सन्धिखर्क । अर्घाखाँचीको पाणिनी गाउँपालिकाले सुत्केरीलाई नि:शुल्क एम्बुलेन्स सेवा प्रदान गरेको छ ।
गाउँपालिकाको यही २०७९ असोज १२ गते बुधबारको निर्णयानुसार एम्बुलेन्स सञ्चालनमा आएको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुमलाल भुसालका अनुसार सुत्केरीले एम्बुलेन्सको भाडा तिर्नुपर्ने छैन । अन्य बिरामीको हकमा भने स्थानानुसार रु पाँच सयदेखि रु एक हजार ५०० सम्म भाडा निर्धारण गरिएको छ ।
पालिकाको ५, ६, ७ र ८ नं. वडादेखि सन्धिखर्कसम्म रु दुई हजार,१, २, ३, ४ र ५ नं. वडाको भर्तीपुरदेखि सन्धिखर्कसम्म रु तीन हजार, पालिकादेखि पाल्पासम्म रु चार हजार ५००, पालिकादेखि पाल्पा हुँदै बुटवलसम्म रु छ हजार ५०० र पालिकादेखि बुटवलसम्म रु पाँच हजार ५०० भाडा तोकिएको छ ।
अन्य स्थानको हकमा कच्ची बाटोमा प्रति किलोमिटर रु ८० र पक्की बाटोमा प्रतिकिलोमिटर रु ४० भाडा तोकिएको पालिकाले जनाएको छ ।