २ गते बर्दियाको गेरुवा गाँउपालिकामा उद्घाटन हुने अभियानको समापन चैत्र १ गते बाँगढीमा हुने छ । अभियानले जिल्लाका सबै तहहरुमा संगठन विस्तार, भेला, सदस्यता वितरण, आर्थिक संकलनलगायतका कार्यलाई महत्व दिने भएको छ ।
भेलाले तय गरेको अभियानको रुट यस्तो छः फागुन १ गते देखि ८ गतेसम्म गेरुवा, राजापुर र १० देखी १५ गतेसम्म ठाकुरबाबा, मधुवनमा कार्यक्रम । रतन सिंह रावतको नेतृत्व । १७ देखी २० गतेसम्म गुलरिया, बढैयाताल, २२ देखी २६ गतेसम्म बाह्रबर्दिया र २७ देखी २९ गतेसम्म बाँसगढी लोक बहादुर रानामगारको नेतृत्वमा कायक्रम हुनेछ ।
त्यस्तै, संगठनात्मक अभियानलाई व्यवस्थित र प्रभावकारी रुपमा सफल बनाउन विभिन्न गाउँ तथा नगर र जिल्लामा सम्पर्क कार्यालय स्थापना गरिनेछ। सम्पर्क कार्यालयमा जिम्मेवारीसमेत बाँडफाँट गरिएको छ । गुलरियस्थिा जिल्ला सम्पर्क कार्यालयमा युवराज ढकाल र सुमन सुवेदी, बाँसगढी नगर सम्पर्क कार्यालयमा तोयनाथ अधिकारी, बाह्रबर्दियामा नुयलाल रेग्मी, राजापुरमा रतनसिंह रावत र बढैयातालको सम्पर्क कार्यालयमा लक्ष्मीराज उपाध्याय रहनुभएको छ ।
राजमोका कार्यबहाक अध्यक्ष युवराज ढकालको अध्यक्षता, पूर्व केन्द्रीय सदस्य वासुदेव पोख्रेल र अखिल नेपाल किसान महासंघका महासचिव तुलसीराम सापकोटाको बिषेश उपस्थितिमा भेला सम्पन्न भएको हो ।