• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

कर्णालीका हिमाली जिल्लामा डेंगुको कारण जलवायु परिवर्तन


  •   शनिबार, असोज १५, २०७९ मा प्रकाशित
  • वीरेन्द्रनगर । कर्णाली प्रदेशका हिमाली जिल्लामा डेङ्गु सङ्क्रमणका पछाडिको कारण जलवायु परिवर्तनलाई मानिउको छ । प्राय: तराई र भित्री मधेसका जिल्लामा हुने डेङ्गु सङ्क्रमण जलवायुमा आएको फेरबदलका कारण हिमाली भेगमा पनि फैलिएको हो ।

    Advertisement

    सुर्खेतस्थित प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार यस वर्ष हालसम्म यहाँका हिमाली जिल्ला हुम्ला, जुम्ला, मुगु र डोल्पामा डेङ्गुका ४० बिरामी फेला परेका छन् । डेङ्गु एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा सङ्क्रमण हुने गर्दछ ।

    निर्देशनालयका डेङ्गु नियन्त्रण स्रोत व्यक्ति एवम् भेक्टर कन्ट्रोल अफिसर श्यामलाल आचार्यले लामखुट्टेको जीवनचक्रका लागि हिमाली भेग पनि अनुकूल बन्दै गएको बताउनुभयो ।

    ‘कतिपय फेला परेका बिरामी तराईबाटै सङ्क्रमित भएर गएका छन् भने कतिपय त्यही लामखुट्टेको टोकाइबाट सङ्क्रमित भएको पाइएको छ’ उहाँले भन्नुभयो– ‘दुई वर्षअघि नै मुगुको खत्याडमा लामखुट्टेका लार्भा भेटिनाका साथै डेङ्गुका बिरामीको पहिचान भएको थियो, हिमाली भेगमा लामखुट्टेको जीवनचक्र अनुकूल हुँदै गएपछि यसको सङ्क्रमण पनि बढ्दै गएको हो ।’

    हिमाली भेगमा खोला नदीकिनारका बस्तीमा सङ्क्रमण देखा परेको छ ।

    निर्देशनालयका अनुसार यसपटक हुम्लामा एक, डोल्पामा नौ, मुगुमा आठ र जुम्लामा २२ बिरामी फेला परेका छन् । प्रदेश अस्पतालका वरिष्ठ फिजिसियन डा केएन पौडेलले हिमाली भेगमा डेङ्गु सङ्क्रमण हुनुमा जलवायुमा आएको परिवर्तन मुख्य कारण रहेको औँल्याउनुभयो ।

    उहाँले भन्नुभयो– ‘जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रका बासिन्दाको जनस्वास्थ्यमा असर परेको छ, डेङ्गु र मलेरिया जस्ता रोग पनि देखापरेका छन् ।’ डेङ्गुका बिरामीलाई झुलभित्र राखेर उपचार गर्नुपरेको उहाँको भनाइ थियो ।

    एक जिल्लाबाट अर्को जिल्लामा जाने मानवचालका कारण पनि लामखुट्टे तराईबाट पहाड–हिमालतर्फ उक्लेको बताइएको छ । स्रोतव्यक्ति आचार्यले असोज मसान्तसम्म डेङ्गु सार्ने लामखुट्टे सक्रिय रहने समय भएकाले सजगता अपनाउन अनुरोध गर्नुभयो ।

    निर्देशनालयले डेङ्गु रोकथामका लागि विभिन्न जनचेतनामूलक अभियान सञ्चालन गर्ने, लामखुट्टेको लार्भा नष्ट गर्ने, डेङ्गु कीट खरिद गरी स्वास्थ्य संस्थामा वितरण गर्ने जस्ता कार्यक्रमलाई निरन्तरता दिइएको जनाएको छ ।

    कर्णाली प्रदेशमा हाल डेङ्गुका चार सय ४१ बिरामी छन् । तीमध्ये सबैभन्दा बढी सुर्खेतमा छन् । यहाँ चार सय २२ मा यसपटक डेङ्गु सङ्क्रमण भएको थियो । गत आवमा कर्णालीमा प्रदेश बाहिरका १४ सहित सात सय ९६ जनामा डेङ्गु सङ्क्रमण भएको थियो । (रासस)

    शनिबार, असोज १५, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.