• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

समुद्रपारि फूल फुलाउनेहरूको यथार्थपरक गीत “म जन्मेको गाउँमा”


  •   शुक्रबार, पुष ०१, २०७९ मा प्रकाशित
  • गिरीप्रसाद बुढा ##
    नेपालको जनवादी गीतसङ्गीतको क्षेत्रमा परदेशी नेपालीका कथा व्यथालाई प्रतिबिम्बित गरेर थुप्रै गीत सिर्जना गरिएका छन् । यसरी नेपालको गीतसङ्गीत तथा साहित्यमा परदेशी नेपालीको कथाव्यथा अधिकतम प्रतिबिम्बित हुनु स्वाभाविक कुरा हो किनभने नेपाल अर्धसामन्ती र अर्धऔपनिवेशिक शोषणको जाँतोमुनि युगौदेखि पिसिँदै आएको छ । यही अर्धसामन्ती र अर्धऔपनिवेशिक उत्पीडनका कारण नेपाली समाज गरिबीको रेखाबाट माथि उठ्न सकिरहेको छैन । यही गरिबी र बेरोजगारीका कारण युवादेखि अधबैँसे उमेरसम्मका गरिब नेपाली जीवन जिउन वा आफ्नो घरव्यवहार चलाउन कोही विदेशी सेनामा भर्ती भएर लाहुरेको रूपमा त, कोही श्रमिकको रूपमा आफ्नो प्यारो जन्म भूमि तथा घरपरिवार छाडेर परदेसिनुपरेको छ ।

    Advertisement

    यसरी आफ्नो रगत र पसिना विदेशी भूमिमा बगाउँदै, घरपरिवारलाई रुवाउँदै र आफू पनि आँसु झार्दै विदेसिएकामध्य कैयौँले बाँचेर केही सानो भए पनि घरमा खुसी भित्राउन सफल भएका हुन्छन् भने कैयौँ त आफ्नो घरमा पीडामाथि झन् पीडा थप्ने गरी उतै मृत्युवरण गर्ने र काठको बाकसमा फर्कनुपर्ने निकै नै हृदयविदारक परिस्थिति निर्माण हुने गरेको छ । यसरी बाध्यता बोकेर बिदेसिने नेपालीको पीडादायी नेपाली समाजको चित्र हाम्रो कलासाहित्यमा प्रतिबिम्बित हुनु स्वाभाविक छ । यस प्रकार परदेसिने नेपाली समाजको अवस्थालाई प्रतिबिम्बित गर्ने सवालमा आफू स्वयम् परदेशी बनेर आफ्नै प्रत्यक्ष जीवन भोगाइको आधारमा परदेशी परिवेशलाई जुन स्रष्टाले चित्रित गर्ने गरेका छन्, त्यही सिर्जना बढी यथार्थ हुने गर्दछ । त्यही सिर्जनाले अझ बढी सच्चाइ बोकेको हुन्छ । यस्तै आफू स्वयम् लामो समयसम्म परदेशी बन्न विवश स्रष्टाको यथार्थ जीवानुभूतिको आधारमा सिर्जना गरिएको एउटा उदाहरणीय प्रगशील तथा जनवादी गीत हो “म जन्मेर हुर्केको ठाउँमा” ।

    यो गीतमा राष्ट्रप्रेमको भावनालाई अत्यन्तै उच्च भावका साथ प्रस्तुत गरिएको छ । गरिबीको कारण ऋण लागेपछि आमाबाबुलाई छाडेर बिदेसिन बाध्य भएको कुनै बेरोजगारी छोराको कारुणिक तस्बिर यस गीतमा चित्रित गरिएको छ । त्यो व्यक्तिलाई घर छाडेर बिदेसिन कत्ति पनि मन हुँदैन तैपनि जिन्दगी चलाउन गार्‍हो भएपछि उसलाई बिदेसिने बाध्यता आइपर्दछ । छोरा बिदेसिँदै गर्दा आमाबाबालाई मन थाम्न गार्‍हो हुन्छ र उनिहरू धर्केर रुन थाल्छन् । यसरी आँसु बगाउँदै गरेका आमाबाबालाई उसले कैयौँ चोटी फर्केर हेर्दै ऊ बिदेसिन्छ ।

