• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

जनवादी गीतसङ्गीतको क्षेत्रमा फक्रेको एक सुन्दर पुष्प “हामी एक बनौं !”


  •   शुक्रबार, मङि्सर २३, २०७९ मा प्रकाशित
  • गिरीप्रसाद बुढा ##

    Advertisement

    हालै थुमराज ढुङ्गानाको युट्युब च्यानलबाट “हामी एक बनौँ” बोलको जनवादी गीत सार्वजनिक भएको छ । यो गीत सुन्दा वा अध्ययन गर्दा नेपालको कम्युनिस्ट आन्दोलनले झेल्दै आएको परिघटनासँग यो गीतको साइनो जोडिएको पाउन सक्दछौँ । त्यसैले नेपालको कम्युनिस्ट आन्दोलनको आलोकसँग जोडेर यो गीतको वैचारिक तथा सैद्धान्तिक पक्षको विवेचना गर्नुपर्दछ ।

    नेपालको कम्युनिस्ट आन्दोलनको बाटो अत्यन्तै कष्ट र पीडाको बिचबाट अगाडि बढिरहेको छ, तैपनि सर्वहारा वर्गको मुक्तिको एक मात्र आधार कम्युनिस्ट आन्दोलन नै हो । नेपालका निम्नमध्यम वर्ग, गरिब किसान, सर्वहारा सुकुम्बासी र श्रमजीवी मजदुर, उत्पीडित जात जाति, क्षेत्र लिङ्ग, हलिया, भरिया सबै उत्पीडित वर्गको हक–अधिकारका लागि मार्गनिर्देशक शक्ति भनेको कम्युनिस्ट आन्दोलन नै हो । यसको अरू कुनै विकल्प छैन ।

    यो देशको माटोको रक्षार्थ वास्तविक देशभक्तिहरूको तागत निर्माण गर्ने शिक्षालय भनेको कम्युनिस्ट आन्दोलन नै हो तर विश्व पुँजीवादको प्रभावले वर्तमान नेपाली कम्युनिस्ट आन्दोलनलाई कमजोर र रक्षात्मक अवस्थामा चल्नुपर्ने परिस्थिति सिर्जना गरिदिएको छ । हिजोआज हाम्रो समाजमा प्रशस्त धनसम्पत्ति आर्जन गरेर ऐसआरामको जिन्दगीयापन गर्नका लागि अलौकिक सपना बोक्ने, प्रशस्त मानमर्यादा र प्रतिष्ठाको भोक मान्ने, धनी हुन खोज्ने जस्ता निम्न पुँजीवादी चिन्तन प्रवृत्ति बेस्सरी बढेर गएको छ । “हरेक काम नाफाका लागि” भन्ने पुँजीवादी शिक्षा बोकेर विश्वको पुँजीवाद टिलिभिजनमार्फत मानिसका घरका कोठा कोठा पुगिसकेको छ । मोबाइलमार्फत प्रत्येक मान्छेका हात हातमा पुगिसकेको छ । यो पुँजीवाद कतै संस्कृति बोकेर, कतै धर्म बोकेर, कतै हतियार बोकेर, कतै डलर बोकेर, कतै व्यापारका वस्तुहरू लिएर अनेक रूप र रङमा हाम्रो वरिपरि घुमिरहेको छ । विश्व पुँजीवादको यो बहुरङ्गी आकर्षणको प्रभावले हाम्रो समाजको निम्न पुँजीवादी चिन्तनलाई झन मलजल गरिरहेको छ । यसको प्रत्यक्ष असर हाम्रो कम्युनिस्ट आन्दोलनमा निरन्तर पर्दै गइरहेको छ ।

