काठमाडौं । हालसम्म डेंगुबाट ४८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
गत साउनदेखि हालसम्म ४० हजार २९ जना डेंगु संक्रमित भएका छन् । मन्त्रालयका अनुसार ७७ जिल्लामा डेंगु फैलिएको छ ।
४६ जनामा कोरोना संक्रमण
पछिल्लो २४ घन्टामा ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । दुई हजार दुई सय ८७ नमूना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
कोरोना संक्रमितको कुल संख्या १० लाख एक सय ९१ पुगेको छ । आज १७ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयको तथ्यांक छ । अहिलेसम्म नौ लाख ८७ हजार चार सय ६१ जना संक्रमण मुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या सात सय ११ छ । हालसम्म कोरोना संक्रमणबाट १२ हजार १८ जनाले ज्यान गुमाएका छन् ।
आज २३ हजार नौ सय ७२ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । हालसम्म दुई करोड ३२ लाख आठ हजार चार सय ८३ जनाले खोपको पहिलो मात्रा, दुई करोड २३ लाख २४ हजार नौ सय ३३ जनाले पूर्ण मात्रा र ७९ लाख ७२ हजार सात सय ९१ जनाले खोपको अतिरिक्त मात्रा लगाएका छन् । रासस