• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

जाति र जातीय आन्दोलन


  •   शनिबार, मङि्सर १७, २०७९ मा प्रकाशित
  • एउटा साझा भाषा जातिको विशिष्ट लक्षण हो । एउटा साझा इलाका पनि जातिको विशिष्ट लक्षण हो । अर्काे विशिष्ट लक्षण साझा आर्थिक जीवन वा आर्थिक सम्बद्धता पनि हो । तिनीहरूका अतिरिक्त साझा संस्कृतिमा ब्यक्तिने एउटा साझा मनोवैज्ञानिक स्वरूप पनि जातिको विशिष्ट लक्षण हो ।
    जाति भनेको कुनै नस्लीय वा प्रजातीय समुदाय होइन बरु मानिसहरूको एउटा स्थिर समुदाय हो, कुनै अनियमित वा क्षणिक जमघट होइन ।

    Advertisement

    एउटा साझा भाषाको अभावमा जातीय समुदायको कल्पना गर्न सकिन्न तर राज्यको निम्ति एउटा साझा भाषा हुनैपर्छ भन्ने छैन । जाति भनेको एउटा साझा भाषा, इलाका, आर्थिक जीवन र साझा संस्कृतिमा व्यक्तिने मनोवैज्ञानिक स्वरूपको आधारमा निर्मित एक ऐतिहासिक रूपले स्थापित स्थिर जनसमुदाय हो ।

    वास्तवमा जातिको एउटा विशिष्ट लक्षण भन्ने छैन, यहाँ लक्षणको कुल जोड मात्रै छ । जातिहरूको तुलना गर्दाखेरि ती विशिष्ट लक्षण कहिले एउटा लक्षण, कहिले अर्को लक्षण, कहिले तेस्रो लक्षण स्पष्ट रूपमा देखा पर्ने गर्छ । उपर्युक्त सबै विशिष्ट लक्षणको मेलबाट जाति बनेको हुन्छ ।
    स्टालिनका अनुसार जातीय चरित्र भनेको एक जनजातिको जनतालाई अर्काे जनजातिको जनताबाट छुट्याउने विशिष्टताको कुल जोड हो । एक जातिलाई अर्काे जातिबाट छुट्याउने शारीरिक तथा बौद्धिक विशिष्टताको सम्पूर्णता हो । जातिहरूको माझ होइन बरु प्रभुत्वशाली जातिका र पछिल्तिर घकेलिएका शासकका माझ सङ्घर्षको थालनी र विकास भएको हो ।

    पुँजीवादी व्यवस्था ई.सं. १४९२ पछि सुरु भएको हो । त्यतिखेर कोलम्बसले अमेरिका पत्ता लगाउने काम भएको थियो । त्यसपछि एउटा महादेशमा पुग्ने समुद्री बाटो पत्ता लागेपछि व्यापार–व्यवसाय फस्टाउँदै गएको हो । व्यापारी वर्गले उद्योग खोल्ने र बढी नाफा कमाउने गर्न मजदुरको हितमा र पछि किसानलाई पनि आफ्नो नेतृत्वको मातहत बनाए । त्यसपछि मात्र पुँजीपतिले सामन्ती सत्ता विस्थापन र पुँजीवादी सत्ता स्थापना हुँदै र गर्दै गएका हुन् ।

    अहिलेसम्म पुँजीवादी व्यवस्था एकाधिकारी र साम्राज्यवादी अवस्थामा सञ्चालित छ । पुँजीपति वर्गले नेतृत्वकारी भूमिका खेलेको थियो । तरुण पुँजीपति वर्गको निम्ति मुख्य समस्या बजारको समस्या हो । बजार नै त्यस्तो पहिलो पाठशाला हो, जहाँ पुँजीपति वर्गले आफ्नो राष्ट्रवाद सिक्छ ।
    कुन हदसम्म जातिका व्यापक तहहरू सर्वहारा र किसान जनता त्यसमा सहभागी हुन्छन् भन्ने कुराले जातीय आन्दोलनको तागतलाई निर्धारण गर्दछ । जति जति शोषित–उत्पीडित श्रमजीवी वर्गमा वर्गीय चेतना स्थापित गर्ने र राजनैतिक पार्टीको झन्डामुनि गोलबन्द गर्ने काम अगाडि बढ्दै जान्छ, जनता राज्यसत्ताको विरुद्ध आन्दोलित हुँदै जान्छन् । त्यसैका लागि कम्युनिस्ट पार्टीले काम गर्ने गर्दछ ।

