धनगढी । राष्ट्रिय जनमोर्चा, कैलालीले दार्चुलामा भारतीय पक्षबाट भइरहेको महाकाली नदीको धार परिवर्तन तथा नेपालीमाथिको आक्रमणविरुद्ध विरोध प्रदर्शन गरेको छ ।
बुधबार अत्तरियामा कोणसभाको आयोजना गरी भारतीय ज्यादतीको विरोध गरेको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै राजमो नेता तथा अखिल नेपाल किसान संघका केन्द्रीय सदस्य हरिकृष्ण पाण्डेले भारतले रातारात महाकालीमा पक्कि तटबन्ध निर्माण गरेर नेपालको सार्वभौमिकतामाथि चुनौति दिएको बताउनुभयो । भारतीय मिचाहा प्रवृत्तिको विरोधमा उत्रिएका नेपालीमाथि आक्रमण गरेर भारतले थप ज्यादती गरेको बताउनुभयो ।
उहाँले भारतको हेपाहा प्रवृत्तिको प्रत्येक नेपाली नागरिकले आ–आफ्नो ठाउँबाट विरोध गर्न आग्रह पनि गर्नुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै राजमो कैलालीका अध्यक्ष जगत प्रसाद जोशी र डोटी जिल्ला अध्यक्ष डबल बोगटीले हरेक युवालाई आ–आफ्नो ठाउँबाट भारतीय ज्यादतीविरुद्ध उत्रिन आह्वान गर्नुभयो ।
कार्यक्रमको सञ्चालन अखिल (छैटौं) सुदूरपश्चिम प्रदेश समितिका अध्यक्ष टंक अवस्थीले गर्नुभएको थियो ।
यसैबीच राजमो डोटीले एक विज्ञप्ति प्रकाशित गरी दार्चुलामा भएको भारतीइ दादागिरीसँगै रुपन्देहीमा दशगजा मिचेर पर्खाल निर्माण गरिएकोप्रति आपत्ति जनाएको छ ।
रुपन्देहीमा पनि भारतले बनायो दशगजा मिचेर पर्खाल
दार्चुलामा भारतीय ज्यादतीबारे सरकारले पठायो भारतलाई कूटनीतिक नोट
महाकालीमा भारतीय गतिविधि रोक : मसाल
भारतले एकतर्फी तटबन्ध बनाएको विरोधमा भेला भएका नेपालीमाथि ढुंगा प्रहार, चार जना घाइते