    पैसाबिना बाँच्न पनि नसकिने पुँजीवादको यो डरलाग्दो युगमा कम्युनिस्ट आन्दोलनको रक्षा गरेर अगाडि बढ्ने कुरा ठुलो चुनौतीको विषय बनेर गएको छ तैपनि देशका लागि, जनताका लागि, पुँजीवादको शोषणबाट सर्वहारा वर्गलाई मुक्त बनाउनका निम्ति, क्रान्ति त्यसै बाँकी छ । यो बाँकी रहेको क्रान्तिको अभिभारा पूरा गर्न हामी सबै एक हुनुपर्दछ । हामी क्रान्तिकारीहरू, शोषित–उत्पीडित मानिस, सबै देशभक्त शक्तिहरू एकजुट भएर अगाडि नबढेसम्म क्रान्तिको अभिभारा पूरा हुन सक्दैन । त्यसैले हामी एक हुनुको अर्काे विकल्प छैन । यही एकताको सन्देशसहित “हामी एक बनौँ” शीर्षकको जनवादी गीत हाम्राबिचमा आइपुगेको छ ।

    यो गीतको वैचारिक तथा सैद्धान्तिक पक्ष निकै सशक्त रहेको छ । हामीले देख्दै आएका छौँ कि अवसरवाद नेपालको कम्युनिस्ट आन्दोलनमा एक महारोग जस्तै बनेको छ । यसै अवसरवादी चिन्तन प्रवृत्तिको कारण कैयौँ वर्षसम्म पाटीभित्र समर्पित भएर योगदान दिएका मान्छेहरूसमेत यो पार्टीबाट केही पाउन सकिएन । यो पार्टीले केही गरेन भन्दै अन्तत: पार्टीलाई सराप्दै भाग्ने गरिरहेका छन् । क्रान्तिको नियमलाई बुझ्दाबुझ्दै, परिवर्तनको गतिलाई देख्दादेख्दै पनि अवसरवादीहरू वनावटी कुरा गर्दै पार्टीलाई क्षति पुर्‍याउँदै आएको घटना कम्युनिस्ट आन्दोलनमा बारम्बार दोहोरिँदै आइरहेको छ । यति मात्रै होइन अवसरवादीले आफू बसेको घरमा नै आगो लगाउने प्रयत्न गर्दै आएका छन् । कम्युनिस्ट आन्दोलन वा पार्टीको मुहान नै सुकाउन खोजेका छन् । यसरी कैयौँपटक अवसरवादी तत्त्वले कम्युनिस्ट आन्दोलनलाई फुटाल्दा वा उनीहरू कम्युनिस्ट आन्दोलनबाट पलायन वा विचलन हुँदा वा कम्युनिस्ट आन्दोलनलाई नै समाप्त गर्न खोज्दा यसको प्रभाव कैयौँ इमान्दार कार्यकर्तामा पर्न गइरहेको छ । अवसरवादीको यो भ्रम च्यात्न नसक्दा कैयौँ इमान्दार कार्यकर्तामा निराशा छाउने गरेको छ ।

    यसै निराशाको कालो छायाले कैयौँ इमान्दार कार्यकर्ताहरूले समेत बिचैमा बाटो बिराउने र कम्युनिस्ट आन्दोलनको युगिन यात्रामा टिक्न नसक्ने अवस्था सिर्जना हुँदै गइरहेको छ । कम्युनिस्ट आन्दोलनभित्रको यो यथार्थलाई उजागर गर्दै गीतमा भनिएको छ : “अवसरवादीहरू भाग्लान्; केही साथी थाक्लान् तर हामी सबै एक बनौँ !” गीतभित्र अभिव्यक्त गरिएको यो गीतले पार्टीभित्रका योद्धालाई कम्युनिस्ट आन्दोलनमा प्रतिबद्ध इमान्दार जनतालाई अवसरवादको विरुद्ध सङ्घर्ष गर्ने ऊर्जा दिएको छ र सबैलाई एकताबद्ध हुन प्रेरित गरेको छ ।