    सर्वहारा वर्ग पुँजीवादी राष्ट्रवादको झण्डामुनि एकत्रित हुन्छ कि हुँदैन भन्ने कुरा जनताको राज्यसत्तामाथिको वर्गचेतनाले निश्चित गर्छ । पुँजपिति वर्ग र सर्वहरा वर्गबिच वैरभावको मात्रा कति उच्च छ भन्ने कुरा र वैरभावको विकासको मात्रामािथ निर्भर गर्दछ । सर्वहारा वर्गको वर्गचेतना तथा सङ्गठनको मात्रामाथि त्यसको तागत अडेको हुन्छ ।

    वर्गसचेत सर्वहाराको आफ्नै खारिएको झन्डा छ । त्यसैले उसलाई पुँजीपति वर्गको झन्डामुनि एकत्रित हुनुपर्दैन । ई.सं १८४८ बाट सुरु भएको हसिया–हथौँडाको झ्रन्डा रुस, चीनलगायत धेरै देशका जनवादी आन्दोलनबाट खारिएर संसारभर फैलिएको छ ।
    वर्गसचेत सर्वहाराले किसानसँग एकता नगरिकन शोषित–पीडित जनताको आन्दोलन अगाडि बढ्न सक्दैन । जहाँसम्म किसानको सम्बन्ध छ, जातीय आन्दोलनमा उनीहरूको सहभागिता मुख्य रूपले दमनको चरित्रमाथि निर्भर गर्दछ ।

    किसानको सङ्ख्या बढी भए पनि सङ्गठित रूपले श्रममा भाग लिएका हुन्नन् । उनीहरूको उत्पादन गर्ने तरिका एक्लाएक्लै जस्तो हुन्छ । साना साना क्षेत्रफलको खेतमा खेती गरिरहेका हुन्छन् एकातिर भने धर्मको प्रभावले गर्दा शोषण सहने क्षमता बढी हुन्छ । यदि दमनबाट जमिनमा प्रभाव पर्छ भने आम किसान जनता तत्कालै जातीय आन्दोलनको झन्डामुनि एकत्रित हुन्छन् ।

    उदीयमान पुँजीवादको स्थितिअन्तर्गत हुने जातीय सङ्घर्ष पुँजीवादी वर्गबिचको सङ्घर्ष हो । विकसित अवस्थाका पुँजीवादी वर्गबिचको सङ्घर्ष हो । विकसित अवस्थाका पुँजीवादी देशमा पुँजीवाद प्रतिकृयावादी र मरणासन्न व्यवस्थामा भए पनि पिछडिएका र विकासको अवस्थामा पछि परेका देशमा पुँजीवाद अझै पनि प्रगतिशील व्यवस्था ठहर्छ । त्यसैले किसान प्रत्यक्ष प्रभाव पर्ने गरी उनीहरूलाई राज्यसत्ताको तर्फबाट दमनको कुनै कार्यक्रम भयो अथवा उनीहरूको दैनिकीमा प्रतिकूल अवस्था आयो भने जातीय आन्दोलनमा सहभागी हुन्छन् । आफ्नो सारतङ्खवमा त्यो सधैँभरि पुँजीवादी सङ्घर्ष रहन्छ । त्यो खास गरेर पुँजीपति वर्गका लागि फाइदाजनक र नाफादायक रहन्छ ।

    मजदुरहरू सबै खाले अत्यधिक सूक्ष्मदेखि लिएर अत्यधिक भद्दासम्मको जातीय दमन नीतिको विरुद्ध र सबै जातिलाई एकार्काको विरुद्ध उकास्ने नीतिको विरुद्ध लड्छन् र लडिरहने छन् । पुँजीवादी र सामन्ती शासकहरू फुटाऊ र राज गर भन्ने नाममा मजदुर–किसानबिच मात्रै होइन, मजदुर मजदुरबिच तथा किसानबिच मनमुटाव र झगडा पारेर मात्र आफ्नो सत्ता बलियो र टिकाउ बनाउने खेल खेल्छन् ।
    उता, मजदुर–किसानहरू सङ्गठित भएपछि मात्र यो वास्तविकता बुझ्न सक्छन् । एक्लाएक्लैको अवस्थामा उनीहरूको व्यक्तिगत आवश्यकता पूरा गर्ने मात्र ध्यान हुँदा शासकका योजना सफल भएका हुन्छन् ।

