• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

संसदमा चित्रबहादुर केसी : न्यायपालिकादेखि क्याबिनेटसम्म सेटिङमा चलेका छन् (भिडिओ)


  •   मङ्गलबार, पुष २६, २०७९ मा प्रकाशित
  • यो संसदबाट कसैले पनि देशमा भ्रष्टाचार गर्नु पर्छ, देशको राष्ट्रियता, सार्वभौमिकता, अखण्डताको सौदाबाजी गर्नु पर्छ, त्यसो गरेर सरकारमा जानु पर्छ, कालाबजारीयाहरुलाई संरक्षण गर्नुपर्छ भनेर यो रोस्टमबाट कसैले पनि भनेको मैले सुनेको छैन ।

    Advertisement

    म यसपटक गरेर ४ पटक यो संसदमा आएको छु । जसले पनि मिठा कुरा गरे । चिफ्ला कुरा गरे । यो सदाबहार कुरा हो । यो कुरा जनताले सुनिरहेका छन् । त्यसकारण अहिले पनि मुलुकको अर्थतन्त्र डामाडोल भएको कुरा सबैलाई थाहा छ ।

    यो संघीय लोकतान्त्रिक व्यवस्था आएपछि नेपाल स्विट्जल्याड हुन्छ भन्ने कुरा संविधान बनाउँदा धेरैले पानी खाँदै वकालत गर्दै गरेको मैले सुनेको थिएँ । भयो त त्यस्तो ? देशमा उद्योग कलकारखान खोल्नु नपर्ने, भएका कलकारखाना निजीकरण गर्ने, व्यक्तिलाई दिने । यो संघीय प्रणाली अन्तरगत खोलेको कारखाना के हो भने मन्त्री बन्न, सांसद बन्न । देशमा मन्त्रीको संख्या बढी भयो भने सांसदको संख्या बढि भयो भने त्यो देशको अर्थतन्त्रले धान्छ ?

    कुन चाहिँ प्रधानमन्त्रीले, कुन अर्थमन्त्रीले देशमा भ्रष्टाचार गर्न हुन्छ त्यसलाई बढाउनु पर्छ भनेर कसले भनेको छ ? तर अहिलेसम्म वास्तवमा व्यवहारमा के छ ? अहिले पनि देश वेवारिसे छ । हामी विशुद्व सत्तामा कसरी जाने ? जुन सुकै मूल्य चुकाएर भए पनि, सिद्वान्त,आर्दश, नीतिले कामै गर्दैन ।

    अझ चुवान त लडी नसक्नु, छोइ नसक्नु भैसक्यो । हामीले हेर्दा हेर्दै अनुभव गर्ने भइयो । म त यस पटक भन्दा पहिले ३ पटक भाग लिएको थिएँ चुनावमा । तर, यस पटकको जस्तो अनुभव गरेको थिइन अहिले सम्म । यो कसको करणले भयो यस्तो ? यो अरु कसैले थोपार दिएको हो ? त्यसकारणले अहिले पनि राजनीतिक पार्टीहरु प्रति हामी नेताहरुप्रति, सांसदहरुप्रति जनताको आस्था छैन । यो दुःखका साथ भन्नु पर्छ हामीले । हामीले यही चरित्र कायम गर्ने हो भने आफ्ना पार्टीका नेता कार्यकर्ताहरुलाई यही संस्कारमा राख्ने हो भने हामीले देश जोगाउन सक्दैनौँ ।

    संघीयता त जोगाउनै सक्दैनौँ । यहाँ एकथरिकाले संघीयताका कारणले आफ्ना धेरै नेता कार्यकर्ताहरुलाई सांसद मन्त्री बनाउन पाएको हुनाले दिल खुसी त होला तर त्यसको मारबाट पिल्सिएका जनतासँग गएर सोध्नुस् न । अहिले म २ महिना जनतासँग गएँ, प्रायजसो जनताले तिमि संघीयतासँग बिमति राख्ने भएको हुनाले यति खारेज गर्दिन्छौ की भनेर भोट दिन्छौँ भने ।