    कम्युनिस्ट आन्दोलनभित्र अवसरवादी र कुतत्त्व मात्रै छैनन्, कम्युनिस्ट आन्दोलनभित्र कैयौँ असल मानिस पनि सरिक छन् । उनीहरू कुनै पदप्रतिष्ठाको लालचा बोकेर कम्युनिस्ट आन्दोलनमा लागिरहेका छैनन् । उनीहरू कुनै निजी स्वार्थ परिपूर्ति गर्ने मनसायमा क्रान्तिका कुरा गरिरहेका छैनन् । उनीहरू साँच्चिकै पवित्र भावनाका साथ कम्युनिस्ट आन्दोलनमा आस्था र विश्वास राखेर पसिना बगाइरहेका छन् । उनीहरू दु:खमा पनि र सुखमा पनि एक तमासले पार्टी र कम्युनिस्ट आन्दोलमा आफ्ना जिन्दगी खर्चिरहेका छन् । उनीहरू साँच्चिकै क्रान्ति चाहिरहेका छन् । उनीहरू साच्चिकै देश र जनताको मुक्तिलाइ सर्वस्व ठानिरहेका छन् । आफ्ना जीवनका सबथोक सिद्धिँदा पनि उनीहरू आस्थालाई नै जीवन ठानिरहेका छन् र आस्थालाई नै मृत्यु सम्झिरहेका छन् अर्थात् उनीहरू आस्थालाई नै आफ्नो जीवनको गहनाको रूपमा अङ्गिकार गरिरहेका छन् । पार्टी, सङ्गठन र आन्दोलनप्रति प्रतिबद्ध आस्थाका यिनै महान् पुजारको सजीव चित्रलाई यो गीतले स्रोताको हृदयभित्र कुँद्न सफल भएको छ ।

    हामी आस्थाका सिपाहीले गरिब निमुखाको गौरवलाई मेट्न सक्दैनौँ । हामी हाम्रा पुर्खाले दिएको बलिदानलाई भुल्न सक्दैनौँ । आस्थामा अडिग रहेका हाम्रा पुर्खाको इतिहास हामीले सम्झनुपर्दछ र यही इतिहास साक्षी राखेर हामी अगाडि बढ्नुपर्दछ । साना साना झिनामसिना कुरामा हामी अल्मलिनु हुँदैन । सानो कुरामा हामी बिग्रनु हुँदैन । हामी बरु खरानी भएर सिद्धिन तयार हुनुपर्छ तर हाम्रो आस्था कहिल्यै मर्न दिनु हुँदैने भन्ने मर्मस्पर्शी सन्देश प्रवाह गरेको यो गीतमा साम्राज्यवादी शक्तिको विरुद्ध पनि कडा विरोध अभिव्यक्त गरिएको छ ।

    आज हाम्रो देशमा साम्राज्यवादी शक्तिहरूले गिद्धेदृष्टि लगाइरहेका छन् । हाम्रो देशलाई लुछ्न, चुस्न वा आफ्ना अधिनमा चलाउन अनेकौँ जाल र प्रपञ्च रच्दै आएका छन् । यसरी हाम्रो मुलुकमाथि गिद्धेदृष्टि राख्ने साम्राज्यवादी शक्तिका सामु हामीले ‘कहिल्यै शिर झुकाउनु हुँदैन’ भन्दै गीतमा साम्राज्यवाद विरोधी भावना जागृत गर्दै क्रान्तिको सम्पूर्ण अभिभारा पूर्ण गर्नका लागि हामी सबै एक बनौ भन्ने कालजयी सन्देश प्रवाह गरिएको छ ।
    क्रान्तिकारी भावले ओतप्रोत कर्र्णिप्रय स्वर र सङ्गीतले सिँगारिएको यो गीतको पूर्ण पाठ यस प्रकार रहेको छ :

    हामी एक बनौँ एक बनौँ क्रान्ति त्यसै बाँकी छ
    आस्था हाम्रो अटल छ इतिहास हाम्रो साँक्षी छ
    साना साना साना साना कुरामा नभिडौ
    एक बनौँ लौ एक बनौँ, एक बनौँ लौ एक बनौँ

    कसरी भुल्न सक्छौ हाम्रा पुर्खाको वलिदान
    कसरी मेट्न सक्छौँ गरिब निमुखाका अब सान
    अवसरवादी भाग्लान् केही साथी थाक्लान
    तर हामी सबै लौ एक बनौँ, एक बनौँ लौ एक बनौँ