    सानै भए पनि सङ्गठित शक्तिले अत्यन्त ठुलो महङ्खव राख्दछ । सङ्गठनमा आबद्ध हुन शोषणका अवयवहरू धर्म, परम्परा, अघिल्लो–पछिल्लो जुनी, भाग्य, ईश्वरीय अवतार आदिको माध्यमबाट शोषण सहने क्षमता बढाउने, साथसाथै मैले गरेर केही हुन्न भन्ने नकारात्मक सोचाइ बनाउने काम भइरहेको हुन्छ । यी सबैलाई परास्त गर्ने शक्ति सङ्गठनले मात्र दिन सक्छ । त्यसकारण सङ्गठन अत्यन्त महङ्खवपूर्ण शक्ति हो । सङ्गठित भई शक्तिआर्जन गर्न माक्र्सवादले अत्यन्त उच्च प्रेरणा दिन्छ ।

    सबै देशमा सामाजिक जनवादले जातिहरूको आत्मनिर्णयको अधिकारको घोषणा गर्दछ । कुनै जातिको विरुद्ध बलप्रयोगको विरोध गर्दा त्यसले आफ्नो भाग्यको फैसला गर्ने जातिको अधिकारलाई मात्र समर्थन गर्नेछ तर आवश्यकता भने वर्गीय स्वार्थ र वर्गीय अधिकारका लागि वर्ग सङ्गठित र सचेत हुने र सचेत बनाउन अध्ययन गर्ने गराउने पार्टी हो ।

    हरेक जातिका श्रमजीवी समुदायलाई मुक्त गर्न सक्ने गरी उक्त जातिका श्रमजीवीलाई निश्चित उद्देश्यका साथ आफ्ना परम्परागत रीतिस्थिति तथा विधिको विरुद्ध आन्दोलन चलाउन प्रशिक्षित गर्नुपर्छ । त्यसो गरेर मात्र श्रमजीवी वर्गलाई सचेत र सङ्गठित बनउन मदत पुगछ ।
    सर्वहारा वर्ग सबैभन्दा उत्पीडित वर्ग हो । उसको हितको संरक्षण गर्ने सामाजिक जनवादको दायित्व भन्नु र विभिन्न वर्ग भएको जातिका अधिकार भन्नु दुई भिन्नाभिन्नै कुरा हुन् ।

    वर्गसचेत सर्वहारा वर्ग पुँजीपति वर्गको जातीय झन्डामुनि एकत्रित हुन सक्दैन किनभने जातीय आन्दोलनको नेतृत्व पुँजीपति वर्गको हातमा हुन्छ । श्रमजीवी वर्गसचेत र सङ्गठित नभएसम्म आफ्नो वर्गीय हितको संरक्षण गर्न, प्रचार गर्न र आफू अनुशासित हुन सक्दैन । यो वर्गीय मुक्तिका लागि गर्ने काम हो ।

    जातीय समूहमा वर्ग हुन्छन् तर पनि वर्गीय चेतनाको विकास भइसकेको हुन्न । वर्गमा वर्गीय विश्वदृष्टिकोण र वर्गीय चेतना हुनु ज्यादै महङ्खवपूर्ण विषय हो ।

    मानव समाजमा अत्यधिक बढी सङ्ख्यामा श्रमजीवी वर्ग भएको भए पनि सीमित औँलामा गन्न सकिने पुँजीजीवी वर्गले धेरै पुस्तादेखि अधिनायकत्व प्रयोग गरेर शासन गरिरहेको छ । वर्गीय चेतना वर्गमा विकास भएको भए अथवा पुँजीजीवी विरुद्ध श्रमजीवीमा आफ्नो वर्गीय चेतना विकास भएको भए यति लामो समयसम्म शोषण र थिचोमिचो सहेर बस्नुपर्ने थिएन । वर्ग छन् तर वर्गीय चेतना छैन । परिणामस्वरूप शोषण, अन्याय, अत्याचार, दमन सहनुपरेको छ । प्रतिरोधी क्षमता सशक्त भई आन्दोलन उठ्न सकेको छैन ।

    पुँजीपति वर्गको पतनपछि मात्र जातीय आन्दोलनको अन्तिम विलयन सम्भव छ ।
    पुँजीवादी व्यवस्था नाफामा अडेको व्यवस्था हो । इ.सं. १८४८ सम्म यो व्यवस्था प्रगतिशील थियो । प्रगतिशील भन्नुको अर्थ सामन्ती व्यवस्थाको तुलनामा प्रगतिशील भनिएको हो तर समाजवादी व्यवस्थासँग तुलना गर्दा प्रतिगामी व्यवस्था हो । यसलाई प्रतिगामी प्रमाणित गरेर प्रगतिशील समाजवादी व्यवस्था ल्याउने काम सर्वहारा वर्गको नेतृत्वमा मजदुर–किसानको एकतासहितको कम्युनिस्ट पार्टीले मात्र गर्न सक्छ । त्यसका लागि सङ्गठित शक्तिको जरुरी पर्दछ । त्यो सङ्गठित शक्ति अवसरवादबाट मुक्त भएका, वर्गीय चेतना बलियो भएका कम्युनिस्ट पार्टीका नेता–कार्यकर्ताको अगुवाइमा मात्र सफल आन्दोलनबाट स्थापित हुने समाजवादी व्यवस्थाबाट सुरु हुन्छ ।

