• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

सभामुख चयनको सकसः पूर्व समूह र एमसीसी फ्याक्टर


  •   बिहिबार, पुष २४, २०७६ मा प्रकाशित
  • विद्यानाथ अधिकारी

    Advertisement

    तत्कालिन सभामुख कृष्णबहादुर महरा बलात्कार आरोपमा जेल गएपछि करिब तीन महिनादेखि सभामुख पद रिक्त छ । तर, लामो प्रयासका बावजुद पनि सत्तारुढ दलले सभामुख चयन गर्न सकेको छैन । संसदमा स्पष्ट बहुमत भएको नेकपाभित्र सभामुख चयनका लागि विवाद हुनुको मुख्य कारण दुई पूर्व गुटमध्ये सभामुख कसले पाउने भन्ने नै हो । तर, पछिल्लो समयमा ‘एमसीसी फ्याक्टर’ पनि सभामुख चयनमा सकस बनेर आएको छ ।

    तत्कालिन सभामुख कृष्णबहादुर महराले सरकारले सम्झौता गरेर संसदमा पठाएको अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन ‘एमसीसी’ संसदमा पेश नगरेरै थन्क्याएर राखेका थिए । त्यसप्रति बर्तमान सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले असन्तुष्टि जनाएका थिए भने प्रतिपक्षि कांग्रेसले आपत्ति प्रकट गर्दै आएको थियो । महराले राष्ट्रहित विपरित हुने भन्दै संसदमा पेश नगरेको एमसीसीबारे सत्तारुढ दलभित्र तिब्र बिरोध भएपनि प्रतिपक्षी कांग्रेस भने जसरी पनि पास गर्नुपर्ने पक्षमा देखिन्छ ।

    कृष्णबहादुर महराले एमसीसी अस्विकार गरेकै कारण उनलाई बलात्कारको आरोपमा फसाइएको चर्चा चल्ने गरेको छ । सत्तारुढ नेकपाका नेता देव गुरुङका अनुसार प्रधानमन्त्री केपी ओलीले एमसीसी पारित गर्न महरालाई लगातार दबाब दिन थालेपछि उनले राजीनामा दिने मनस्थिती नै बनाएका थिए । महरालाई उदृत गर्दै देव गुरुङ भन्छन्, ‘मैले प्रधानमन्त्रीलाई पनि भनिसकेको छु । आफूलाई सहज हुने गरी सभामुख चयन गर्न बरु मैले राजीनामा दिएर मैले सहयोग गर्छु । तर एमसीसी अघि बढाउन सक्दिन ।’

    यतिबेला सञ्चारमाध्यममा नेकपाका दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहालबीच सभामुख कसलाई बनाउने भन्नेमा विवाद छ । उनीहरुको अडानका कारण पुस ९ गते सुरु भएको संसद बैठक आउँदो २७ गतेसम्मका लागि स्थगित छ । समाचारहरुमा आएअनुसार प्रधानमन्त्री समेत रहेका ओलीले सभामुखमा सुवासचन्द्र नेम्वाङलाई अगाडि सारेका छन् भने दाहालले अग्नी सापकोटालाई ।

    त्यसो गर्नुमा दुई नेताको आ–आफ्नै अडान छ । नेम्वाङ पूर्व एमालेबाट लामो समयसम्म सभामुख तथा संविधानसभाको अध्यक्ष रहेर काम गरेका अनुभवी नेता हुन् । त्यो सँगै उनी केपी ओलीका भरपर्दो पात्र पनि हुन् । तर, दाहाल नेम्वाङलाई सभामुख बनाउने पक्षमा छैनन् । उनले सभामुख पूर्व माओवादीबाटै हुनपर्ने र त्यसका लागि आफूले प्रस्ताव गर्न पाउनुपर्ने बताएका छन् । त्यसका लागि पूर्व माओवादी समूहलाई दाहालले एक ढिक्का बनाएरसमेत राखेका छन् ।

    सभामुख चयनका लागि ‘पूर्व समूह’ र ‘एमसीसी’ यी दुबै तत्व बाधक हुन् । पूर्व एमाले समूह खासगरी प्रधानमन्त्री ओली गुट सभामुखमा आफ्नै प्यानलको मान्छे ल्याउनुपर्ने अडानमा छ । त्यसको खास कारण भनेको तत्कालिन सभामुख महराले जस्तै नयाँ सभामुखले पनि एमसीसी पारित गर्न अवरोध नगरोस् भन्ने नै हो । किनभने प्रधानमन्त्री र केही मन्त्रीहरु एमसीसी संसदबाटै पारित गर्ने एकोहोरो रटान लगाउँदै आएका छन् । त्यसका लागि सभामुख आफू अनुकुल ब्यक्ति नै हुन आवश्यक छ ।