    हामी खरानी हौला तर आस्था कहिले मर्दैन
    साम्राज्यवादीसामु शिर कहिल्यै झुक्दैन
    घर जलाउन खोज्लान्, मुहान सुकाउन खोज्लान्
    तर हामी सबै लौ एक बनौँ, एक बनौँ लौ एक बनौँ

    हामी एक बनौँ एक बनौँ क्रान्ति त्यसै बाकी छ
    आस्था हाम्रो अटल छ इतिहास हाम्रो साँक्षी छ
    साना साना साना साना कुरामा नभिडौँ
    एक बनौँ लौ एक बनौँ, एक बनौँ लौ एक बनौँ

    माथिको गीतको संरचनालाई हेर्दा यो एक स्थायी भाग र दुई अन्तरा भागमा संरचित रहेको छ । संरचनागत रूपमा यसरी संरचित गीतलाई एउटा सुन्दर र पूर्ण गीतको रूपमा लिने गरेको पाइन्छ । यो गीत लयात्मक अन्तर्गुञ्जन, तीव्र काव्यिक चेतना, हृदयसंवेद्य अनुभूति प्रवाह, सरलता, कोमलता जस्ता पक्षले परिपूर्ण रहेको छ । यसका साथै प्रभावकारी भाव सम्प्रेषण गर्न यो गीत सफल देखिएको छ । नेपालको जनवादी गीत सङ्गीतको क्षेत्रमा यति राम्रो गीत र सङ्गीतको सिर्जना हुनु हाम्रा लागि अत्यन्तै हर्ष र गौरवको विषय हो ।

    यो गीत नेकपा (मसाल) सम्बद्ध सांस्कृतिक सङ्गठन रक्तिम सांस्कृतिक अभियानमा लामो समयदेखि क्रियाशील हुँदै आएका सांस्कृतिक योद्धाहरूको खारिएको वैचारिक जगमा सिर्जना भएको हुनाले पनि यो गीतले साहित्यको प्रगतिवादी धारलाई आत्मसात गरेको छ र यो नेपालको जनवादी गीतसङ्गीतको क्षेत्रमा अर्काे सुन्दर पुष्प बनेर फक्रेको छ । यो सुन्दर पुष्पलाई रक्तिम सांस्कृतिक अभियानको एक अमूल्य सम्पतिको रूपमा हामी सबैले संरक्षण र सम्बद्र्धन गर्न सक्नुपर्दछ ।

    यति राम्रो गीतको म्युजिक भिडियो निर्माण गरी दर्शक स्रोताको माझमा पुर्‍याउन सक्ने हो भने यसको प्रभावकारिता अझै अगाडि बढेर जाने निश्चित छ । भविष्यमा यो गीतले यो कुरामा पनि अवश्य सफलता प्राप्त गर्ने छ ।

    “हामी एक बनौँ” शीर्षक रहेको यो गीतको शब्दसङ्गीत रक्तिम सांस्कृतिक अभियानका उपाध्यक्ष तथा जनवादी गायक हेमराज आश्रमको रहेको छ भने यस गीतमा रक्तिमका जनवादी गायक थुमराज ढुङ्गाना र रिता पुनले स्वर दिनुभएको छ । क्रान्ति चेतले भरिपूर्ण यो गीत थुमराज ढुङ्गाना नाम रहेको युट्युब च्यानलमा सर्च गरेर सहजै सुन्न सकिन्छ ।

    शुक्रबार, मङि्सर २३, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति
    मुन्धुम पैदलमार्ग र प्रिय सुदीप
    जुन गाउँले मलाई धेरै दियो
    जीवन र मृत्यु
    बाल स्रष्टाहरूको सिर्जनात्मक उत्सव सम्पन्न, सिर्जना डबलीको वेबसाइट विमोचन
    ‘१२ मे’ नाटक भदौ २१ गते मञ्चन हुने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • २.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ३.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ४.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ५.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ६.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ७.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ८.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.