काठमाडौं । नेपालमा डेंगु संक्रमणबाट एकै दिन ४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार यो सँगै डेंगुबाट मृत्यु हुनेको संख्या ३६ पुगेको छ ।
Advertisement
मन्त्रालयका अनुसार २७ हजार ५६९ जनामा डेंगु संक्रमण पुष्टि भएको छ। सबैभन्दा धेरै बागमती प्रदेशमा २१ हजार ५८९ जनामा डेंगु देखिएको छ।
लुम्बिनीमा ३ हजार ५०, सुदूरपश्चिममा ८२१, प्रदेश १ मा ८१५ गण्डकीमा ६५३, मधेश प्रदेशमा ४०५ र कर्णाली प्रदेशमा २३६ जनामा डेंगु देखिएको छ।
मन्त्रालयले एडिज प्रजातिको पोथी लामखुट्टेबाट सर्ने डेंगुबाट जोगिन लामो बाउला भएका लुगा लगाउन सर्वसाधारणलाई भनेको छ।
नेपालमा पहिलो पटक २०६१ मा डेंगु देखिएको थियो। त्यसयता हरेक तीन वर्षमा डेंगुले महामारीको रुप लिने गरेको छ।