    समाजवादी व्यवस्था वर्तमान पुँजीवादी व्यवस्थाको आमूल परिवर्तनबाट सुरु हुने व्यवस्था हो ।वर्गीय चेतनाबाट ओतप्रोत भएको र आन्दोलनको लामो सिलसिलाबाट खारिएको पार्टीको नेतृत्वमा बहुमत जनताको आन्दोलन र तिनीहरूको सहयोगमा सञ्चालन भएको सशस्त्र सङ्घर्षले नियमित सेनालाई हराएर मात्र राज्यसत्तामा आमूल परिवर्तन सम्भव हुन्छ ।

    आमूल परिवर्तनपछि बनेको जनवादी राज्यसत्ताले दुईओटा कामको जिम्मा पूरा गर्नुपर्छ : सत्तासित हुनुभन्दा पहिले आफूले जनताबिच गरेका बाचा अक्षरश: पूरा गर्ने एउटा काम र रोजगारीको ग्यारेन्टीसहित नाफा कमाउने उद्देश्यका विरुद्धको सामूहिक अर्थतन्त्र भएको राष्ट्रिय र केन्द्रीय व्यवस्थासहितको समाजवादी व्यवस्था निर्माण गर्ने अर्को काम । त्यो व्यवस्था वर्तमान व्यवस्थाको विपरीत भई सञ्चालन हुने वर्गसङ्घर्षमा आधारित व्यवस्था हो ।

    समाजवादको शासनअन्तर्गत मात्र पूर्ण रूपमा शान्ति स्थापना हुन सक्छ । फलाम काट्न फलाम नै चाहिन्छ । त्यस्तै, हातहतियारले सुसज्जित सेनासहितको प्रतिकृयावादी राज्यसत्तालाई सेनासहितको आन्दोलनले मात्र हराउन सक्छ ।
    एक प्रतिशतको जनशक्ति राज्यसत्तामा संलग्ल भएको हुन्छ । त्यसले उनान्सय प्रतिशतको जनतामाथि शोषण र दमनसहितको शासन सञ्चालन गरेको हुन्छ । उनान्सय प्रतिशत असङ्गठित अवस्थामा रहेका हुन्छन् भने त्यो एक प्रतिशत हातहतियारसहित सङ्गठित भएको हुन्छ । त्यही कारणले धेरै पुस्तासम्म परम्परागत शासन चलेको छ ।

    सच्चा कम्युनिस्ट पार्टीको नेतृत्वमा शोषित–उत्पीडित जनता सहभागी भएको आन्दोलन सशक्त हुन सकेको छैन । आन्दोलनको नेतृत्व अवसरवादी र प्रतिकृयावादीहरूले लिन सफल भइरहेको र आन्दोलनलाई सम्झौतामा टुङ्ग्याउने गरेको अहिलेसम्मको अवस्था हो । अहिलेसम्म शोषित–पीडित जनतामा वर्गीय चेतना उच्च बनाएर सङ्गठित बनाउने प्रयत्न कमी भएर त्यस्तो नतिजा आएको हो ।

    जनता राजनैतिक चेतना उच्च भएर आन्दोलनमा सहभागी भएपछि मात्र राज्यसत्तामा आमूल परिवर्तन सम्भव हुन्छ र सफल हुन्छ । समाजवादको शासनअन्तर्गत मात्र पूर्ण रूपमा शान्ति स्थापना हुन सक्छ तर पुँजीवादको ढाँचाभित्र पनि जातीय सङ्घर्षलाई निम्नतम मात्रासम्म घटाउनु, त्यसको खोइरो खन्नु र त्यसलाई सर्वहारा वर्गका निम्ति सकभर हानि गर्न नपाउने बनाउन सम्भव छ । त्यसका लागि वर्गमा वर्गीय चेतना हुर्काउने न्यूनतम सर्त हाम्रो अगाडि खडा भएको छ । अहिले भएको जल्दोबल्दो आवश्यकता मुलुकलाई जनतान्त्रीकरणको अवस्थामा लैजानु हो । जातिलाई स्वतन्त्र विकासको अवसर दिइनुपर्छ ।

    शनिबार, मङि्सर १७, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित
    स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते
    करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु
    आलेखः एउटै घरभित्र तीन दशकको इतिहास
    त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी
    न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • २.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ३.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ४.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • ५.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ६.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ७.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ८.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.