    हामीले संसद कस्तो गरायौं ? अघि यहाँ कैयौंले भन्नु भयो– ‘संसद भत्काउन पाउने अधिकार त प्रधानमन्त्रीको हो’, त्यस्तो हो ? अहिले भत्काउनु पर्ने थियो संसद ? ७४ को संसद भत्काउनको लागि वामगठमन्धन भएको हो ? फेरि गठबन्धन भैसकेपछि प्रतिगमनले हार खाएको छैन हामीले मिलेर जानुर्पछ भन्दै ९ गते ८ बजेसम्म पानी खाँदै छलफल गरेकै हौँ, म त्यहीँ छु । १० बजे त गठबन्धन कता गयो कता ? भत्कियो । ल हेर्नुस् ।

    जुनसुकै मूल्य चुकाएर भए पनि सत्तामा जानुपर्छ, सरकारमा जानुपर्छ, चुनावमा खर्च गरियो, पैसा उठाउनु पर्छ, भने पछि हामीले यो सन्देश राम्रो दियौँ जनतालाई ? त्यो गठबन्धनको इमानजमान होइन ? नैतिकता हुँदैन ? जुन राजनैतिक पार्टी सत्ताबाहेक अरु कुरा हुँदैन भन्ने हाम्रो संस्कृति छ त्यो जाहे जो सुकैको नाम होस् । यो व्यवहारबाट जनता खुसी छैनन् ।

    अहिले पनि हरेक कुरा सेटिङबाट हुन्छ । न्यायपालिकाको हविगत के छ अहिले ? न्यायपालिका सेटिङबाट भयो । निर्वाचन आयोगमा सेटिङबाट हुन्छ । क्याबिनेटमा सेटिङबाट हुन्छ । अनि जनताले सुख पाउँछन् ? राष्ट्रको विकास हुन्छ ?

    प्रत्येकको घर घरमा गएर सोध्नुस् । अधिकांश मान्छे विदेश गैरहेका छन् । यहाँका जनतालाई यो देशबाट केही हुन्छ भन्ने आशै छैन । एरपोर्टमा जानुस् त त्यहाँ कति ठूलो संख्यामा मान्छे विदेश गैरहेका छन् । यही हो हामीले उद्योग खोलेको ? संघीयता खोलेको ? दिनको सयौँ जना विदेश गैरहेका छन् । नेपालमा प्रवृत्ति के भएको छ भने घुस खानु नैतिक अधिकार भएको छ ।

    गणतन्त्र हामीलाई कसैले फोकटमा दिएको होइन । लामो संघर्षपछि स्थापना गरेको गणतन्त्र हो । यो गणतन्त्र ध्वस्त हुन्छ भने गणतन्त्रका लागि लडेकै मान्छेहरुबाट हुन्छ । गणतन्त्र विरोधी भन्दा गणतन्त्रको पक्षमा लडेका नेता, व्यक्तिहरुबाटै सत्ता स्वार्थको लागि गणतन्त्र खतरामा परेको छ । हामी शक्ति राष्ट्रको एजेन्डा बन्नलाई हो र चुनिएर आएको ? त्यही भनेर जनताले पठाएका हुन् ? आज देशमा आर्थिक समस्या, राजनीतिक समस्या कति छन् हामी त्यता जानुपर्छ । के गरेर सत्तामा जानु जाने र आफ्नो दुनो सोझिन्छ भन्ने प्रवृति प्रति हामी गम्भीर होऔँ । होइन भने मुलुक अझ अप्ठ्यारो स्थितिमा पुग्छ ।

    (राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले २०७९ पुस २५ गते संसदमा गर्नुभएको सम्बोधनको सम्पादित अंश ।)

    मङ्गलबार, पुष २६, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली राजनीति र नियति
    धर्मप्रति मजदुरको धारणा
    राष्ट्रिय सार्वभौमिकतासामु अमेरिकी हस्तक्षेप बढ्दो
    दाङबाङ : पहिचान, भूगोल र सम्भावना
    रसुवाबाढीसम्बन्धी २९ तथ्यको निष्कर्ष : ‘ग्लोबल वार्मिङ’ नियन्त्रण गरौँ
    हरेक चुनौतीको सामना गर्दै निरन्तर अगाडि बढ्नेछौँ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.