    तर, प्रचण्ड पक्ष भने पूर्व एमालेलाई सभामुख दिन तयार छैन । तत्कालिन अवस्थामा दुई दलबीच एमालेबाट प्रधानमन्त्री र माओवादीबाट सभामुख बनाउने सहमति अनुसार नै सभामुख आफैले प्रस्तावित गर्न पाउनुपर्ने दाहालको भनाई छ । यदी त्यसो हुन नसके प्रधानमन्त्रीबाट राजीनामा दिएर कार्यकारी अध्यक्ष भएर पार्टी सञ्चालन गर्न र आफूलाई प्रधानमन्त्री बनाउन पनि दाहालले ओलीसँग प्रस्ताव राखेको कुरा बाहिर आएको छ ।

    दाहालका लागि सभामुख छोड्नु भनेको ओलीका अगाडि पूर्व माओवादी समूहविरुद्ध ‘आत्मसमपर्ण’ गर्नु त हो नै उनले नचाहेको एमसीसी पनि संसदबाट पारित हुने वातावरण तयार पार्नु हो ।

    नेकपाभित्र एमसीसीको अंकगणित
    केही दिन अघि बसेको नेकपा स्थायी समिति बैठकम एमसीसीबारे चर्को विाद उत्पन्न भयो । एमसीसी विरुद्ध नेताहरु भीम रावल, देव गुरुङ, पम्फा भुसाल, लिलामणी पोख्रेललगायतले खुलेरै विरोध गरे । उनीहरुको विरोध अहिले पनि जारी छ । स्थायी समितिबाट एमसीसी पारित हुने अवस्था नआएपछि सचिवालयले नै टुंग्याउने गरी जिम्मेवारी दिएको थियो ।

    तर, नौ सदस्यीय सचिवालयमा प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष ओली, उपप्रधानमन्त्री इश्वर पोखरेल र महासचिव बिष्णु पौडेलबाहेक नेताहरु एमसीसी पास गर्ने पक्षमा देखिँदैनन् । बरिष्ठ नेताहरु झलनाथ खनाल, माधव नेपाल, वामदेव गौतमलगायतले यदी एमसीसी इन्डोप्यासिफिक रणनीतिको अंग होइन भने मात्रै पारित गर्नुपर्ने पक्षमा छन् । यद्यपी अमेरिकी दूतावासले एमसीसी इन्डोप्यासिफिककै अंग भएको स्पष्ट पारिसकेको छ ।

    किन घातक छ, एमसीसी ?
    अमेरिकी मिलेनियम च्यालेञ्ज कोअपरेशन (एमसीसी) अन्तर्गत अमेरिकाले नेपाललाई विद्युत् र सडकमा लगानी गर्न करिब ५६ अर्ब रुपैयाँ अनुदान सहायता प्रदान गर्दै छ । ठूलो रकम अनुदानमा आउने र त्यो पूर्वाधारमा खर्च गर्न पाइने हुनाले सन् २०१२ मा एमसीसीसँग जोडिने प्रक्रिया नेपालले सुरु गरेको थियो  । सन् २०१५ मा यस परियोजनाका लागि नेपालमा कार्यालय पनि स्थापना भइसकेको छ । सन् २०२० को ग्रीष्म ऋतुमा पाँचवर्षे यो परियोजना सुरु पनि हुँदै छ ।

    यस अन्तर्गत चार सय केभी क्षमताको तीन सय किमि लामो प्रसारण लाइन बनाएर जलविद्युत्लाई सुलभ र सहज बनाउने अनि हालसम्मकै नयाँ प्रविधि प्रयोग गरेर ३ सय ५ किमि सडकको आवधिक मर्मत गर्ने भनेर नेपालले एमसीसीसँग सम्झौता गरेको हो ।

    तर, काठमाडौंस्थित अमेरिकी दूतावासले एमसीसी परियोजना इन्डो–प्यासिफिक स्ट्राटेजीकै एक अंग भएको स्पष्ट पारेको छ । केही खिन अघि मात्रै अमेरिकी सबै कार्यक्रमहरू यही स्ट्राटेजीअन्तर्गत सञ्चालन भइरहेको दूतावासले प्रस्ट पारेको हो। ‘इन्डो–प्यासिफिक स्ट्राटेजी अमेरिकी नीति हो र यो यस क्षेत्रमा गर्ने हरेक कामका लागि दिइएको नाम हो,’ दूतावासका अधिकारी कार्ल रोजर्सले भनेका छन् ।

    बिहिबार, पुष २४, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान
    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब
    मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै
    राजेन्द्र महतो नेतृत्वको पार्टीमा फुट

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.