काठमाडौँ । मनसुनी प्रणाली नेपालबाट बाहिरिएसँगै मौसम सफा भए पनि चिसो भने दैनिक रूपमा बढ्दै गएको जल तथा मौसमविज्ञान विभागको तथ्याङ्कले जनाएको छ । यो साता मुस्ताङको तापक्रम माइनस १ डिग्री सेल्सियस मापन थियो ।
काठमाडौँ उपत्यकाको तापक्रम घटेर ११ं.४ डिग्री सेल्सियसमा झरेको छ । दुई साताकै अन्तरमा तापक्रम ३ डिग्री सेल्सियससम्म अन्तर भएपछि चिसो दैनिक रूपमा बढ्दै जाँदा जनजीवन प्रभावित बन्न थालेको हो ।
यो साताको अधिकतम तापक्रम सिराहामा ३२ं५ डिग्री सेल्सियस रहेको विभागको तथ्याङ्कले जनाएको छ । विभागले २३९ वटा वर्षा मापन केन्द्रहरूबाट दैनिक रूपमा वर्षाको मापन गर्दै आएको मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले बताउनुभयो ।
पश्चिमी वायुको प्रभावका कारण केही दिनदेखि निरन्तर तापक्रम घट्दै गएकाले चिसो बढेको छ। जाडो याम सुरु भइसकेकाले न्यूनतम तापक्रम निरन्तर घट्नुका साथै चिसो बढ्ने मौसमविद्ले जनाएको छ ।
निरन्तर चिसो बढेकाले सतर्कता अपनाउन चिकित्सकहरूले सुझाव दिएका छन्। विशेष गरी बालबालिका र वृद्ध वृद्धाको खानपान र लगाउने कपडाहरूमा विशेष ध्यान पुर्याउनु सुझाव दिएको छ।