काठमाडौं । प्युठानमा हारको मानसिकतामा पुगेको नेकपा (एमाले) ले अनेक फण्डा गर्न सुरु गरेको छ ।
केही दिनअघिमात्रै दुई हजार रुपैयाँ दिएर ‘भेलुबाजे’ भनिने मेनबहादुर बुढालाई एक दिन प्रचारमा हिँडाएका एमालेका कार्यकर्ताले गठबन्धन दलहरुको झण्डा जलाएर अर्को उद्दण्डता देखाएका छन् ।
टिकटकमा वसन्त मगर नाम गरेका एक व्यक्तिले राष्ट्रिय जनमोर्चाको चुनाव चिह्न गिलास अंकित झण्डा र नेपाली कांग्रेसको रुख देखिने झण्डामा आगजनी गरेका छन् । उनले गरेको सो हर्कत टिकटकमार्फत सार्वजनिक पनि गरेका छन् ।
एमाले उम्मेदवार सूर्य थापाको गाउँ झिमरुक–१ सौतामारेमा एमाले कार्यकर्ताहरुले यस्तो हर्कत देखाएको राजमोका स्थानीय कार्यकर्ता बताउँछन् ।
प्युठानमा गठबन्धनको तर्फबाट प्रतिनिधि सभाको उम्मेदवार राजमो उपाध्यक्ष दुर्गा पौडेल हुनुहुन्छ । प्रदेश सभातर्फ क मा नेकपा (माओवादी केन्द्र) का कृष्ण अधिकारी र ख मा कांग्रेसका रोज राणा उम्मेदवार बन्नुभएको छ ।
गठबन्धनले चुनाव प्रचारलाई उत्साहजनक रुपमा अगाडि बढाइरहेको सन्दर्भमा एमालेले आचारसंहिता उल्लंघन गरेर उद्दण्डता देखाएको गठबन्धनका कार्यकर्ता बताउँछन् ।
‘भेलुबाजे’ भन्छन् : एमालेले दुई हजार रुपैयाँ दिएको हो (भिडिओ)