शंकरप्रसाद पोखरेल, प्युठान ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं) को जिल्ला भेला सम्पन्न छ। भेलाले चोपलाल विकको अध्यक्षतामा २१ सदस्यीय जिल्ला समिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा रमेश विक, सचिव केशव बुढाथोकी सहसचिव प्रमिसा खड्का र कोषाध्यक्षमा जगत विक चयन हुनुभएको छ । यस्तै, सदस्यहरुमा प्रकाश जैसी, अपेक्षा गिरि, सुवास विक, प्रकाश सुनार, त्रिविक्रम कुवर, संजय गिरि, गिरिराज रोका, पुजन गुरुङ, गुप्त बहादुर रसाइली, लक्ष्मण पुन, गिता बिसि र सुनिता भण्डारी चयन हुनुभएको छ ।
यसैगरी वैकल्पिक सदस्यहरुमा सुलोचना केसी, प्रशान्त जिएम, धिर्कन पपुलर रसाइली र सरिता आचार्य चयन हुनुभएको छ । भेलाले ३ सदस्यीय सल्लाहकार समेत निर्वाचित गरेको छ, सल्लाहकारहरुमा सरोज न्यौपाने, बेगम घर्ती र आलोक जिसी रहनुभएको छ ।
भेलामा राष्ट्रिय जनमोर्चा ५ नम्बर प्रदेश अध्यक्ष बोम बहादुर खत्रीको प्रमुख आतिथ्यता रहेको थियो भने अखिल (छैठौं) का केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज प्रकाश जिसी विशिष्ट अतिथि रहनुभएको थियो । कार्यक्रममा राजमो जिल्ला सचिव विदुर मल्ल, अन्तर्राष्ट्रिय नेपाली एकता समाजका पूर्व केन्द्रीय सदस्य शंकर प्रसाद पोख्रेलको समेत आतिथ्यता रहेको थियो । भेलाको अध्यक्षता चोपलाल विक, सञ्चालन सरोज न्यौपाने र स्वागत जगत विकले गर्नुभएको थियो ।
अखिल (छैठौं) ले आगामी चैत १ देखि ५ गतेसम्म संघीयता विरुद्ध काठमाडौं केन्द्रित आन्दोलन गर्ने तयारी गरिरहेको छ । सोही सन्दर्भमा प्युठानमा अठारौं जिल्ला सम्मेलन पछिको प्रथम तथा संघीयता विरुद्ध काठमाडौं मार्चको तयारी भेला सम्पन्न भएको हो ।