    विदेशमा सोचे जस्तो सहज कहाँ हुन्छ र ? अर्काको देशमा कति अपमान र दु:खकष्ट सहनुपर्दछ भन्ने कुरा भनिसाध्य हुँदैन । मान्छेहरूले सोच्ने गर्दछन् कि विदेशमा त पैसाको खानी हुन्छ । हरेक रुखमा पैसा नै पैसा फल्छ भन्ने सोच्छन् तर दुई पैसा कमाउनका लागि विदेशको भूमिमा कति सङ्घर्ष गर्नुपर्दछ भन्ने कुरा विदेशमा पुगेपछि मात्र बल्ल थाहा हुन्छ । मरिन्छ या बाचिन्छ ? कुन बेला के हुने हो ? कुनै ठेगान नहुने बिदेसको वास्तविक कहानी कति भयानक छ ? परदेशको यस्तो कहानी सुनाउनलाई कम्ता मुस्किल छैन तैपनि आफ्नो घरको त्यो प्यारो खेतबारी बाझो राखेरै भए पनि समुद्रपारिको त्यो बिरानो ठाउँमा पुगेर फूल फुलाउने सपना बोक्नु परदेशी नेपालीको विवशता हो ।

    यसरी त्यो परदेसिएका छोराको खासै ठुलो महत्वाकाङ्क्षा केही पनि हुँदैन । केवल घरको ऋणसम्म तिर्ने कमाइ भए मात्रै पनि आफ्नो जन्मभूमि फर्कने ढोका खुल्न सक्ने मर्मस्पर्शी भावले गीत सुन्दै गर्दा जो कसैको मनलाई चसक्क छुन पुग्दछ । यसरी आफ्नो घरपरिवार छाडेर वर्षांैको लामो समय निरस जीवन परदेशी भूमिमा बिताउनुपरेता पनि आफ्नो जन्मभूमिको सम्झना गर्नु, डाँडैमा चल्ने चिसो हावा, बरपिपलको रुख आदिको निरन्तर याद आइरहनु जस्ता कुराले गीतमा मातृभूमिप्रतिको आस्था र प्रकृतिप्रेमलाई आकर्षक ढङ्गले प्रस्तुत गरिएको छ । युगौँदेखि गरिबी र शोषणको जाँतोमा पिल्सिएको अर्धसामन्ती र अर्धऔपनिनिवशिक अवस्थाबाट गुज्रिरहेको यो देशको अवस्था अझै फेरिएको छैन ।

    यसरी नफेरिएको देशको अवस्था कहिले फेरिने होला भन्ने देशप्रतिको चिन्ता र पिरले परदेशी नेपालीको हृदय सधैँ दुख्ने गरेको कुराको प्रस्तुतिले गीतको सैद्धान्तिक ओज झन् बढेर गएको छ । प्राकृतिक स्रोत साधनले सम्पन्न हुँदा हुँदै पनि हाम्रो देश परनिर्भर छ । हामी नेपाली परनिर्भर छौँ । देशको राजनीति विदेशी शक्तिकेन्द्रको खेलौना जस्तै बनेको छ । यी कारणले गर्दा हामी झन् पछि परिरहेका छौँ । हाम्रो स्वाभिमान दिन–प्रतिदिन गिर्दै गइरहेको छ । यसैले हाम्रो यो अवस्थालाई बदल्नुपर्दछ भन्ने विचार पक्षलाई बलियो बनाउने कुरामा यो गीत सफल देखिन्छ । हाम्रो देश र हामी नेपाली अर्काको भरमा बाच्नुहुँदैन । यो देश कुनै विदेशीको अनुदान र ऋणमा चल्नुहुँदैन । हामीले इच्छा राख्ने हो भने, हामीले प्रयास गर्ने हो भने यो माटोमा नफल्ने के छ र ? यो देशको विकास र समृद्धिका लागि यै माटोमा जति पनि आधार रहेका छन् भन्ने यथार्थपरक सन्देश सम्प्रेषण गर्दै बिट मारिएको यो गीतको पूर्ण पाठ यस प्रकार रहेको छ :

