काठमाडौँ । एडिस एजिप्टाई नाम लमखुट्टेको टोकाइबाट लाग्ने डेङ्गु रोग देशभरिका ७६ जिल्लामा फैलिएको छ । त्यसका कारणले हालसम्म ४४ जनाको मृत्यु भएको छ ।
Advertisement
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत साउनदेखि हालसम्म ३३ हजार नौ सय ७५ जनामा सो रोग सङ्क्रमण पुष्टि भएको छ । हालसम्म सातै प्रदेशका ७६ जिल्लामा डेङ्गु फैलिएको मन्त्रालयले जनाएको छ ।
२७ जनामा कोरोना
पछिल्लो २४ घण्टामा २७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । एक हजार पाँच सय ४६ नमुना परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । सोमबार २६ कोरोना सङ्क्रमणमुक्त भएका छन् । सक्रिय सङ्क्रमितको सङ््ख्या ५६९ छ ।
हालसम्म नेपालमा नौ लाख ९९ हजार नौ सय ११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । नौ लाख ७८ हजार ३२४ जना सङक्रमणमुक्त भएका छन् । हालसम्म १२ हजार १८ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।