    म जन्मेर हुर्केको गाउँमा, ऋण तिरेर फर्किन्छु त्यै ठाउँमा
    छ कि छैन डाडैको बर, चिसो हावा चलेको सरर

    बाबा आमा रुँदैथे धर्केर, कति हेरे पछाडि फर्केर
    मन थिएन घर छोडेर आउन, गार्‍हो भयो जिन्दगी चलाउन

    काँ होला र पैसाको खानी, के सुनाऊँ खै विदेशको कहानी
    फूल फुलाउँछु समुद्रपारि, बाझो राखी त्यो घरको खेतबारी

    लागिरहन्छ मनमा पीर कहिले देशको फेरिन्छ तस्बिर
    नपरौँ भो अर्काको भर यै माटोमा नफल्ने के छ र ?

    संरचनागत रूपमा हेर्दा माथि उल्लेखित गीतमा मूल स्थायी भाव नदेखिए पनि यसमा चार अन्तरा रहेको छ । यसले विशेषत: लोकगीतको संरचनालाई पछ्याएको छ । त्यसैले यो गीत सरल, सुबोध र कर्णप्रिय छ ।

    यो गीतलाई नेपाली समाजमा प्रचलित पञ्चेबाजाको तालमा सङ्गीतबद्ध गरिएको छ । पञ्चेबाजा नेपाली समाजमा मात्र होइन, भारतको सिक्किम तथा दार्जलिङसम्म पनि बजाइने एक लोकप्रिय बाजा हो । यो एक मौलिक संस्कृतिको धरोहर पनि हो । यो पञ्चेबाजाको तालमा नेपालका श्रमजीवी तथा परदेशी नेपालीको यथार्थबोध गराउने गरी सिर्जना गरिएको यो गीतको आफ्नै मौलिक विशेषता रहेको छ । यो परदेशी तथा श्रमजीवी मजदुर चेतबाट प्रेरित एक प्रगतिशील तथा जनवादी गीत हो ।

    यो गीतका स्रष्टाद्वय लीला परियार र नवीन बस्याल दुबै जना चाहे नेपालमा रहँदा होस या परदेशमा रहँदा, रक्तिम सांस्कृतिक अभियानप्रति अगाध आस्था र विश्वास राख्ने, अनि रक्तिमप्रति चिन्ता, चासो र माया दर्साउने प्रतिबद्ध स्रष्टा कलाकार हुन् । उहाँहरूले अरू पनि थुप्रै जनवादी गीतसङ्गीत लेख्दै र गाउदै आउँनु भएको छ र जनमाझमा पस्कदै आउनुभएको छ । ती गीतमध्य यो पञ्चेबाजामा आधारित गीत “म जन्मेर हुर्केको गाउँमा” बोलको गीतले पनि त्यतिकै स्रोताको मन तान्न सफल बनोस भन्ने शुभेच्छा प्रकट गर्न चाहन्छु ।

    यो गीतको शब्दरचना लीला परियार र नवीन बस्यालले गर्नुभएको छ भने यसको सङ्गीत नवीन बस्यालले गर्नुभएको छ । यस गीतमा महिला स्वर शारदा रसाइलीले दिनुभएको छ । त्यसैगरी यो गीतको सङ्गीत एरेन्ज नारान दङ्गालले गर्नुभएको छ । पञ्चेबाजामा आधारित यो गीत स्रष्टा नवीन बस्यालको युट्युब च्यानलमार्फत सजिलै सुन्न सकिन्छ ।
    यति राम्रो चेतनामूलक जनवादी तथा प्रगतिशील गीतको सिर्जना कर्ममा भूमिका निर्वाह गर्ने सबैलाई हार्दिक बधाई तथा शुभकामना

    शुक्रबार, पुष ०१, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.